दशैँको अवसरमा जेटुर टी१ र टी२ को प्रि-बुकिङ खुला, मूल्य कति ?

काठमाडौं । जेटुर नेपालले आफ्ना दुई एसयूभी मोडल टी१ र टी२ को प्रि-बुकिङ खुला गरेको छ। दशैँको अवसरमा सोमबार काठमाडौंको थापाथलीस्थित शोरुममा पूजापाठ गरेसँगै कम्पनीले दुवै गाडीको बुकिङ सुरु गरेको हो। कम्पनीका अनुसार जेटुर टी१ प्लग–इन हाइब्रिड विद्युतीय गाडीको प्रारम्भिक मूल्य १ करोड ४२ लाख ९६ हजार रुपैयाँ तोकिएको छ। त्यस्तै, जेटुर टी२ को प्लग–इन हाइब्रिड र पेट्रोलियम इन्धनबाट चल्ने अल ह्विल ड्राइभ संस्करणको प्रारम्भिक मूल्य १ करोड ५५ लाख ९६ हजार रुपैयाँ रहेको छ। आधुनिक डिजाइन, आकर्षक बनावट र उन्नत प्रविधिसहितका यी दुवै एसयूभीले ग्राहकलाई आराम, कार्यक्षमता र विभिन्न सडक परिस्थितिमा सहज यात्राको अनुभव दिने कम्पनीको भनाइ छ। टी१ को प्लग–इन हाइब्रिड संस्करणमा विद्युतीय मोटर र इन्धन इन्जिन दुवैको सुविधा छ। टी२ भने प्लग–इन हाइब्रिड र इन्धन इन्जिनसहितको अल ह्विल ड्राइभ विकल्पमा उपलब्ध हुनेछ। इच्छुक ग्राहकले थापाथलीस्थित जेटुरको शोरुममा पुगेर गाडीका विशेषता र उपलब्ध संस्करणबारे जानकारी लिनुका साथै प्रि-बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

इजरायली कृषि प्रविधि र लगानी भित्र्याउन प्रस्तावित राजदूत कर्णसँग सांसद विष्टद्वारा योजना माग
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद नरबहादुर विष्टले नेपालको कृषि क्षेत्रको आधुनिकीकरण र इजरायली प्रविधि भित्र्याउन इजरायलका लागि प्रस्तावित राजदूत सुरेशकुमार कर्णसँग के योजना छ भन्दै जिज्ञासा राखेका छन्। मंगलबार बसेको संसदीय... ...

मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी
मुस्ताङ । मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ । असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले बेनी—जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा स्याउ... ...

अधिकार हस्तान्तरणमा ढिलाइ भयो: लुम्बिनी मुख्यमन्त्री
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको मर्म अनुसार अधिकार हस्तान्तरण र कानुन संशोधनमा ढिलाइ भएको बताएका छन्। उनले प्रदेश सरकारलाई सबल र सक्षम बनाउन संघीय सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए। सम्मेलनमा मुख्यमन्त्री आचार्यले संविधानले दिएका एकल अधिकार तथा साझा सूचीका अधिकारहरू अझै पनि संघ सरकारले हस्तान्तरण नगरेको गुनासो गरे। उनले भने, &lsquo... ...

पोखराको आइकोनिक खेलाडीमा विश्वसा पराजुली
नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सको आइकोनिक खेलाडीमा विश्वास पराजुली छनोट भएका छन्। पोखरा रंगशालास्थित क्रिकेट मैदान र स्याङजामा भएको ट्यालेन्ट हन्टबाट विश्वास आइकोनिक खेलाडीका रुपमा छनोट भएका हुन्। यसअघि गण्डकी हिरोज टपमा रहिसकेका विश्वासले एनपीएलमा पोखराको प्रतिनिधित्व गर्नेछन्। पोखरा एभेन्जर्सका मुख्य प्रशिक्षक अजन्था मेन्ड... ...


