Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/यात्रुलाई गुणस्तरीय खाना खुवाउन होटल–रेस्टुरेन्टलाई विभागको आग्रह

यात्रुलाई गुणस्तरीय खाना खुवाउन होटल–रेस्टुरेन्टलाई विभागको आग्रह

Share:WhatsAppFacebookX (Twitter)Telegram
यात्रुलाई गुणस्तरीय खाना खुवाउन होटल–रेस्टुरेन्टलाई विभागको आग्रह

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सार्वजनिक यातायातका यात्रुलाई स्वच्छ, स्वस्थ र गुणस्तरीय खाना उपलब्ध गराउन होटल तथा रेस्टुरेन्ट सञ्चालक र सवारी चालकलाई आग्रह गरेको छ। खाद्य स्वच्छतामा लापरबाही, बासी तथा झिँगा भन्किएका खानेकुरा र न्यून गुणस्तरको खाना उपलब्ध गराइएको गुनासो बढेपछि विभागले एक सुचना जारी गर्दै यस्तो आग्रह गरेको हो। विभागले सार्वजनिक यातायातका यात्रुलाई खाना, नास्ता तथा खाजाका लागि रोक्ने होटल तथा रेस्टुरेन्ट छनोट गर्दा खाद्य स्वच्छतालाई प्राथमिकता दिन सवारी चालकलाई आग्रह गरेको छ। सम्भव भएसम्म खाद्य स्वच्छतासम्बन्धी स्टिकर टाँसिएका होटल तथा रेस्टुरेन्टमा मात्रै यात्रुलाई खाना तथा खाजाका लागि रोक्न विभागले सुझाव दिएको छ। विभागका अनुसार होटल तथा रेस्टुरेन्टमा उपलब्ध गराइने खाना तथा खाजाको गुणस्तरमा लापरबाही हुँदा यात्रुको स्वास्थ्यमा प्रत्यक्ष असर पर्न सक्छ। न्यून गुणस्तरको खाना खाएका कारण यात्रु बिरामी परेको गुनासो आएमा सम्बन्धित निकायबाट निगरानी गरिने विभागले जनाएको छ। खाद्य स्वच्छता तथा गुणस्तरमा लापरबाही गरेको पाइएमा सम्बन्धित सवारी चालक र होटल–रेस्टुरेन्ट सञ्चालकलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत विभागले दिएको छ। त्यस्तै, होटल तथा रेस्टुरेन्टमा खाना र खाजाको स्वच्छता तथा गुणस्तरमा कमी देखिएमा वा मूल्यमा ठगी भएको पाइएमा यात्रुलाई नेपाल प्रहरीको हेल्पलाइन नम्बर १०० मा सम्पर्क गरी जानकारी गराउन विभागले आग्रह गरेको छ। यात्रुले सम्बन्धित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वा त्यसअन्तर्गतका नजिकका कार्यालयमा समेत उजुरी गर्न सक्नेछन्। विभागले सार्वजनिक यातायातका यात्रुको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै होटल तथा रेस्टुरेन्ट सञ्चालकलाई खाद्य स्वच्छता र गुणस्तर कायम गर्न तथा सवारी चालकलाई यात्रुका लागि सुरक्षित र स्वच्छ खाना उपलब्ध हुने स्थान छनोट गर्न आग्रह गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →

Related News

प्रतिनिधिसभामा मधेसी दलितको प्रतिनिधित्वबारे रास्वपासँग जेनजीको प्रश्न
ताजा खबरJust now

प्रतिनिधिसभामा मधेसी दलितको प्रतिनिधित्वबारे रास्वपासँग जेनजीको प्रश्न

काठमाडौं । कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले प्रतिनिधिसभामा मधेशी दलितको प्रतिनिधित्व नभएको विषय उठाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूसँग प्रश्न गरेका छन् । उनले संविधानमा समानता र समावेशिताको... ...

रातोपाटी
युद्ध र खडेरीले सुडानमा भोकमरीको खतरा
ताजा खबरJust now

युद्ध र खडेरीले सुडानमा भोकमरीको खतरा

खार्तुम । अफ्रिकी देश सुडानमा जारी युद्ध र एल निनोका कारण उत्पन्न खडेरीले भोकमरीको जोखिम बढाएको छ । खाद्य सुरक्षा तथा सङ्कटको अनुगमन गर्ने अन्तर्राष्ट्रिय निकायले देशका डार्फर र कोर्दोफान क्षेत्रमा... ...

रातोपाटी
परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट
ताजा खबरJust now

परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट

काठमाडौँ, असोज २७ गते । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत प्रा अनिल सुकलालले भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबी... ...

गोरखापत्र
इमरान खानको पार्टी खारेजविरुद्ध कानुनी लडाइँ लड्ने तयारीमा पीटीआई
ताजा खबरJust now

इमरान खानको पार्टी खारेजविरुद्ध कानुनी लडाइँ लड्ने तयारीमा पीटीआई

पाकिस्तान– जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई)ले आफूले शासन गर्दै आएको खैबर पख्तुनख्वा प्रान्तको सत्ता संघीय सरकारले आफ्नो नियन्त्रणमा लिएको निर्णयलाई अदालतमा चुनौती दिने तयारी गरेको छ । पीटीआईका केन्द्रीय सूचना सचिव शेख वकास अक्रमले अलजजिरासँग कुरा गर्दै आइतबार लागू गरिएको संकटकालीन व्यवस्था र गभर्नर शासनविरुद्ध मंगलबार अदालतमा मुद्दा दायर गर्ने तयारी भइरहेको बताएका छन् । उनका अनुसार ...

विश्वखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play