नेपालबाट केही दिनमा मनसुन पूर्ण रूपमा बाहिरिने

काठमाडौं । यस वर्षको मनसुन प्रणाली नेपालबाट पूर्ण रूपमा बाहिरिने चरणमा छ । पश्चिम नेपालबाट मनसुन बाहिरिइसकेको छ । पूर्वी भूभागमा मनसुनी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिन अनुकूल वातावरण बन्दै गएको छ । अबका दुई–चार दिनमा मनसुन पूर्ण रूपमा बाहिरिने सम्भावना रहेको महाशाखाका मौसमविद् माधवी सिग्देलले बताइन् । आफूहरूले मनसुनको निरन्तर निगरानी गरिरहेको उनले उल्लेख गरिन् । “हामी मनिटरिङ गरिराखेका छौँ,” उनले भनिन्, “वातावरणचाहिँ बन्दै छ, अझै पूर्ण रूपमा बाहिरिइसकेको छैन । अबको दुई–चार दिन लाग्ला ।” मनसुन पूर्ण रूपमा बाहिरिएपछि महाशाखाले विशेष बुलेटिन जारी गर्ने उनले जानकारी दिइन् । महाशाखाले यही असोज १७ गते देशका केही भूभागबाट मनसुन बाहिरिएको जनाएको थियो । “आज मिति २०८३ असोज १७ (3rd October, 2026) का दिन यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूबाट बाहिरिएको छ,” महाशाखाले भनेको थियो । त्यसपछि महाशाखाले मनसुन बाहिरिएको विषयमा अर्को बुलेटिन जारी गरेको छैन । “अबको दुई–चार दिनमा विशेष बुलेटिन जारी गर्छौं होला,” मौसमविद् सिग्देलले भनिन् । हाल पश्चिम नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । पूर्वी भूभागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको उनले जानकारी दिइन् । मनसुन कमजोर र पश्चिमी वायु पनि मजबुत नभएकाले यति बेला देशमा वर्षाको गतिविधि न्यून रहेको उनले बताइन् । “पश्चिमी वायु पनि अहिले स्ट्रङ भएर आइसकेको छैन,” उनले भनिन्, “धेरै स्ट्रङ भए त धेरै पानी परिहाल्छ । अलिकति प्रभाव छ दुवै वायुको ।” नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिने औसत मिति अक्टोबर २ हो । यो सरदर मिति मात्र भएकाले यसभन्दा ढिलो वा चाँडो पनि हुन सक्ने मौसमविद्ले बताउँदै आएका छन् । महाशाखाका अनुसार, नेपालमा मनसुनको सरदर अवधि ११२ दिन हो । तर, गत वर्ष सबैभन्दा लामो समय अर्थात् १३५ दिन यहाँ मनसुनी वायु थियो । नेपालमा तथ्यांक राख्न थालिएयता सन् १९७९ मा मनसुन अवधि सबैभन्दा छोटो अर्थात् ७३ दिनको थियो । देशमा पूर्वी भूभागबाट मनसुनको आगमन हुने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन सरदर मितिभन्दा ६ दिन ढिलो गरी अर्थात् जुन १९ मा नेपाल प्रवेश गरेको थियो । नेपालमा मनसुन कोसी प्रदेश हुँदै भित्रन्छ र बिस्तारै सुदूरपश्चिमसम्म फैलन्छ । बहिर्गमनको सुरुआत सुदूरपश्चिमबाट हुन्छ र बिस्तारै कोसी प्रदेश नै हुँदै बाहिरिने महाशाखाले जनाएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

इजरायली कृषि प्रविधि र लगानी भित्र्याउन प्रस्तावित राजदूत कर्णसँग सांसद विष्टद्वारा योजना माग
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद नरबहादुर विष्टले नेपालको कृषि क्षेत्रको आधुनिकीकरण र इजरायली प्रविधि भित्र्याउन इजरायलका लागि प्रस्तावित राजदूत सुरेशकुमार कर्णसँग के योजना छ भन्दै जिज्ञासा राखेका छन्। मंगलबार बसेको संसदीय... ...

मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी
मुस्ताङ । मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ । असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले बेनी—जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा स्याउ... ...

अधिकार हस्तान्तरणमा ढिलाइ भयो: लुम्बिनी मुख्यमन्त्री
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको मर्म अनुसार अधिकार हस्तान्तरण र कानुन संशोधनमा ढिलाइ भएको बताएका छन्। उनले प्रदेश सरकारलाई सबल र सक्षम बनाउन संघीय सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए। सम्मेलनमा मुख्यमन्त्री आचार्यले संविधानले दिएका एकल अधिकार तथा साझा सूचीका अधिकारहरू अझै पनि संघ सरकारले हस्तान्तरण नगरेको गुनासो गरे। उनले भने, &lsquo... ...

पोखराको आइकोनिक खेलाडीमा विश्वसा पराजुली
नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सको आइकोनिक खेलाडीमा विश्वास पराजुली छनोट भएका छन्। पोखरा रंगशालास्थित क्रिकेट मैदान र स्याङजामा भएको ट्यालेन्ट हन्टबाट विश्वास आइकोनिक खेलाडीका रुपमा छनोट भएका हुन्। यसअघि गण्डकी हिरोज टपमा रहिसकेका विश्वासले एनपीएलमा पोखराको प्रतिनिधित्व गर्नेछन्। पोखरा एभेन्जर्सका मुख्य प्रशिक्षक अजन्था मेन्ड... ...


