Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/रुसका १६ सय व्यक्ति र संस्थामाथि ईयूको प्रतिबन्ध

रुसका १६ सय व्यक्ति र संस्थामाथि ईयूको प्रतिबन्ध

Share:WhatsAppFacebookX (Twitter)Telegram
रुसका १६ सय व्यक्ति र संस्थामाथि ईयूको प्रतिबन्ध

काठमाडौं । युरोपेली युनियन (ईयू)ले रुसको सैन्य–औद्योगिक क्षेत्रमाथि दबाब बढाउन करिब एक हजार ६०० नयाँ व्यक्ति र संस्थालाई प्रतिबन्ध सूचीमा राख्ने निर्णय गरेको छ । ईयूकी विदेश नीति प्रमुख काया क्लासले सोमबार यसको जानकारी दिएकी हुन् । उनले आधाभन्दा बढी सूचीकरण रुसी बलिस्टिक मिसाइल उत्पादनसँग सम्बन्धित आपूर्ति शृंखलालाई लक्षित गरेको बताइन् । रुस–युक्रेन युद्ध सुरु भएयता प्रतिबन्ध सूचीमा गरिएको यो सबैभन्दा ठूलो एकमुस्ट विस्तार भएको क्लासले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेकी छन् । क्लासका अनुसार, प्रतिबन्धको उद्देश्य युक्रेनविरुद्ध प्रयोग हुने हतियार उत्पादनलाई रुसका लागि कठिन, ढिलो र महँगो बनाउनु हो । ईयूले यसबाट रुसको सैन्य उत्पादन क्षमतामाथि दबाब बढ्ने विश्वास गरेको छ । लक्जमबर्गमा विदेश मामिला परिषद्को बैठकअघि क्लासले रुसको कब्जामा रहेका युक्रेनी भूभागमा गराइएका चुनावको पनि आलोचना गर्दै तिनलाई ‘देखावटी चुनाव’ भनेकी छन् । उनले युद्ध अन्त्यका लागि रुसमाथि निरन्तर दबाब कायम राख्नुपर्ने र प्रतिबन्धका विषयमा अमेरिकासँग समन्वय बढाउनुपर्ने बताएकी छन् । गत महिना ईयूले युक्रेनसम्बन्धी प्रतिबन्ध तीन हजारभन्दा बढी व्यक्ति र संस्थामाथि थप तीन वर्षका लागि लम्ब्याएको थियो । त्यस क्रममा तीन व्यक्ति र एक संस्थालाई भने सूचीबाट हटाइएको थियो । ईयू परिषद्का अनुसार, ती प्रतिबन्ध सन् २०२९ सेप्टेम्बर २२ सम्म लागु रहनेछन् । प्रतिबन्ध सूचीमा परेका व्यक्तिमाथि यात्रा प्रतिबन्ध लगाइएको छ । उनीहरूको सम्पत्ति रोक्का गर्न र उनीहरूलाई रकम वा अन्य आर्थिक स्रोत उपलब्ध गराउनसमेत रोक लगाइएको छ । एपीन्यूज

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

इजरायली कृषि प्रविधि र लगानी भित्र्याउन प्रस्तावित राजदूत कर्णसँग सांसद विष्टद्वारा योजना माग
ताजा खबरJust now

इजरायली कृषि प्रविधि र लगानी भित्र्याउन प्रस्तावित राजदूत कर्णसँग सांसद विष्टद्वारा योजना माग

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद नरबहादुर विष्टले नेपालको कृषि क्षेत्रको आधुनिकीकरण र इजरायली प्रविधि भित्र्याउन इजरायलका लागि प्रस्तावित राजदूत सुरेशकुमार कर्णसँग के योजना छ भन्दै जिज्ञासा राखेका छन्। मंगलबार बसेको संसदीय... ...

रातोपाटी
मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी
ताजा खबरJust now

मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी

मुस्ताङ । मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ । असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले बेनी—जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा स्याउ... ...

रातोपाटी
अधिकार हस्तान्तरणमा ढिलाइ भयो: लुम्बिनी मुख्यमन्त्री
ताजा खबरJust now

अधिकार हस्तान्तरणमा ढिलाइ भयो: लुम्बिनी मुख्यमन्त्री

​लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको मर्म अनुसार अधिकार हस्तान्तरण र कानुन संशोधनमा ढिलाइ भएको बताएका छन्। उनले प्रदेश सरकारलाई सबल र सक्षम बनाउन संघीय सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए। ​सम्मेलनमा मुख्यमन्त्री आचार्यले संविधानले दिएका एकल अधिकार तथा साझा सूचीका अधिकारहरू अझै पनि संघ सरकारले हस्तान्तरण नगरेको गुनासो गरे। उनले भने, &lsquo... ...

नेपालखबर
पोखराको आइकोनिक खेलाडीमा विश्वसा पराजुली
ताजा खबरJust now

पोखराको आइकोनिक खेलाडीमा विश्वसा पराजुली

नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सको आइकोनिक खेलाडीमा विश्वास पराजुली छनोट भएका छन्।  पोखरा रंगशालास्थित क्रिकेट मैदान र स्याङजामा भएको ट्यालेन्ट हन्टबाट विश्वास आइकोनिक खेलाडीका रुपमा छनोट भएका हुन्। यसअघि गण्डकी हिरोज टपमा रहिसकेका विश्वासले एनपीएलमा पोखराको प्रतिनिधित्व गर्नेछन्।  पोखरा एभेन्जर्सका मुख्य प्रशिक्षक अजन्था मेन्ड... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play