नेपालका लागि इन्डोनेसियाकी राजदूत लिस्टियोवतीलाई आईएमई ग्रुपद्वारा स्वागत, द्विपक्षीय आर्थिक सहकार्य, व्यापार र लगानी विस्तारमा जोड

काठमाडौं । नेपालका लागि इन्डोनेसियाकी राजदूत लिस्टियोवतीलाई आईएमई ग्रुपले सोमबार स्वागत गरेको छ । आईएमई ग्रुपका अध्यक्ष तथा नेपालका लागि इन्डोनेसियाका अवैतनिक महावाणिज्यदूत चन्द्रप्रसाद ढकालले ग्रुपको कार्यालयमा राजदूत लिस्टियोवतीलाई स्वागत गरेका हुन् । सामाजिक सञ्जालमार्फत जानकारी दिँदै ढकालले नेपाल र इन्डोनेसियाबीच लामो समयदेखि मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गरेका छन् । ढकालले पारस्परिक सहयोग, साझा मूल्य–मान्यता र आपसी हितमा आधारित दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउन राजदूत लिस्टियोवतीको प्रतिबद्धता प्रेरणादायी रहेको पनि बताएका छन् । उनले राजदूत लिस्टियोवतीको कार्यकाल सफल, फलदायी र उपलब्धिमूलक रहोस् भन्ने शुभकामना पनि व्यक्त गरेका छन् । स्वागतका क्रममा राजदूत लिस्टियोवतीले नेपाल–इन्डोनेसिया सम्बन्धलाई उचाइ दिन तथा द्विपक्षीय सम्बन्ध सुदृढ पार्ने आफ्नो योजना रहेको जानकारी गराएकी छिन् । राजदूत लिस्टियोवती बंगलादेशको ढाकामा रहेर नेपालका लागि इन्डोनेसियाको राजदूतको जिम्मेवारी सम्हाल्दै आएकी छिन् । उनको नियुक्तिसँगै नेपाल र इन्डोनेसियाबीचको द्विपक्षीय सम्बन्ध, व्यापार, लगानी तथा आर्थिक सहकार्य विस्तारका सम्भावनाबारे चासो बढेको छ । दुई देशबीच कूटनीतिक सम्बन्धसँगै आर्थिक तथा व्यावसायिक सहकार्यको व्यापक सम्भावना रहेको उल्लेख गर्दै निजी क्षेत्रबीचको सम्पर्क र लगानीसम्बन्धी संवादले आर्थिक सम्बन्धलाई अघि बढाउन सहयोग पुर्याउने विश्वास गरिएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

इजरायली कृषि प्रविधि र लगानी भित्र्याउन प्रस्तावित राजदूत कर्णसँग सांसद विष्टद्वारा योजना माग
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद नरबहादुर विष्टले नेपालको कृषि क्षेत्रको आधुनिकीकरण र इजरायली प्रविधि भित्र्याउन इजरायलका लागि प्रस्तावित राजदूत सुरेशकुमार कर्णसँग के योजना छ भन्दै जिज्ञासा राखेका छन्। मंगलबार बसेको संसदीय... ...

मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी
मुस्ताङ । मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ । असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले बेनी—जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा स्याउ... ...

अधिकार हस्तान्तरणमा ढिलाइ भयो: लुम्बिनी मुख्यमन्त्री
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको मर्म अनुसार अधिकार हस्तान्तरण र कानुन संशोधनमा ढिलाइ भएको बताएका छन्। उनले प्रदेश सरकारलाई सबल र सक्षम बनाउन संघीय सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए। सम्मेलनमा मुख्यमन्त्री आचार्यले संविधानले दिएका एकल अधिकार तथा साझा सूचीका अधिकारहरू अझै पनि संघ सरकारले हस्तान्तरण नगरेको गुनासो गरे। उनले भने, &lsquo... ...

पोखराको आइकोनिक खेलाडीमा विश्वसा पराजुली
नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सको आइकोनिक खेलाडीमा विश्वास पराजुली छनोट भएका छन्। पोखरा रंगशालास्थित क्रिकेट मैदान र स्याङजामा भएको ट्यालेन्ट हन्टबाट विश्वास आइकोनिक खेलाडीका रुपमा छनोट भएका हुन्। यसअघि गण्डकी हिरोज टपमा रहिसकेका विश्वासले एनपीएलमा पोखराको प्रतिनिधित्व गर्नेछन्। पोखरा एभेन्जर्सका मुख्य प्रशिक्षक अजन्था मेन्ड... ...


