‘ब्रेकिङ ब्याड’ स्टार आरजे मितेको ३४ वर्षको उमेरमा निधन

काठमाडौं । चर्चित अमेरिकी टेलिभिजन सिरिज ‘ब्रेकिङ ब्याड’बाट विश्वभर ख्याति कमाएका अभिनेता आरजे मितेको ३४ वर्षको उमेरमा निधन भएको छ । मस्तिष्क पक्षघातबाट पीडित मितेले आत्महत्या गरेको उनको पारिवारिक स्रोतले जनाएको छ । प्रहरीका अनुसार स्थानीय समयअनुसार सोमबार मध्यान्ह मितेलाई उनकै घरमा मृत फेला पारिएको थियो । ब्राउनसविल प्रहरीले यस विषयमा हाल अनुसन्धान भइरहेको र मृत्युको यकिन कारण तथा परिस्थितिका बारेमा छानबिन जारी रहेको जनाएको छ । मितेले ‘ब्रेकिङ ब्याड’ (२००८–२०१३) का पाँच वटै सिजनमा मुख्य पात्र वाल्टर हृवाइट (ब्रायन क्रान्स्टन) का छोरा ‘वाल्टर हृवाइट जुनियर’को भूमिका निर्वाह गरेका थिए । वास्तविक जीवनमा पनि सेरेब्रल पाल्सी (मस्तिष्क पक्षघात) बाट पीडित मितेले आफ्नो भूमिकामा पूर्णत न्याय दिएका थिए । सोमबार नै उनको परिवारका तर्फबाट जारी गरिएको एक शोक वक्तव्यमा भनिएको छ, ‘अत्यन्त गहिरो दुःखका साथ हामी हाम्रा प्रिय अभिनेता, परोपकारी तथा अपांगता अधिकारका पक्षपाती आरजे मितेको दुःखद निधन भएको जानकारी गराउँछौं ।’ मस्तिष्क पक्षघातसँगको आफ्नै भोगााइबाट उनले अपांगतासम्बन्धी सचेतना र समावेशीकरणका क्षेत्रमा सक्रिय भूमिका खेल्दै आएका थिए । ‘ब्रेकिङ ब्याड’ पछि उनले ‘स्विच्ड एट बर्थ’, ‘रोबोट चिकेन’, ‘अन हाइअटस विथ मोन्टी जिर’, ‘दिस क्लोज’, ‘नाउ अपोकलिप्स’ र ‘द गार्डियन्स अफ जस्टिस’ लगायतका टिभी सिरिजहरूमा पनि अभिनय गरेका छन् । साथै, ‘डिक्सिल्यान्ड’, ‘हूइज ड्राइभिङ डग’, ‘द रिकोल’, ‘टाइम सेयर’ र ‘द ओक रुम’ जस्ता फिल्महरूमा पनि उनको महत्वपूर्ण भूमिका रहेको छ । ‘ब्रेकिङ ब्याड’ मा अभिनय गर्नुअघि उनले ‘स्टम्प’ र ‘वियर्ड साइन्स २ः स्ट्रेन्ज केमेस्ट्री’ जस्ता सर्ट फिल्मका साथै ‘हाउस अफ लास्ट थिंग्स’ मा काम गरिसकेका थिए । उनको नयाँ फिल्म ‘टकिङ टु स्ट्रेंजर्स’ यतिबेला प्रदर्शनको तयारीमा छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

इजरायली कृषि प्रविधि र लगानी भित्र्याउन प्रस्तावित राजदूत कर्णसँग सांसद विष्टद्वारा योजना माग
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद नरबहादुर विष्टले नेपालको कृषि क्षेत्रको आधुनिकीकरण र इजरायली प्रविधि भित्र्याउन इजरायलका लागि प्रस्तावित राजदूत सुरेशकुमार कर्णसँग के योजना छ भन्दै जिज्ञासा राखेका छन्। मंगलबार बसेको संसदीय... ...

मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी
मुस्ताङ । मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ । असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले बेनी—जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा स्याउ... ...

अधिकार हस्तान्तरणमा ढिलाइ भयो: लुम्बिनी मुख्यमन्त्री
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको मर्म अनुसार अधिकार हस्तान्तरण र कानुन संशोधनमा ढिलाइ भएको बताएका छन्। उनले प्रदेश सरकारलाई सबल र सक्षम बनाउन संघीय सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए। सम्मेलनमा मुख्यमन्त्री आचार्यले संविधानले दिएका एकल अधिकार तथा साझा सूचीका अधिकारहरू अझै पनि संघ सरकारले हस्तान्तरण नगरेको गुनासो गरे। उनले भने, &lsquo... ...

पोखराको आइकोनिक खेलाडीमा विश्वसा पराजुली
नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सको आइकोनिक खेलाडीमा विश्वास पराजुली छनोट भएका छन्। पोखरा रंगशालास्थित क्रिकेट मैदान र स्याङजामा भएको ट्यालेन्ट हन्टबाट विश्वास आइकोनिक खेलाडीका रुपमा छनोट भएका हुन्। यसअघि गण्डकी हिरोज टपमा रहिसकेका विश्वासले एनपीएलमा पोखराको प्रतिनिधित्व गर्नेछन्। पोखरा एभेन्जर्सका मुख्य प्रशिक्षक अजन्था मेन्ड... ...


