ओमानविरुद्धको खेलमा नेपालले पहिला ब्याटिङ गर्दै

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ को एकदिवसीय शृङ्खलाअन्तर्गत आज ओमानविरुद्धको खेलमा नेपालले टस जितेर पहिलो ब्याटिङ राजेको छ । ओमानको अल अमेरत ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा एक भर्खरै भएको टसमा नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको हो । यससँगै ओमानले भने पहिला फिल्डिङ गर्नेछ । जारी शृङ्खलामा नेपाल र ओमान दोस्रो जितको खोजीमा रहेका छन् । यही असोज २६ गते भएको पहिलो खेलमा नेपालले क्यानडालाई २४ रनले पराजित गर्दै जित हासिल गरेको थियो । त्यसअघि शुक्रबार भएको खेलमा ओमानले पनि क्यानडालाई ४१ रनले पराजित गरेको थियो । ओमानको जितपछि नेपालको शीर्ष ४ मा पर्ने सम्भावना सकिएको छ भने नेपालको ध्यान अब एकदिवसीय मान्यतालाई जोगाउनेतर्फ रहेको छ । आइसिसी विश्व लिग २ मा ३३ खेल खेलेको नेपाल २६ अङ्कसहित अङ्क तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । यता क्यानडा ३४ खेलबाट २५ अङ्कसहित अङ्क तालिकाको सातौँमा झरेको छ । २९ खेल खेलेको ओमानले ३३ अङ्क जोड्दै अङ्क तालिकाको चौथो स्थानमा छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

इजरायली कृषि प्रविधि र लगानी भित्र्याउन प्रस्तावित राजदूत कर्णसँग सांसद विष्टद्वारा योजना माग
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद नरबहादुर विष्टले नेपालको कृषि क्षेत्रको आधुनिकीकरण र इजरायली प्रविधि भित्र्याउन इजरायलका लागि प्रस्तावित राजदूत सुरेशकुमार कर्णसँग के योजना छ भन्दै जिज्ञासा राखेका छन्। मंगलबार बसेको संसदीय... ...

मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी
मुस्ताङ । मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ । असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले बेनी—जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा स्याउ... ...

अधिकार हस्तान्तरणमा ढिलाइ भयो: लुम्बिनी मुख्यमन्त्री
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको मर्म अनुसार अधिकार हस्तान्तरण र कानुन संशोधनमा ढिलाइ भएको बताएका छन्। उनले प्रदेश सरकारलाई सबल र सक्षम बनाउन संघीय सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए। सम्मेलनमा मुख्यमन्त्री आचार्यले संविधानले दिएका एकल अधिकार तथा साझा सूचीका अधिकारहरू अझै पनि संघ सरकारले हस्तान्तरण नगरेको गुनासो गरे। उनले भने, &lsquo... ...

पोखराको आइकोनिक खेलाडीमा विश्वसा पराजुली
नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सको आइकोनिक खेलाडीमा विश्वास पराजुली छनोट भएका छन्। पोखरा रंगशालास्थित क्रिकेट मैदान र स्याङजामा भएको ट्यालेन्ट हन्टबाट विश्वास आइकोनिक खेलाडीका रुपमा छनोट भएका हुन्। यसअघि गण्डकी हिरोज टपमा रहिसकेका विश्वासले एनपीएलमा पोखराको प्रतिनिधित्व गर्नेछन्। पोखरा एभेन्जर्सका मुख्य प्रशिक्षक अजन्था मेन्ड... ...


