Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/नेपाल-भारत सम्बन्ध बहुआयामिक भएपनि नेपालले अपेक्षित लाभ लिन सकेनः सांसद आनन्दप्रसाद ढुंगाना

नेपाल-भारत सम्बन्ध बहुआयामिक भएपनि नेपालले अपेक्षित लाभ लिन सकेनः सांसद आनन्दप्रसाद ढुंगाना

10/12/2026, 4:13:17 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल-भारत सम्बन्ध बहुआयामिक भएपनि नेपालले अपेक्षित लाभ लिन सकेनः सांसद आनन्दप्रसाद ढुंगाना

काठमाडाैँ । नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले नेपाल र भारतबिच ऐतिहासिक तथा बहुआयामिक सम्बन्ध रहे पनि नेपालले त्यसबाट अपेक्षित आर्थिक तथा रणनीतिक फाइदा लिन नसकेको बताएका छन् । सोमबार संसदीय सुनुवाई समितिको बैठकमा भारतका लागि प्रस्तावित राजदुत निश्चलनाथ पाण्डेसँगको छलफलका क्रममा सांसद ढुंगानाले दुई देशबिचका थाँती रहेका मुद्दाहरू प्रभावकारी कुटनीतिमार्फत समाधान गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । सांसद ढुंगानाले भारत र नेपालले समान समयमा राजनीतिक परिवर्तनको अनुभव गरे पनि आर्थिक विकासका दृष्टिले नेपाल पछाडि परेको उल्लेख गरे । छिमेकी मुलुकहरू भारत र चीनले तीव्र आर्थिक विकास गरिरहँदा नेपालले दुवै मुलुकको प्रगतिबाट लाभ उठाउन नसक्नु नीतिगत तथा कुटनीतिक कमजोरी भएको उनको भनाइ छ । विगत तीन दशकभन्दा लामो समयदेखि अलपत्र परेको हुलाकी राजमार्गको प्रसंग उठाउँदै उनले वि.सं. २०४८ सालको जननिर्वाचित सरकारले भारत भ्रमणका क्रममा पहिलो प्राथमिकतामा राखेको आयोजना अहिलेसम्म सम्पन्न हुन नसक्नु चिन्ताको विषय भएको बताए । सांसद ढुंगानाले मेचीदेखि महाकालीसम्मको यो रणनीतिक सडक कहिलेसम्म निर्माण सम्पन्न हुन्छ भनी समयसीमा स्पष्ट पार्न भारतसँग पहल गर्नुपर्ने उल्लेख गरे । दुई देशका प्रबुद्ध व्यक्ति समूह (इपिजी) ले तयार पारेको साझा प्रतिवेदन भारत सरकारले हालसम्म बुझ्न नमानेको विषयमा प्रश्न उठाउँदै उनले उक्त प्रतिवेदन स्वीकार गराउन ठोस कूटनीतिक पहल आवश्यक रहेको स्पष्ट पारे । लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्तालगायतका सीमा समस्या समाधानका लागि परराष्ट्रमन्त्री स्तरको संयन्त्रलाई सक्रिय बनाएर ऐतिहासिक तथ्यका आधारमा वार्ता अघि बढाउनुपर्नेमा उनले जोड दिए । नेपालका जलविद्युत आयोजनाहरूबाट उत्पादित बिजुलीको उचित मूल्य निर्धारण तथा महाकाली सन्धिअनुसारका प्रतिवद्धता कार्यान्वयन गराउनेतर्फ पनि नेपालले दह्रो अडान लिनुपर्ने उनको भनाइ छ । प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघमा उठाएको नेपाल, भारत र चीनबिचको जलवायु तथा हिमनदी जोखिम न्युनिकरण सम्बन्धी साझा सहकार्यलाई कुटनीतिक तवरबाट मूर्तरूप दिन प्रस्तावित राजदुतले विशेष परिश्रम गर्नुपर्ने सुझाव सांसद ढुंगानाले दिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

दशैँतिहार उपहारसहित चौधरी ग्रुपको सीजी ब्रान्डले ल्यायो उच्चस्तरीय घरायसी सामग्री [भिडियो]
ताजा खबरJust now

दशैँतिहार उपहारसहित चौधरी ग्रुपको सीजी ब्रान्डले ल्यायो उच्चस्तरीय घरायसी सामग्री [भिडियो]

सीजी ब्रान्डले घरायसी प्रयोजनका सामग्रीहरू किन्दा भारी मात्रामा उपहार लिएर बजारमा आएको जनाएको छ । ...

हाम्राकुरा
दूतावासको खर्चमा प्रथम सचिवकी बहिनीको स्वास्थ्य बीमा ! सरकारी क्वार्टरमा पनि बसोबास
ताजा खबरJust now

दूतावासको खर्चमा प्रथम सचिवकी बहिनीको स्वास्थ्य बीमा ! सरकारी क्वार्टरमा पनि बसोबास

• जर्मनीस्थित नेपाली दूतावासका प्रथम सचिव रञ्जन यादवमाथि अनियमितताको आरोप र उनकी बहिनीको स्वास्थ्य बीमा विवरण फेला परेको छ। • यादवले बहिनीलाई एटेंडेंट भिसामा ल्याउन चाहेका थिए, तर दूतावासले भिसा नदिएपछि विद्यार्थी भिसामा ल्याएको बताइएको छ। • यादवले ४२ दिनको हाजिरी गरेको विषयमा छानबिन र कारबाहीको मागसहित उजुरी परेको छ, र पत्रकारलाई धम्की दिएको आरोप पनि छ। ...

नेपालबहस
पूर्वाधार विकास कोषको पुँजी १ खर्ब पुर्याउने प्रस्ताव, संघीय सरकारको ४० प्रतिशत शेयर हिस्सा रहने
ताजा खबरJust now

पूर्वाधार विकास कोषको पुँजी १ खर्ब पुर्याउने प्रस्ताव, संघीय सरकारको ४० प्रतिशत शेयर हिस्सा रहने

• सरकारले पूर्वाधार विकास कोषको अधिकृत पुँजी १ खर्ब रुपैयाँ पुर्याउने प्रस्ताव गरेको छ, जसमा नेपाल सरकारको ४० प्रतिशत शेयर स्वामित्व रहनेछ। • प्रस्तावित कानूनी व्यवस्थाबाट पूर्वाधार क्षेत्रमा लगानी बढ्ने, स्थानीय तहको वित्तीय पहुँच सुदृढ हुने र सार्वजनिक वित्तीय व्यवस्थापनमा सुधार आउने अपेक्षा गरिएको छ। • विधेयक पारित भएमा नगर विकास कोष ऐन, २०५३ खारेज हुनेछ र सम्पूर्ण सम्पत्ति, दायित्व ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play