मंगलबार कुन राशिको भाग्य कस्तो ?

२०८३ असोज २७ गते मंगलबारको राशिफल मेष मेष राशि भएकाहरूका आज पनि शुभ समय रहेको छ । कामहरु सजिलै लिन सकिनेछ । आम्दानीका स्रोतहरु बढ्नेछन् । नयाँ व्यावसाय सुरु गर्न सकिनेछ । प्रेममा विश्वास बढने छ । वृषवृष राशि भएकाहरूका लागि आज शुभ रहनेछ । व्यापार व्यवसायमा देखिएका समस्या समाधान हुनेछन् । ईमान्दारितापूर्वक गरिएको काम सफल हुनेछ । विलासी वस्तुहरुको उपभोग गर्न पाईनेछ । पढाई लेखाईमा सफलता पाइनेछ । मिथुन मिथुन राशि भएकाहरूका लागि आज अशुभ रहनेछ । परिवार तथा आफन्तजन सँग मनमुटाब बढ्नेछ । पति पत्नी तथा बीच अबिस्वास सिर्जना हुनेछ । यात्रा गर्दा ध्यान दिनुहोला । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मेहनेत गर्नुपर्नेछ । स्वास्थ्यमा समस्या आउने छ । कर्कट कर्कट राशिका लागि आज राम्रो छैन । हतारमा काम नगर्नुहोला । अनावश्यक झमेलामा फसिने छ । काममा विभिन्न बाधा आइपर्नेछ । मान तथा सम्मानमा दाग लाग्न सक्छ । व्यवसायमा समस्या देखिनेछ । सिंह सिंह राशि भएकाहरूका लागि आज समय शुभ छ । शत्रु पराजित हुनेछन् । स्वास्थ्यमा सुधार हुँदै जानेछ । काम गर्न सहज वातावरण बन्नेछ । नयाँ कामको सुरुवात हुनेछ । कन्या कन्या राशि भएकाहरूका लागि आज अशुभ रहेको छ । आम्दानीका स्रोत घट्नेछन् । विद्यामा सफलता पाउन कठिन हुनेछ । आफन्तबाट सहयोग प्राप्त हुनेछैन । स्वास्थ्यमा समस्या बढ्नेछन् । तुला तुला राशि भएकाहरूका लागि आज राम्रो छ । आम्दानीका स्रोत बढ्नेछन् । राज्यबाट पद प्रतिष्ठा पाउने योग रहेको छ । व्यापार व्यावसायमा थप लगानी हुनेछन् । स्वास्थमा सुधार हुनेछ । मिष्ठान्न भोजन हुने छ । वृश्चिक वृश्चिक राशि भएकाहरूका लागि आज खराब छ । स्वास्थ्यमा समस्या आउने छ । अनावश्यक काममा खर्च हुनेछ । गलत काम गर्न मन लाग्नेछ । यात्रा गदाए विचार पुर्याउनुहोला । पढाई लेखाईमा भनेजस्तो नतिजा आउँदैन । धनु धनु राशिका लागि आज अशुभ रहेको छ । स्वास्थ्यमा विभिन्न समस्या आइपर्ने छन् । आफन्तसँग मनमुटाव हुनेछ । कामहरु बिग्रनेछन् । विभिन्न समस्या आइलाग्नेछ । झैझगडा हुने सम्भावना रहेकोछ । मकर मकर राशि भएकाहरूका लागि आज शुभ रहेको छ । परिश्रम अनुसारको फल पाइनेछ । मनमा शान्ति मिल्नेछ । साथिभाइहरु सँग भेटघाट हुनेछ । स्वास्थ्य राम्रो रहनेछ । कुम्भ कुम्भ राशिका लागि आज राम्रो छैन । आफन्तसँग विवाद हुन सक्नेछ । हानी नोक्शानी हुन सक्नेछ । काममा बिघ्नबाधा धेरै देखा पर्नेछन् । स्वास्थ्यमा समस्या देखिने छ । यात्रा नगर्नुहोला । मीन मीन राशि भएकाहरूका लागि आज समय मध्यम खालको छ । व्यापारमा गरेको लगानी बढ्ने छ । शेयर बजारमा गरेको लगानि फस्टाउनेछ । पैतृक धन सम्पतिको परिचालनको माध्ययमबाट लाभ लिन सकिनेछ ।
Read Complete Original Article
Published originally on टक्सार
Related News
![दशैँतिहार उपहारसहित चौधरी ग्रुपको सीजी ब्रान्डले ल्यायो उच्चस्तरीय घरायसी सामग्री [भिडियो]](https://hamrakura.com/uploads/news/images/badri-roy.jpg)
दशैँतिहार उपहारसहित चौधरी ग्रुपको सीजी ब्रान्डले ल्यायो उच्चस्तरीय घरायसी सामग्री [भिडियो]
सीजी ब्रान्डले घरायसी प्रयोजनका सामग्रीहरू किन्दा भारी मात्रामा उपहार लिएर बजारमा आएको जनाएको छ । ...

दूतावासको खर्चमा प्रथम सचिवकी बहिनीको स्वास्थ्य बीमा ! सरकारी क्वार्टरमा पनि बसोबास
• जर्मनीस्थित नेपाली दूतावासका प्रथम सचिव रञ्जन यादवमाथि अनियमितताको आरोप र उनकी बहिनीको स्वास्थ्य बीमा विवरण फेला परेको छ। • यादवले बहिनीलाई एटेंडेंट भिसामा ल्याउन चाहेका थिए, तर दूतावासले भिसा नदिएपछि विद्यार्थी भिसामा ल्याएको बताइएको छ। • यादवले ४२ दिनको हाजिरी गरेको विषयमा छानबिन र कारबाहीको मागसहित उजुरी परेको छ, र पत्रकारलाई धम्की दिएको आरोप पनि छ। ...

पूर्वाधार विकास कोषको पुँजी १ खर्ब पुर्याउने प्रस्ताव, संघीय सरकारको ४० प्रतिशत शेयर हिस्सा रहने
• सरकारले पूर्वाधार विकास कोषको अधिकृत पुँजी १ खर्ब रुपैयाँ पुर्याउने प्रस्ताव गरेको छ, जसमा नेपाल सरकारको ४० प्रतिशत शेयर स्वामित्व रहनेछ। • प्रस्तावित कानूनी व्यवस्थाबाट पूर्वाधार क्षेत्रमा लगानी बढ्ने, स्थानीय तहको वित्तीय पहुँच सुदृढ हुने र सार्वजनिक वित्तीय व्यवस्थापनमा सुधार आउने अपेक्षा गरिएको छ। • विधेयक पारित भएमा नगर विकास कोष ऐन, २०५३ खारेज हुनेछ र सम्पूर्ण सम्पत्ति, दायित्व ...



