
इजरायलको प्रविधिलाई नेपालको कृषि क्षेत्रमा भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्न पहल गर्छुः कर्ण
काठमाडाैँ । इजरायलका लागि प्रस्तावित नेपाली राजदुत सुरेशकुमार कर्णले आफ्नो कार्यकालमा कृषि क्षेत्रको आधुनिकीकरण, साइबर सुरक्षा र वैदेशिक लगानी भित्र्याउने विषयलाई मुख्य प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाएका छन् । मंगलबार संसदीय सुनुवाई विशेष समितिको बैठकमा कार्ययोजना प्रस्तुत गर्दै उनले नेपाल र इजरायलबिचको द्विपक्षीय सम्बन्धलाई आर्थिक र प्राविधिक सहयोगमा केन्द्रित गर्ने बताएका हुन् । प्रस्तावित राजदुत कर्णले इजरायलको प्रविधिलाई नेपालको कृषि क्षेत्रमा ...



















