Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar

Nepal News News

Nepal News Desk•Realtime verified headlines and politics from Nepal
Category:
Filtered by Provider:प्रदेश खबर(16 stories)
Clear filter

प्रदेश खबर - NEPAL NEWS FEED

Showing 16 stories
तीन तहका सरकारबीचको सम्बन्ध बलियो बनाए मात्रै संघीयता प्रभावकारी हुन्छ : सभामुख विष्ट
State newsJust now

तीन तहका सरकारबीचको सम्बन्ध बलियो बनाए मात्रै संघीयता प्रभावकारी हुन्छ : सभामुख विष्ट

विराटनगर : कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले तीन तहका सरकारबीचको सम्बन्धलाई बलियो र प्रगाढ बनाएर मात्रै संघीय व्यवस्थालाई प्रभावकारी बनाउन सकिने बताएका छन्। मंगलबार विराटनगरमा आयोजित अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा मन्तव्य राख्दै सभामुख विष्टले संविधानको पूर्ण कार्यान्वयन ...

प्रदेश खबर
बडादशैँअघि नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित कांग्रेसको मतगणना तीव्र, २५ टोली परिचालन
State newsJust now

बडादशैँअघि नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित कांग्रेसको मतगणना तीव्र, २५ टोली परिचालन

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना तीव्र पारिएको छ। बडादशैँलाई ध्यानमा राख्दै निर्वाचन समितिले एकैपटक औसतमा २५ वटा समूह परिचालन गरेर विभिन्न पदको मतगणना अघि बढाएको जनाएको ...

प्रदेश खबर
प्रचण्डद्वारा बाढीपहिरो प्रभावितलाई वाईसीएलले बनाएका २१ आवास हस्तान्तरण
State newsJust now

प्रचण्डद्वारा बाढीपहिरो प्रभावितलाई वाईसीएलले बनाएका २१ आवास हस्तान्तरण

प्रचण्डद्वारा बाढीपहिरो प्रभावितलाई वाईसीएलले बनाएका २१ आवास हस्तान्तरण नुवाकोट : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको बेलकोटगढी र विदुर नगरपालिकाका बाढीपहिरो प्रभावित परिवारका लागि वाईसीएल नेपालले निर्माण गरेका अस्थायी आवास हस्तान्तरण गरेका छन्। मंगलबार ...

प्रदेश खबर
विराटनगरमा मुख्यमन्त्रीहरूको सम्मेलन सुरु, सामूहिक रूपमा उद्घाटन
State newsJust now

विराटनगरमा मुख्यमन्त्रीहरूको सम्मेलन सुरु, सामूहिक रूपमा उद्घाटन

विराटनगर : संघीयता कार्यान्वयनका क्रममा देखिएका समस्या समाधान र प्रदेशका संवैधानिक अधिकार सुनिश्चित गर्न साझा रणनीति बनाउने उद्देश्यले विराटनगरमा अन्तरप्रदेश समन्वय तथा अनुभव आदानप्रदान सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घाटन सहभागी मुख्यमन्त्रीहरूले सामूहिक रूपमा गरेका ...

प्रदेश खबर
विपद्पछिको उद्धार र राहतमा पूर्वतयारीको महत्त्व, रेडक्रसकर्मीको अनुभव
State newsJust now

विपद्पछिको उद्धार र राहतमा पूर्वतयारीको महत्त्व, रेडक्रसकर्मीको अनुभव

काठमाडौँ : विपद् आइपरेपछि उद्धार र राहतमा खटिन साहस र प्रतिबद्धता मात्रै पर्याप्त हुँदैन, पूर्वतयारी, सही सूचना, प्रभावकारी समन्वय र आवश्यकताको पहिचान पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी ...

प्रदेश खबर
तमोर नदी किनारको ढुङ्गामा फसेका युवकको सकुशल उद्धार
State newsJust now

तमोर नदी किनारको ढुङ्गामा फसेका युवकको सकुशल उद्धार

धनकुटा : धनकुटाको तमोर नदी किनारको ढुङ्गामा अलपत्र परेका एक युवकको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय युवाको सहयोगमा सकुशल उद्धार गरिएको छ। उद्धार गरिएका युवक मोरङको ग्रामथान गाउँपालिका–१ का २९ वर्षीय अर्जुन सरदार हुन्। धनकुटा ...

प्रदेश खबर
शर्मिला सदाको घटनाले उठायो मातृत्व सुरक्षा कार्यक्रममाथि प्रश्न
State newsJust now

शर्मिला सदाको घटनाले उठायो मातृत्व सुरक्षा कार्यक्रममाथि प्रश्न

अजितकुमार झा सुनसरीको कोशी गाउँपालिका–३ की शर्मिला सदाको गर्भावस्थादेखि सुत्केरी हुँदासम्मको घटनाले स्थानीय तहमा सञ्चालित मातृत्व तथा शिशु सुरक्षा कार्यक्रमको प्रभावकारिता र स्वास्थ्य सेवा प्रवाहको अवस्थामाथि प्रश्न उठाएको छ। गर्भवती महिलाको नियमित स्वास्थ्य परीक्षण, जोखिमयुक्त गर्भावस्थाको ...

प्रदेश खबर
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस
State newsJust now

दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस

धर्मेन्द्र झा शारदीय नवरथा प्रारम्भ भइसकेको छ । आज दशैंको तेस्रो दिन । चन्द्रघण्टाको पूजा आराधना गरी मान्नेहरुले आफूहरुलाई देवी शरणमा समर्पित गरेका छन् र गरिरहेका छन् । दशैं अर्थात् विजया दशमी, हिन्दूहरुको महान पर्व । ...

