Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ

विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ

10/13/2026, 1:12:05 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ

काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले विपद् व्यवस्थापनको लागि वैज्ञानिक तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली निर्माण गर्नुपर्ने बताएका छन् । मंगलबार ‘विपद् उत्थानशीलताको शुरुवात घरबाटै’ अभियनको शुरुवात गर्दै उनले यस्तो बताएका हुन् । उनले वैज्ञानिक तथ्य, तथ्याङ्क र अनुसन्धानलाई आधार बनाएर विपद्सम्बन्धी नीति निर्माण बनाउन आवश्यक रहेको बताए । विपद्का व्यक्ति विशेषको सक्रियता नभई प्रणाली स्वतः सक्रिय हुने संयन्त्र विकास गर्नुपर्ने उनको भनाइ छ । विपद् व्यवस्थापनका संयन्त्रलाई आवश्यकताअनुसार स्वतः परिचालित हुने गरी तयार गर्न सकेमा मात्रै भविष्यका चुनौती सामना गर्न सहज हुने उनले बताए । विपद्का बदलिँदा स्वरूप र जोखिमका सङ्केतलाई ध्यानमा राखेर आगामी दिनमा पनि पूर्वतयारीलाई पनि निरन्तरता दिनुपर्ने उनको भनाइ छ । उनले विपद् आउनुअघिको अनुगमन प्रणालीलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताए । सरकारले भिजुअलमा आधारित अनुगमन प्रणाली विकास गरेपनि पर्याप्त नभएको उनको भनाइ छ । उपलब्ध तथ्याङ्कको आदानप्रदान र कृत्रिम बौद्धिकता (एआई) को प्रयोगबाट विपद्का सम्भावित जोखिम तथा घटनाका ढाँचा पहिचान गर्न सकिने उनको भनाइ छ । नेपालमा विपद्का प्रकृति फरक–फरक रहेकाले त्यसअनुसार तयारी गर्नुपर्नेमा उनले जोड दिए । पछिल्लो समय नेपालमा देखिएका बाढीको प्रकृति परिवर्तनप्रति पनि शतर्क रहनुपर्ने उनले बताए । माथिल्लो तटीय क्षेत्रमा पानी थुनिने वा अन्य कारणले बहावमा परिवर्तन आउन सक्ने भएकाले तल्लो तटीय क्षेत्रमा जोखिमको पूर्वानुमान र निगरानीलाई बलियो बनाउनुपर्नेमा उनले जोड दिए ।उनले विपद्पछिको उद्धार र राहतसँगै पूर्वतयारी, प्रभावकारी अनुगमन, आवश्यक उपकरणको व्यवस्थापन तथा विपद्पछिको मानसिक स्वास्थ्यलाई पनि प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । विपद्पछिको अवस्थाले धेरै परिवारमा मानसिक आघात पर्ने गरेको उनको भनाइ छ । बालबालिकामा डर र त्रास देखिने तथा प्रभावित व्यक्तिहरूमा पोस्ट ट्रमासम्बन्धी समस्या देखिन सक्ने भएकाले मानसिक स्वास्थ्यलाई समेटेर समग्र कार्यढाँचा बनाउनुपर्नेमा उनले जोड दिए । उनले आगामी दिनमा भौतिक पूर्वाधार निर्माण गर्दा वैज्ञानिक तथ्य तथा परम्परागत रैथाने ज्ञानलाई समेत मिश्रण गरेर बनाउनुपर्ने बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

सुदूरपश्चिममा आजै बजेट पारित गर्ने तयारी
ताजा खबरJust now

सुदूरपश्चिममा आजै बजेट पारित गर्ने तयारी

धनगढी । सुदूरपश्चिम प्रदेशसभामा मंगलबार बजेट पारित गर्ने तयारी गरिएको छ । बजेट पारित गर्ने विषयमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किएपछि कात्तिक १५ गतेभित्र पूरक बजेट ल्याउने... ...

रातोपाटी
काठमाडौंका सडकमा राति रोड मार्किङ, दशैँअघि मुख्य सडकको काम सक्ने लक्ष्य
ताजा खबरJust now

काठमाडौंका सडकमा राति रोड मार्किङ, दशैँअघि मुख्य सडकको काम सक्ने लक्ष्य

काठमाडौं । काठमाडौंका सडकमा ट्राफिक व्यवस्थापन सहज र सडक आवागमन सुरक्षित बनाउन सडक डिभिजन काठमाडौंले रोड मार्किङ तथा ट्राफिक संकेत निर्माणको काम तीव्र पारेको छ । दिउँसो सवारीसाधनको चाप बढी हुने भएकाले डिभिजनले सडकमा थर्मोप्लास्टिक पेन्टिङसहितका चिह्न निर्माणको काम रातिको समयमा गरिरहेको छ । सडक डिभिजन काठमाडौंकी इन्जिनियर श्रीयंका रौनियारका अनुसार सडकमा रोड मार्किङको काम […] ...

लोकपथ
विदेशी नागरिकको निगरानी प्रभावकारी बनाउँदै अध्यागमन
ताजा खबरJust now

विदेशी नागरिकको निगरानी प्रभावकारी बनाउँदै अध्यागमन

भक्तपुर : नेपालमा विदेशी नागरिक कहाँ बस्छन्, कति समय बस्छन् र उनीहरूको आवागमनको अभिलेख कसरी राख्ने भन्ने विषयमा गृह मन्त्रालय संवेदनशील देखिएको छ। विदेशी नागरिकको सुरक्षा र सम्भावित आपराधिक गतिविधि नियन्त्रणमा अध्यागमन विभागले सूचना प्रणाली (एफएनएमाइएस)को विकास गरेको छ। विदेशी नागरिकको विवरण संकलन, अभिलेख व्यवस्थापन र सुरक्षा निगरानीलाई प्रभावकारी बनाउने कार्… ...

अन्नपूर्णपोष्ट
अर्थमन्त्री स्वर्णिम वाग्ले थाइल्याण्ड प्रस्थान
ताजा खबरJust now

अर्थमन्त्री स्वर्णिम वाग्ले थाइल्याण्ड प्रस्थान

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी हुन मंगलबार थाइल्याण्डको राजधानी ब्याङ्कक प्रस्थान गरेका छन् । विश्वभरका अर्थमन्त्री सहभागी... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play