संखुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारणलाइनको विद्युत्

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले संखुवासभाको उत्तरी भेगस्थित भोटखोला गाउँपालिका–३, हटियामा राष्ट्रिय प्रसारणलाइन विस्तार गरी विद्युत् आपूर्ति सुरु गरेको छ । प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गत योजना तथा प्राविधिक सेवा विभागमार्फत सञ्चालित आयोजनामार्फत हटिया क्षेत्रमा राष्ट्रिय प्रसारणलाइन विस्तार गरिएको हो । यसअघि उक्त क्षेत्रमा लघु जलविद्युत् योजनामार्फत विद्युत् आपूर्ति हुँदै आएको थियो । राष्ट्रिय प्रसारणलाइनबाट विद्युत् आपूर्ति सुरु भएपछि विकट तथा दुर्गम क्षेत्रको विद्युत् आपूर्ति थप भरपर्दो र पर्याप्त हुने अपेक्षा गरिएको छ । यसबाट स्थानीय बासिन्दा, सरकारी कार्यालय, स्वास्थ्य संस्था, कुटानीपिसानी मिल तथा घरेलु उद्योग लगायतका विद्युत् उपभोक्ताहरू प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् । खाँदबारी वितरण केन्द्रका प्रमुख रामबाबु चौधरीका अनुसार, भोटखोला गाउँपालिकाको कार्यालय र हाहियास्थित अस्पतालमा थ्री फेजका मिटर जडान गरी विद्युत् आपूर्ति सुरु गरिएको छ । राष्ट्रिय प्रसारणलाइन विस्तारले स्थानीय क्षेत्रमा विद्युत् आपूर्तिको उपलब्धता, नियमितता र विश्वसनीयता बढाउन सहयोग पुग्ने उनले बताए । चीनसँग सीमा जोडिएको भोटखोला गाउँपालिकाकै किमाथांकासम्म पनि राष्ट्रिय प्रसारणलाइन विस्तार गर्न प्राधिकरणले आवश्यक प्रक्रिया अगाडि बढाइसकेको छ । उक्त क्षेत्रसम्म विद्युत् पुर्याउन ठेक्का प्रक्रिया अघि बढिसकेको छ । चालु आर्थिक वर्षभित्रै किमाथांकामा राष्ट्रिय प्रसारणलाइनबाट विद्युत् आपूर्ति पुर्याउने लक्ष्य रहेको छ । संखुवासभामा विद्युत् पहुँच विस्तारलाई प्राथमिकता दिँदै प्राधिकरणले विकट तथा दुर्गम बस्तीहरूमा राष्ट्रिय प्रसारण प्रणाली विस्तार गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ । जिल्लाका करिब ९५ प्रतिशत घरधुरीले राष्ट्रिय प्रसारणलाइनबाट विद्युत् उपभोग गरिरहेका छन् भने बाँकी घरधुरीमा लघु जलविद्युत् तथा सौर्य ऊर्जामार्फत विद्युत् आपूर्ति भइरहेको छ । दुर्गम तथा भौगोलिक रूपमा विकट बस्तीहरूमा राष्ट्रिय प्रसारणलाइन विस्तार गर्ने प्राधिकरणको प्रयासले स्थानीय जनताको जीवनस्तर सुधार, स्वास्थ्य तथा शिक्षा सेवाको प्रभावकारी सञ्चालन र स्थानीय आर्थिक गतिविधिको विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ । The post संखुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारणलाइनको विद्युत् appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ
काठमाडौँ। वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ८० लाख ४८ हजार ठगी गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागलुङको तमानखोला... ...

पनामामा भूकम्पपछि आपत्काल घोषणा
काठमाडाैँ । शक्तिशाली भूकम्पबाट घर, विद्यालय, अस्पताल, सडक तथा सार्वजनिक भवनमा क्षति पुगेपछि पनामाले राहत तथा उद्धार कार्यलाई व्यवस्थित बनाउन आपत्काल घोषणा गरेको छ। यसैबिच मङ्गलबार बिहान पनामामा ६.१ म्याग्निच्युडको... ...

यात्रुलाई गुणस्तरीय खाना खुवाउन होटल–रेस्टुरेन्टलाई विभागको आग्रह
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सार्वजनिक यातायातका यात्रुलाई स्वच्छ, स्वस्थ र गुणस्तरीय खाना उपलब्ध गराउन होटल तथा रेस्टुरेन्ट सञ्चालक र सवारी चालकलाई आग्रह गरेको छ। खाद्य स्वच्छतामा लापरबाही, बासी तथा झिँगा भन्किएका खानेकुरा र न्यून गुणस्तरको खाना उपलब्ध गराइएको गुनासो बढेपछि विभागले एक सुचना जारी गर्दै यस्तो आग्रह गरेको हो। विभागले सार्वजनिक यातायातका यात्रुलाई खाना, नास्ता तथा खाजाका लागि ...

चर्कियो फ्रान्सको विद्यार्थी आन्दोलन, ग्रेटा थनबर्ग पनि आन्दोलनमा सहभागी
पेरिस । फ्रान्समा विद्यालयमा शैक्षिक अवस्था सुधारको माग गर्दै विद्यार्थीहरूले देशव्यापी प्रदर्शन तीव्र बनाएका छन् । मंगलबार भएको प्रदर्शनमा जलवायु अभियन्ता ग्रेटा थनबर्ग पनि सहभागी भएकी छन् । विद्यार्थीको आन्दोलनलाई विश्वविद्यालयका विद्यार्थी,... ...


