Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/‘फिनटेक इनोभेसन सोकेस २०२६’ आयोजना गर्दै राष्ट्र बैंक

‘फिनटेक इनोभेसन सोकेस २०२६’ आयोजना गर्दै राष्ट्र बैंक

10/13/2026, 11:28:21 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
‘फिनटेक इनोभेसन सोकेस २०२६’ आयोजना गर्दै राष्ट्र बैंक

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले ‘आइडियाज फर ल्यास्टिङ इम्प्याक्ट’ भन्ने नाराका साथ ‘एनआरबी फिनटेक इनोभेसन सोकेस इभेन्ट २०२६’ आयोजना गर्ने भएकाे छ । कार्यक्रम २०२६ नोभेम्बर २ मा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म बालुवाटारस्थित नेपाल राष्ट्र बैंकभित्र हुनेछ। कार्यक्रमले फिनटेक क्षेत्रका नवप्रवर्तकहरूलाई आफ्ना नयाँ विचार र आविष्कार प्रस्तुत गर्ने मञ्च उपलब्ध गराउने बैंकले जनाएको छ। प्रस्तुतिका लागि बुथ वा स्टल राखिनेछ, जहाँ सहभागीले आफ्ना सेवा र प्रविधि प्रदर्शन गर्न सक्नेछन्। त्यसका साथै सहभागीलाई प्रत्यक्ष अनुभव गराउने अन्तरक्रियात्मक अभ्यास (इन्गेजमेन्ट एक्सरसाइज) पनि हुनेछन्। समूहगत सत्रअन्तर्गत प्यानल छलफल र सामूहिक प्रदर्शन लगायतका गतिविधि समावेश गरिएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

दाङको कार्यक्रम छोडेर काठमाडाैँ फर्किए खगेन्द्र सुनार
ताजा खबरJust now

दाङको कार्यक्रम छोडेर काठमाडाैँ फर्किए खगेन्द्र सुनार

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनार काठमाडौँ फर्किएका छन्। कार्यक्रमको सिलसिलामा दाङ पुगेका सुनार पार्टीको निर्देशनपछि मंगलबार काठमाडौँ फर्किएका हुन्। उनी नेपालगन्ज हुँदै काठमाडौँ फर्किएका रास्वपा दाङ... ...

रातोपाटी
संखुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारणलाइनको विद्युत्
ताजा खबरJust now

संखुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारणलाइनको विद्युत्

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले संखुवासभाको उत्तरी भेगस्थित भोटखोला गाउँपालिका–३, हटियामा राष्ट्रिय प्रसारणलाइन विस्तार गरी विद्युत् आपूर्ति सुरु गरेको छ । प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गत योजना तथा प्राविधिक सेवा विभागमार्फत सञ्चालित आयोजनामार्फत हटिया क्षेत्रमा राष्ट्रिय प्रसारणलाइन विस्तार गरिएको हो । यसअघि उक्त क्षेत्रमा लघु जलविद्युत् योजनामार्फत विद्युत् आपूर्ति हुँदै आएको थियो । राष्ट्रिय प्रसारणलाइनबाट विद्युत् आपूर्ति सुरु भएपछि विकट तथा ...

कर्पोरट खबर
मिथिलामा शाक्त मन्दिर र सखडा छिन्नमस्ता मन्दिरको प्राचीनता
ताजा खबरJust now

मिथिलामा शाक्त मन्दिर र सखडा छिन्नमस्ता मन्दिरको प्राचीनता

मिथिलामा शैव–शाक्त सम्प्रदायका अनुयायीहरूको व्यापकता छ । मिथिलाको समाज प्राचीनकालदेखि नै शक्ति–उपासनाको केन्द्रभूमि रहेको छ । मैथिल तिरहुतिया पंचदेवोपासक हुन्छन्, जसमा देवी शक्तिको मान्यता सर्वोपरि छ । मिथिलाका गाउँ–गाउँमा शिव र... ...

रातोपाटी
सुदूरपश्चिमको बजेटमा सत्तारुढ सांसदकै असन्तुष्टि, पूरक बजेट ल्याउने समझदारी
ताजा खबरJust now

सुदूरपश्चिमको बजेटमा सत्तारुढ सांसदकै असन्तुष्टि, पूरक बजेट ल्याउने समझदारी

तीन महिनाको बजेट शून्यतापछि आएको सुदूरपश्चिम सरकारको बजेटमा सत्तारूढ सांसदले नै प्रश्न उठाएपछि संसदीय समिति गठन गरेर अध्ययन गर्ने र अहिले पूरक बजेट ल्याउने सहमति भएको छ। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play