प्रस्तावित राजदुत कर्णलाई सांसद विष्टको प्रश्नः इजरायलको कृषि प्रविधि नेपाल भित्र्याउन तपाईंको भुमिका के ?

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद नरबहादुर विष्टले नेपालको कृषि क्षेत्रको आधुनिकीकरण र इजरायली प्रविधि भित्र्याउन इजरायलका लागि प्रस्तावित राजदुत सुरेशकुमार कर्णसँग के योजना छ भन्दै जिज्ञासा राखेका छन् । मंगलबार बसेको समितिको बैठकमा सांसद विष्टले इजरायलको कृषि मोडेललाई नेपालमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा राजदुतको योजनाबारे प्रश्न उठाएका हुन्। सांसद विष्टले इजरायलको मरुभूमिमा गरिने कृषि अभ्यासको प्रशंसा गर्दै उक्त प्रविधि नेपालको हिमाली र पहाडी भेगमा प्रयोग गर्नसके मुलुकको आर्थिक समृद्धि सम्भव रहेको बताए । हाल नेपालबाट कामदारका रूपमा मात्रै इजरायल जाने क्रम बढेको सन्दर्भ उल्लेख गर्दै उनले श्रमसँगै कृषि प्रविधि र लगानीलाई समेत प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । सुदूरपश्चिम र कर्णाली प्रदेशको रैथाने बाली लोप हुने अवस्थामा पुगेकोप्रति चिन्ता व्यक्त गर्दै सांसद विष्टले जुम्लाको मार्सी धान जस्ता रैथाने बालीको विश्व बजारमा प्रवद्र्धन गर्ने ठोस योजनाबारे प्रश्न गरे । उनले भने, “इजरायलको आधुनिक कृषि प्रविधि नेपालमा भित्र्याउन र त्यस क्षेत्रमा इजरायली लगानी आकर्षित गर्न यहाँले के पहल गर्नुहुन्छ ? कृषि क्षेत्रको आधुनिकीकरणमार्फत नेपालको उत्पादन र उत्पादकत्व बढाउने यहाँको योजना के छ ? विशेषगरी सुदूरपश्चिम र कर्णालीका लोपोन्मुख रैथाने बालीको संरक्षण, प्रवद्र्धन र अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्न इजरायलको कृषि प्रविधि कसरी उपयोग गर्नुहुन्छ ? जुम्लाको मार्सी धानलगायतका उत्पादनको व्यावसायिक खेती र निर्यात बढाउन यहाँले कस्तो भुमिका खेल्नुहुन्छ ?” सांसद विष्टले भूगोल विशेषलाई प्राथमिकतामा राखेर राष्ट्रिय हित प्रवद्र्धन गर्न राजदुतको भुमिका महत्वपूर्ण हुने बताए ।
Read Complete Original Article
Published originally on टक्सार
Related News

कुनै देशमाथि आक्रमण गर्ने वा आफ्नो प्रभुत्व जमाउने कुरामा भारत विश्वास गर्दैन : गृहमन्त्री शाह
काठमाडौँ। भारतका गृहमन्त्री अमित शाहले क्षेत्रीय एकीकरण, आर्थिक सहयोग र सामूहिक सुरक्षाका लागि बिमस्टेक अपरिहार्य मञ्च बनेको बताएका छन् । भारतमा मंगलबार बसेको पहिलो गृहमन्त्रीस्तरीय बिमस्टेक बैठकलाई सम्बोधन गर्दै उनले भारतको... ...

हुलाक सेवालाई व्यवस्थित गरिन्छ : मन्त्री तिमिल्सिना
काठमाडौं।सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई व्यवस्थित, प्रभावकारी र गुणस्तरीय सेवाका रूपमा अघि बढाइने बताएका छन्। हुलाक सेवा विभागद्वारा आज यहाँ आयोजित आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा अन्तरक्रिया कार्यक्रममा उनले विश्वमै हुलाकको आफ्नै ऐतिहासिक महत्व र गरिमा रहेको स्पष्ट पारे। मन्त्री डा. तिमिल्सिनाले हुलाक सेवालाई क्षमता अभिवृद्धि गरी युग सुहाउँदो तुल्याएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ...

नेपालले ओमानलाई जितका लागि दियो २ सय ६४ रनको लक्ष्य
आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमानसामु जितका लागि २ सय ६४ रनको लक्ष्य प्रस्तुत गरेको छ। ओमानको अल अमरेट क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ६३ रनको योगफल तयार पारेको छ। चौथो विकेटका लागि बसिर अहमद र रोहित पौडेलले ८६ रनको साझेदारी... ...
हुलाक सेवालाई व्यवस्थित गरिन्छ : मन्त्री तिमिल्सिना
काठमाडौँ, असोज २७ गते । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई व्यवस्थित, प्रभावकारी र गुणस्तरीय सेवाका रूपमा अघि बढाइने बताउनुभएको छ ।हुलाक सेवा विभ... ...


