आन्तरिक राजस्व विभागमा ९ नयाँ निर्देशक,मध्यस्तरीयमा अनुभवी जाँदा विभागमा ‘असन्तुलन’

काठमाडौँ । अर्थ मन्त्रालय अन्तर्गत ८५ जना उपसचिवको सरुवा गर्दा ९ जना निर्देशकका रूपमा आन्तरिक राजस्व विभागमा भित्रिएका छन् भने ५ जना अनुभवि निर्देशकहरू बाहिरिएका छन् । असोज २३ गतेको उपसचिवहरूको सरुवा तथा पदस्थापनाका क्रममा आन्तरिक राजस्व विभागमा विभिन्न कर कार्यालय, भन्सार कार्यालय तथा राजस्व अनुसन्धान निकायबाट ९ जना उपसचिवलाई निर्देशकका रूपमा विभागमा ल्याइएको छ । विभागमा आन्तरिक राजस्व कार्यालय नयाँसडक(काठमाडौँ)बाट युवराज बस्नेत मध्यमस्तरीय करदाता कार्यालयबाट नवराज अर्याल, आन्तरिक राजस्व कार्यालय भरतपुरबाट पुण्य विक्रम खड्का, आन्तरिक राजस्व कार्यालय सिमराबाट दिनेश पाण्डे, आन्तरिक राजस्व कार्यालय हेटौंडाबाट युक्तप्रसाद सुवेदी निर्देशकका रूपमा काठमाडौँ भित्रिएका हुन् । सन्तोष न्यौपाने र यमराज पाण्डे राजस्व अनुसन्धान विभागबाट आन्तरिक राजस्व विभागमा भित्रिएका छन् । यस्तै, दिपेन्द्रप्रकाश गिरी तातोपानी भन्सार कार्यालयबाट र जनार्दन पौडेल नेपालगञ्ज भन्सार कार्यालयबाट निर्देशकका रूपमा विभागमा सरुवा भएका छन् । ५ जना आन्तरिक राजस्व प्रशासनभित्रकै कार्यालयमा प्रमुखको जिम्मेवारी सम्हालिरहेका अधिकारी हुन् भने ४ जना राजस्व अनुसन्धान र भन्सार प्रशासनबाट विभागमा आएका हुन् । यीमध्ये खड्का नीति विश्लेषणमा राम्रो मानिन्छन् । युक्तप्रसाद सुवेदी र यमराज पनि अनुभवी तर औसत मानिन्छन् । नौ जना उपसचिव आन्तरिक राजस्व विभागमा भित्रिँदा विभागबाट पाँच जना अनुभवी निर्देशक बाहिरिएका छन् । विभागबाट लालप्रसाद शर्मा पंगेनी, राजकुमार खतिवडा र लक्ष्मी पराजुली प्रमुख कर अधिकृतका रूपमा विभिन्न आन्तरिक राजस्व कार्यालयमा खटाइएका छन् सुबोध खतिवडा अर्थ मन्त्रालयमा सरुवा भएका छन् । खतिवडाको दरबन्दी विभाग भए पनि रामेश्वर खनाल अर्थमन्त्री हुँदा पिए बनेर मन्त्रालय गएपछि फर्किएका थिएनन् । निर्देशक प्रकाश पौडेल मध्यमस्तरीय करदाताको कार्यालयमा सरुवा भएको छ । मध्यमस्तरीयमा अनुभवीमध्यमस्तरीय करदाता कार्यालयमा आन्तरिक राजस्व विभागबाट प्रकाश पौडेल र अर्थ मन्त्रालयबाट बोलराज आचार्य, सोना श्रेष्ठ र ओम प्रकाश भट्टराई गएका छन् । मध्यमस्तरीय कार्यालयमा गएकामध्ये प्रकाश पौडेल र बोलराज आचार्य अनुभवी र नीति विश्लेषणमा उत्कृष्ट मानिन्छन् । ठुला करदाता कार्यालयको समेत अनुभव भएका पौडेल विभागबाट मध्यस्तरीय करदाता कार्यालय गएका छन् । भने २०५९ का राजस्व अधिकृत बोलराज आचार्य आन्तरिक राजस्व कार्यालय भद्रपुरपछि सरुवा भएर लामो समय अर्थ मन्त्रालय बसेर यसपटक मध्यमस्तरीय करदाता कार्यालय सरुवा भएका छन् । जानकारहरूकाअनुसार ठुला करदाता कार्यालय भन्दा यसपटक मध्यमस्तरीय करदाता कार्यालयमा राम्रो टोली परेको छ । विभागमा चुनौतीराजस्व अधिकारीहरूका अनुसार यसपटक विभागबाट नीति विश्लेषणमा अनुभवी टोली बाहिरिएको छ भने भित्रिएको टोलीमा कम अनुभव छ । विभाग राजस्व नीति निर्माणको खम्बा हो । यसपटक सरुवा गर्दा भित्रने टोली र बाहिरिने टोलीबिच तालमेल मिलेको छैन । स्रोतले भन्यो,“सरुवा त गर्नपर्छ तर विभागबाट बाहिरिने र भित्रने टोलीको तालमेल देखिएन । नीति निर्माणमा विभाग कमजोर भयो भने मन्त्रालयले खेल्छ । यसले समस्या निम्त्याउने खतरा हुन्छ ।” विभागमा नीति विश्लेषणमा अब शिव शर्मा रहेका छन् । पदम श्रेष्ठले राजीनामा दिएर बाहिरिसकेका छन् । यद्यपी विभागमा गएकामध्ये पूण्यबिक्रम खड्का, युक्तप्रसाद सुवेदी र यमराज पाण्डे ‘ग्रो’ गर्न सक्ने अधिकृत मानिन्छन् ।
Read Complete Original Article
Published originally on टक्सार
Related News

