Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री डा. स्वर्णिम वाग्ले थाइल्याण्ड जाँदै

विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री डा. स्वर्णिम वाग्ले थाइल्याण्ड जाँदै

10/13/2026, 10:37:08 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री डा. स्वर्णिम वाग्ले थाइल्याण्ड जाँदै

काठमाडाैँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आज विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी ब्याङकक जाने भएका छन् । उनी मंगलबार दिउँसो १:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइ एयरलाइन्सको विमान मार्फत त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ। विश्वभरका अर्थमन्त्री सहभागी हुने उक्त बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले १६ वटा भन्दा धेरै द्विपक्षीय र बहुपक्षीयबैठकमा र छलफलमा सहभागीता जनाउने छन् । बैठकमा सहभागी हुन अर्थसचिव डा.घनश्याम उपाध्याय, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख सह-सचिव अमृत लम्साल,अर्थमन्त्रीका निजी अधिकृत माधव भण्डारी र अधिकृत गजेन्द्र भट्टराई पनि जानेछन्। अर्थमन्त्री डा.वाग्ले कात्तिक ४ गते नेपाल फर्कने कार्यक्रम छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

खगेन्द्र सुनारले भने : अडिओबारे कठघरामा उभिएर जवाफ दिन तयार छु
ताजा खबरJust now

खगेन्द्र सुनारले भने : अडिओबारे कठघरामा उभिएर जवाफ दिन तयार छु

काठमाडौं । प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारले आफूमाथि सार्वजनिक भएका आरोपहरू झुटा भएको दाबी गर्दै सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारसँग आग्रह गरेका छन् । सुनारले प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि आफू निरन्तर प्रहार र विभिन्न आरोपको सिकार भइरहेको बताएका छन् । काल्पनिक महिलासँग जोडेर आफ्नो नाममा श्रव्य सामग्री सार्वजनिक गरिएको दाबी गर्दै उनले त्यस्ता सामग्री कृत्रिम बुद्धिमत्तालगायत प्रविधिको प्रयोग गरेर बनाइएको आरोप ...

कर्पोरट खबर
कक्रोच जनता पार्टीका सहसंयोजक सौरभ र आशुतोष पक्राउ
ताजा खबरJust now

कक्रोच जनता पार्टीका सहसंयोजक सौरभ र आशुतोष पक्राउ

• कक्रोच जनता पार्टीका सहसंयोजक सौरभ दास र आशुतोष रान्कालाई दिल्लीमा प्रदर्शन गर्ने क्रममा प्रहरीले पक्राउ गरेको छ। • भारत सरकारले जन्तरमन्तरमा प्रदर्शन गर्न रोक लगाएको छ र अन्य पार्टी समर्थकहरूलाई पनि हिरासतमा लिएको छ। • सिजेपीका संस्थापक अभिजीत दीपकेले घटनाबारे सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै विरोध प्रदर्शन जारी राख्नका लागि भारतीय प्रधानमन्त्रीलाई चुनौती दिएका छन्। ...

नेपालबहस
पाकिस्तानमा रेल दुर्घटना, चार जनाको मृत्यु
ताजा खबरJust now

पाकिस्तानमा रेल दुर्घटना, चार जनाको मृत्यु

मुलतान (पाकिस्तान), असोज २७ गते । मध्य पाकिस्तानको पञ्जाब प्रान्तमा मङ्गलबार बिहान यात्रुवाहक रेल पटरीबाट खस्दा कम्तीमा चार जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।रेलवेका प... ...

गोरखापत्र
किशोरलाई बन्धक बनाएर कुटपिट गर्ने पाँच जना पक्राउ
ताजा खबरJust now

किशोरलाई बन्धक बनाएर कुटपिट गर्ने पाँच जना पक्राउ

पीडितकी आमाको जाहेरीपछि पक्राउ परेका आरोपितमाथि अपहरण, शरीर बन्धक, ज्यान मार्ने उद्योग र अमानवीय व्यवहारमा अनुसन्धान भइरहेको छ। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play