Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/होस्टल सञ्चालन मापदण्ड कार्यान्वयनमा सहकार्य गर्ने प्रतिबद्धता

होस्टल सञ्चालन मापदण्ड कार्यान्वयनमा सहकार्य गर्ने प्रतिबद्धता

10/13/2026, 11:41:25 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
होस्टल सञ्चालन मापदण्ड कार्यान्वयनमा सहकार्य गर्ने प्रतिबद्धता

चितवन । नेपाल होस्टल एसोेसिएसनका केन्द्रीय अध्यक्ष नरेन्द्रबहादुर बाहोराले होस्टल व्यवसायलाई व्यवस्थित, मर्यादित तथा व्यावसायिक बनाउन संस्थागत एकता र आपसी सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन् । नेपाल होस्टल एसोसिएसन चितवनको १२औँ साधारण सभा तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई चितवनमा सम्बोधन गर्दै अध्यक्ष बोहोराले होस्टल व्यवसायीहरूले भोगिरहेका समस्या समाधान गर्न सम्बन्धित सरकारी निकाय तथा सरोकारवाला संस्थासँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । अध्यक्ष बोहराले चितवन जिल्लाभित्र सञ्चालित होस्टलहरूलाई व्यवस्थित बनाउन आवश्यक होस्टल सञ्चालन मापदण्डको कार्यान्वयनमा जिल्ला कार्यसमितिलाई आवश्यक सहयोग, समन्वय तथा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने,“होस्टल व्यवसायको गुणस्तर अभिवृद्धि, विद्यार्थीको हित संरक्षण तथा व्यवसायीका जायज समस्याको समाधानका लागि एसोसिएसनले निरन्तर पहल गर्नेछ ।” कार्यक्रमका विशिष्ट अतिथि चितवन उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले होस्टल व्यवसायलाई व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकतामा जोड दिए । उनले होस्टल क्षेत्रको विकास तथा व्यवसायीका समस्या समाधानका लागि सम्बन्धित निकायबिच सहकार्य र समन्वय महत्त्वपूर्ण हुने धारणा व्यक्त गरे । नेपाल होस्टल एसोसिएसन, चितवन जिल्ला कार्यसमितिका अध्यक्ष आरती गोपाल मूर्ति शाहले जिल्लाभित्र सञ्चालनमा रहेका सम्पूर्ण होस्टल व्यवसायीलाई प्रचलित नियम, मापदण्ड तथा आवश्यक प्रक्रिया पालना गर्दै आफ्नो व्यवसाय व्यवस्थित, सुरक्षित र मर्यादित रूपमा सञ्चालन गर्न आह्वान गरिन् । उनले भनिन्,“जिल्ला कार्यसमिति होस्टल व्यवसायीका साझा समस्या समाधान, व्यवसायको गुणस्तर अभिवृद्धि तथा संस्थागत एकता मजबुत बनाउन हामी प्रतिबद्ध छौँ ।” नेपाल होस्टल एसोसिएसनले देशभरका होस्टल व्यवसायलाई व्यवस्थित, मर्यादित र व्यावसायिक बनाउँदै व्यवसायी तथा विद्यार्थी दुवैको हित संरक्षण गर्ने उद्देश्यसहित विभिन्न कार्यक्रम, समन्वय तथा सहजीकरणका कार्यलाई निरन्तरता दिँदै आएको छ । भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासङ्घले गरेको सहयोग आह्वानलाई आत्मसात् गर्दै नेपाल होस्टल एसोसिएसन, चितवन जिल्ला कार्यसमितिले चितवन उद्योग वाणिज्य सङ्घमार्फत राहतका लागि रु. ५० हजार सहयोग उपलब्ध गराएकोमा केन्द्रीय अध्यक्ष बोहराले जिल्ला कार्यसमितिप्रति धन्यवाद तथा आभार व्यक्त गरे । उनले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै विपद्का समयमा पीडित नागरिकलाई सहयोग पु¥याउने कार्य प्रशंसनीय रहेको बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

इजरायली कृषि प्रविधि र लगानी भित्र्याउन प्रस्तावित राजदूत कर्णसँग सांसद विष्टद्वारा योजना माग
ताजा खबरJust now

इजरायली कृषि प्रविधि र लगानी भित्र्याउन प्रस्तावित राजदूत कर्णसँग सांसद विष्टद्वारा योजना माग

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद नरबहादुर विष्टले नेपालको कृषि क्षेत्रको आधुनिकीकरण र इजरायली प्रविधि भित्र्याउन इजरायलका लागि प्रस्तावित राजदूत सुरेशकुमार कर्णसँग के योजना छ भन्दै जिज्ञासा राखेका छन्। मंगलबार बसेको संसदीय... ...

रातोपाटी
मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी
ताजा खबरJust now

मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी

मुस्ताङ । मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ । असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले बेनी—जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा स्याउ... ...

रातोपाटी
अधिकार हस्तान्तरणमा ढिलाइ भयो: लुम्बिनी मुख्यमन्त्री
ताजा खबरJust now

अधिकार हस्तान्तरणमा ढिलाइ भयो: लुम्बिनी मुख्यमन्त्री

​लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको मर्म अनुसार अधिकार हस्तान्तरण र कानुन संशोधनमा ढिलाइ भएको बताएका छन्। उनले प्रदेश सरकारलाई सबल र सक्षम बनाउन संघीय सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए। ​सम्मेलनमा मुख्यमन्त्री आचार्यले संविधानले दिएका एकल अधिकार तथा साझा सूचीका अधिकारहरू अझै पनि संघ सरकारले हस्तान्तरण नगरेको गुनासो गरे। उनले भने, &lsquo... ...

नेपालखबर
पोखराको आइकोनिक खेलाडीमा विश्वसा पराजुली
ताजा खबरJust now

पोखराको आइकोनिक खेलाडीमा विश्वसा पराजुली

नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सको आइकोनिक खेलाडीमा विश्वास पराजुली छनोट भएका छन्।  पोखरा रंगशालास्थित क्रिकेट मैदान र स्याङजामा भएको ट्यालेन्ट हन्टबाट विश्वास आइकोनिक खेलाडीका रुपमा छनोट भएका हुन्। यसअघि गण्डकी हिरोज टपमा रहिसकेका विश्वासले एनपीएलमा पोखराको प्रतिनिधित्व गर्नेछन्।  पोखरा एभेन्जर्सका मुख्य प्रशिक्षक अजन्था मेन्ड... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play