चीन–ईयू व्यापार युद्ध टार्न वार्षिक तीन लाख ५० हजार गाडी आयात गर्ने सहमति

काठमाडौं । व्यापार युद्ध टार्न युरोपेली युनियन (ईयू) र चीनबीच चिनियाँ ‘हाइब्रिड’ गाडीको आयात सीमा तोक्ने सहमति भएको छ । योसँगै चीनबाट आयात गरिने हाइब्रिड गाडीको वार्षिक कोटा तीन लाख ५० हजार युनिट निर्धारण भएको ईयूका एक वरिष्ठ अधिकारीले बताएका छन् । यो कोटा सन् २०२७ देखि चार वर्षसम्म लागु हुनेछ । दोस्रो वर्षदेखि कोटामा वार्षिक ६ प्रतिशत वृद्धि गरिनेछ । यो व्यवस्थाले ईयूमा चिनियाँ गाडीको निर्यात आधाभन्दा बढीले घटाउनेछ । सन् २०२६ मा चीनबाट ईयूमा आठ लाख युनिटसम्म गाडी निर्यात हुने अनुमान गरिएको थियो । युरोपेली उपभोक्तामाझ हाइब्रिड गाडी लोकप्रिय छन् । कम मूल्यका कारण चिनियाँ कार निर्माता कम्पनीले युरोपेली बजारमा ठूलो हिस्सा ओगटेका छन् । ईयूले यसअघि सन् २०२४ मा चिनियाँ विद्युतीय गाडीमा अनुचित सरकारी अनुदान पाएको आरोप लगाउँदै अतिरिक्त महसुल लगाएको थियो । फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले नयाँ सम्झौताको स्वागत गर्दै यसले अनुचित प्रतिस्पर्धाबाट युरोपेली बजारलाई थप सुरक्षा दिने बताएका छन् । गएको साता तय भएको यो सम्झौता सन् २०२५ मा ईयूमा निर्यात गरिएका तीन लाख दुई हजार हाइब्रिड गाडीको तथ्यांकमा आधारित रहेको चिनियाँ वाणिज्य मन्त्रालयले जनाएको छ । चीनले यो व्यवस्थाले आफ्ना कम्पनीलाई निर्यातका निम्ति स्थिर वातावरण र क्रमिक वृद्धि सुनिश्चित गर्ने जनाएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

खगेन्द्र सुनारले भने : अडिओबारे कठघरामा उभिएर जवाफ दिन तयार छु
काठमाडौं । प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारले आफूमाथि सार्वजनिक भएका आरोपहरू झुटा भएको दाबी गर्दै सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारसँग आग्रह गरेका छन् । सुनारले प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि आफू निरन्तर प्रहार र विभिन्न आरोपको सिकार भइरहेको बताएका छन् । काल्पनिक महिलासँग जोडेर आफ्नो नाममा श्रव्य सामग्री सार्वजनिक गरिएको दाबी गर्दै उनले त्यस्ता सामग्री कृत्रिम बुद्धिमत्तालगायत प्रविधिको प्रयोग गरेर बनाइएको आरोप ...

कक्रोच जनता पार्टीका सहसंयोजक सौरभ र आशुतोष पक्राउ
• कक्रोच जनता पार्टीका सहसंयोजक सौरभ दास र आशुतोष रान्कालाई दिल्लीमा प्रदर्शन गर्ने क्रममा प्रहरीले पक्राउ गरेको छ। • भारत सरकारले जन्तरमन्तरमा प्रदर्शन गर्न रोक लगाएको छ र अन्य पार्टी समर्थकहरूलाई पनि हिरासतमा लिएको छ। • सिजेपीका संस्थापक अभिजीत दीपकेले घटनाबारे सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै विरोध प्रदर्शन जारी राख्नका लागि भारतीय प्रधानमन्त्रीलाई चुनौती दिएका छन्। ...

पाकिस्तानमा रेल दुर्घटना, चार जनाको मृत्यु
मुलतान (पाकिस्तान), असोज २७ गते । मध्य पाकिस्तानको पञ्जाब प्रान्तमा मङ्गलबार बिहान यात्रुवाहक रेल पटरीबाट खस्दा कम्तीमा चार जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।रेलवेका प... ...

किशोरलाई बन्धक बनाएर कुटपिट गर्ने पाँच जना पक्राउ
पीडितकी आमाको जाहेरीपछि पक्राउ परेका आरोपितमाथि अपहरण, शरीर बन्धक, ज्यान मार्ने उद्योग र अमानवीय व्यवहारमा अनुसन्धान भइरहेको छ। ...