केवाईसी अपडेटको बहानामा ४९ लाख ठगी, तीन जनाविरुद्ध मुद्दा
राैतहटमा बैंक तथा डिजिटल वालेटका कर्मचारी बनेर ओटीपी र बैंकिङ विवरण चोरेको आरोपमा दुई भारतीयसहित तीन जनाविरुद्ध मुद्दा दर्ता गरिएको हो। ...

अर्थमन्त्री वाग्ले बैंकक प्रस्थान
• अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक र आईएमएफ को संयुक्त वार्षिक बैठकमा सहभागी हुन बैंकक प्रस्थान गरेका छन्। • बैठकमा नेपालको आर्थिक अवस्था र विकासका प्राथमिकतासम्बन्धी छलफल हुने अपेक्षा गरिएको छ। • अर्थमन्त्रीसँगै अन्य उच्च अधिकारीहरू पनि बैंकक जानु भएको छ र उहाँ कात्तिक ४ गते नेपाल फर्कने कार्यक्रम छ। ...

रोहितकाे अर्धशतकमा नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य
काठमाडौं । रोहितकुमार पौडेलको अर्धशतकमा नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा घरेलु टोली ओमानसामु २६४ रनको लक्ष्य प्रस्तुत गरेको छ । अल अमिरेत रंगशालामा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रनको योगफल तयार पार्यो । नेपालका रोहितले सर्वाधिक ६१ रनको योगदान गरे । उनले ६७ बलमा […] ...

१४ इन्टरनेट सेवा प्रदायकलाई जनही ५० हजार जरिवाना
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत मापदण्ड र निर्देशनविपरीत इन्टरनेट सेवा सञ्चालन गर्ने १४ वटा सेवा प्रदायकलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरेको छ। प्राधिकरणका अनुसार स्वीकृत प्याकेजअनुसार सेवा नदिएको, तोकिएभन्दा बढी शुल्क लिएको, स्वीकृतिबिनाका प्याकेज बिक्री गरेको तथा सेवाग्राहीलाई समयमै जानकारी नदिएको कसुरमा कारबाही गरिएको हो। जरिवानामा पर्ने कम्पनीमा वर्ल्डलिङ्क, भायानेट, क्लासिक टेक, सुबिसु, डिस मिडिया नेटवर्क, वाइफाइ नेपाल, सीजी कम्युनिकेसन, ...