प्रदेश खबर
सांसद खगेन्द्र सुनारमाथि रास्वपाको आन्तरिक छानबिन, औपचारिक कार्यक्रममा सहभागी हुन रोक
State newsJust now

सांसद खगेन्द्र सुनारमाथि रास्वपाको आन्तरिक छानबिन, औपचारिक कार्यक्रममा सहभागी हुन रोक

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि सार्वजनिक भएका अडियो सामग्री र विभिन्न आरोपबारे आन्तरिक छानबिन सुरु गरेको छ। छानबिनको निष्कर्ष नआएसम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी ...

प्रदेश खबर
तीर्थ लामाको फराकिलो अग्रता, कांग्रेसको जनजाति खुलातर्फ कसले कति मत पाए?
State newsJust now

तीर्थ लामाको फराकिलो अग्रता, कांग्रेसको जनजाति खुलातर्फ कसले कति मत पाए?

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (आदिवासी जनजाति खुला) तर्फ तीर्थ लामा सर्वाधिक मतसहित पहिलो स्थानमा रहेका छन्। सार्वजनिक मतगणना विवरणअनुसार लामाले १ हजार ५६५ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेका डा. प्रेमध्वज लामाले ...

प्रदेश खबर
लामो प्रयास र प्रयत्नको सार्थक परिणामः बाजुराको बडीमालिकामा कोदोको बिस्कुट परीक्षण उत्पादन
State newsJust now

लामो प्रयास र प्रयत्नको सार्थक परिणामः बाजुराको बडीमालिकामा कोदोको बिस्कुट परीक्षण उत्पादन

बाजुरा : बाजुराको बडीमालिका नगरपालिकामा कोदोको बिस्कुट उद्योगको परीक्षण उत्पादन सुरु गरिएको छ । लामो समयको अथक प्रयासपछि नगरपालिकाको अगुवाइमा परीक्षण उत्पादन सुरु गरिएको हो । स्थानीय उत्पादनको प्रवद्र्धन, रोजगारी सिर्जना र स्थानीय स्रोतसाधनको उपयोग गर्ने ...

प्रदेश खबर
कांग्रेस महिला केन्द्रीय सदस्यमा वासना थापाको अग्रता, यस्तो छ ३४ उम्मेदवारको मतपरिणाम
State newsJust now

कांग्रेस महिला केन्द्रीय सदस्यमा वासना थापाको अग्रता, यस्तो छ ३४ उम्मेदवारको मतपरिणाम

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फका महिला केन्द्रीय सदस्य पदको मतगणनामा वासना थापाले फराकिलो अग्रता कायम राखेकी छन्। पछिल्लो मतपरिणामअनुसार ४ हजार ६८९ मत गणना हुँदा थापाले ३ हजार ४८४ मत प्राप्त गरेकी छन्। उनी ...

प्रदेश खबर
तेह्रथुममा दसैँको अवसरमा ब्याडमिन्टन प्रतियोगिता, १९ समूहबीच प्रतिस्पर्धा
State newsJust now

तेह्रथुममा दसैँको अवसरमा ब्याडमिन्टन प्रतियोगिता, १९ समूहबीच प्रतिस्पर्धा

तेह्रथुम : बडादसैँको अवसर पारेर तेह्रथुममा आयोजित जिल्ला स्तरीय खुला पुरुष ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ। चाडपर्वको उल्लाससँगै खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने तथा खेलाडीबीच आपसी सद्भाव र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। तेह्रथुम ...

प्रदेश खबर
प्रहरीले सडकमा घिसार्दै लगेपछि चर्चामा नेहा बोरा, को हुन् मोदी सरकारको आलोचना गर्ने यी युवा नेत्री?
State newsJust now

प्रहरीले सडकमा घिसार्दै लगेपछि चर्चामा नेहा बोरा, को हुन् मोदी सरकारको आलोचना गर्ने यी युवा नेत्री?

काठमाडौं : भारतमा विद्यार्थी आन्दोलन र सरकारविरोधी प्रदर्शनमा सक्रिय युवा नेत्री नेहा बोरा पछिल्लो समय प्रहरीसँगको झडप र सडक प्रदर्शनका दृश्यका कारण चर्चामा छिन् । वामपन्थी विद्यार्थी सङ्गठन अल इन्डिया स्टुडेन्ट्स एसोसिएसन (आइसा) की अध्यक्ष रहेकी ...

प्रदेश खबर
दशैंको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा–आराधना, शक्तिपीठमा भक्तजनको घुइँचो
State newsJust now

दशैंको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा–आराधना, शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौं : बडादशैंअन्तर्गत नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा–आराधना गरिँदैछ। नवदुर्गा भवानीका नौ स्वरूपमध्ये तेस्रो स्वरूप चन्द्रघण्टाको पूजा गर्न बिहानैदेखि देशभरका देवी मन्दिर तथा शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ। आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना ...

प्रदेश खबर
मोरङ र सुनसरीमा सवारी दुर्घटना : दुई पैदलयात्रीको मृत्यु, एक घाइते
State newsJust now

मोरङ र सुनसरीमा सवारी दुर्घटना : दुई पैदलयात्रीको मृत्यु, एक घाइते

विराटनगर : मोरङ र सुनसरीमा सोमबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जना पैदलयात्रीको मृत्यु भएको छ भने एक जना घाइते भएकी छन्। दुवै दुर्घटना बाटो काट्ने क्रममा भएका हुन्। मोरङको उर्लाबारी नगरपालिका–७ बाघखोरस्थित भित्री सडकमा कारको ...

प्रदेश खबर