प्रधानमन्त्रीको व्यवहार र कार्यशैली लोकतान्त्रिक छैन : महासचिव पोखरेल

घोराही । एमाले महासचिव शंकर पोखरेलले लोकतन्त्रप्रति प्रधानमन्त्री वालेन्द्र शाहको निष्ठा नभएको बताएका छन् । प्रेस चौतारी दाङले मंगलबार बिहान घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा महासचिव पोखरेलले प्रधानमन्त्रीका व्यवहार र कार्यशैली लोकतान्त्रिक नभएको आरोप लगाएका हुन् । प्रधानमन्त्री शाहले पार्टी र संसद्मा समेत लोकतान्त्रिक चरित्र देखाउन नसकेको उल्लेख गर्दै पोखरेलले लोकतन्त्रको सम्मान गर्न नसक्ने व्यक्तिले लोकतान्त्रिक राज्यको नेतृत्व गर्ने कुरा अमिल्दो भएको बताए । व्यक्तिको स्वेच्छाचारी पक्राउ र धरपकडले निरंकुशतालाई प्रश्रय दिँदै नागरिकलाई आतंकित पार्ने काम गरेको उनले बताए । प्रेस र व्यवसायीप्रतिका व्यवहारले पनि प्रधानमन्त्री लोकतन्त्रप्रति अनुदार रहेको पुष्टि गर्ने पोखरेलको दाबी छ । पछिल्लो समय पुराना राजनीतिक दलप्रति जनताको असन्तुष्टि बढ्नुमा भौतिक विकाससँगै सामाजिक विकासमा ध्यान दिन नसक्नु रहेको धारणा उनले व्यक्त गरे । अब परिवर्तनका नाममा अराजकतालाई प्रश्रय दिनुको सट्टा विगतका कमजोरी सुधार गर्दै राजनीतिक चरित्रसहित अघि बढ्न आवश्यक रहेको उनले बताए ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

इजरायली कृषि प्रविधि र लगानी भित्र्याउन प्रस्तावित राजदूत कर्णसँग सांसद विष्टद्वारा योजना माग
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद नरबहादुर विष्टले नेपालको कृषि क्षेत्रको आधुनिकीकरण र इजरायली प्रविधि भित्र्याउन इजरायलका लागि प्रस्तावित राजदूत सुरेशकुमार कर्णसँग के योजना छ भन्दै जिज्ञासा राखेका छन्। मंगलबार बसेको संसदीय... ...

मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी
मुस्ताङ । मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ । असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले बेनी—जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा स्याउ... ...

अधिकार हस्तान्तरणमा ढिलाइ भयो: लुम्बिनी मुख्यमन्त्री
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको मर्म अनुसार अधिकार हस्तान्तरण र कानुन संशोधनमा ढिलाइ भएको बताएका छन्। उनले प्रदेश सरकारलाई सबल र सक्षम बनाउन संघीय सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए। सम्मेलनमा मुख्यमन्त्री आचार्यले संविधानले दिएका एकल अधिकार तथा साझा सूचीका अधिकारहरू अझै पनि संघ सरकारले हस्तान्तरण नगरेको गुनासो गरे। उनले भने, &lsquo... ...

पोखराको आइकोनिक खेलाडीमा विश्वसा पराजुली
नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सको आइकोनिक खेलाडीमा विश्वास पराजुली छनोट भएका छन्। पोखरा रंगशालास्थित क्रिकेट मैदान र स्याङजामा भएको ट्यालेन्ट हन्टबाट विश्वास आइकोनिक खेलाडीका रुपमा छनोट भएका हुन्। यसअघि गण्डकी हिरोज टपमा रहिसकेका विश्वासले एनपीएलमा पोखराको प्रतिनिधित्व गर्नेछन्। पोखरा एभेन्जर्सका मुख्य प्रशिक्षक अजन्था मेन्ड... ...


