Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
जनताटाइम्स

जनताटाइम्स

Verified Publisher

Read the latest verified headlines and breaking news coverage from जनताटाइम्स.

POLITICS NEWS FROM जनताटाइम्स

Loaded 20 articles
प्रदेश सरकारलाई खुट्टा बाँधेर दौडिन भनियाे : मुख्यमन्त्री  सुरेन्द्रराज पाण्डे
राजनीतिJust now

प्रदेश सरकारलाई खुट्टा बाँधेर दौडिन भनियाे : मुख्यमन्त्री  सुरेन्द्रराज पाण्डे

विराटनगर, असोज २७ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आवश्यक कानुन निर्माण नगर्दा संघीय सरकारले प्रदेश सरकारहरूको कार्यसम्पादनमा बाधा पुर्‍याएको आरोप लगाउनुभएको छ। प्रदेशलाई काम गर्न आवश्यक कानुनी आधार नदिने तर अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै आलोचना गर्ने प्रवृत्तिप्रति उहाँले असन्तुष्टि जनाउनुभएको छ। विराटनगरमा आयोजित अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले संघीय सरकारले प्रदेशलाई आवश्यक अधिकार र कानुन उपलब्ध नगराउँदा ...

जनताटाइम्स
प्रदेशका अधिकार लिन सातै प्रदेशका मुख्यमन्त्री काठमाडौं जाने, संघसँग निर्णायक वार्ता गर्ने
राजनीतिJust now

प्रदेशका अधिकार लिन सातै प्रदेशका मुख्यमन्त्री काठमाडौं जाने, संघसँग निर्णायक वार्ता गर्ने

विराटनगर, असोज २७ । प्रदेशका अधिकार, कानुन निर्माण र संघीयता कार्यान्वयनका विषयमा संघीय सरकारसँग निर्णायक छलफल गर्न सातै प्रदेशका मुख्यमन्त्री काठमाडौं जाने भएका छन्। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका साझा समस्या समाधानका लागि सबै प्रदेश एकजुट भएर प्रधानमन्त्रीसँग छलफल गर्ने बताउनुभएको छ। विराटनगरमा आयोजित ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशका अधिकार स्पष्ट पार्न र लामो समयदेखि ...

जनताटाइम्स
विवादित अडियो एआईबाट बनाइएको खगेन्द्र सुनारको दाबी, छानबिन गर्न पार्टी र सरकारलाई सघाउने
राजनीतिJust now

विवादित अडियो एआईबाट बनाइएको खगेन्द्र सुनारको दाबी, छानबिन गर्न पार्टी र सरकारलाई सघाउने

काठमाडौं, असोज २७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूलाई जोडेर सार्वजनिक गरिएको विवादास्पद अडियो कृत्रिम बुद्धिमत्ता (एआई) लगायतका प्रविधि प्रयोग गरेर तयार पारिएको दाबी गर्नुभएको छ। उहाँले आफूमाथि उठेका आरोपको सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारलाई सघाउने बताउनुभएको छ । फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सुनारले प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि आफूलाई निरन्तर निशाना बनाइएको दाबी ...

जनताटाइम्स
हिरासतबाट मुक्त भएपछि विनिता खड्काले भनिन् : सत्यकाे जीत अलिक ढिलो होला, तर पराजित हुँदैन
राजनीतिJust now

हिरासतबाट मुक्त भएपछि विनिता खड्काले भनिन् : सत्यकाे जीत अलिक ढिलो होला, तर पराजित हुँदैन

काठमाडौं, असोज २७ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्काले हिरासतबाट मुक्त भएपछि आफूले न्याय प्रणालीमाथि पूर्ण भरोसा राखेको बताउनुभएको छ। आफूले नगरेको कसुरमा प्रश्न उठ्दा मन कुँडिए पनि आफ्नो निष्ठा र साथीहरूको विश्वासप्रति दृढ रहेको उहाँले उल्लेख गर्नुभएको छ। केयर गिभरका रूपमा इजरायल पठाउने नाममा ठगी गरेको आरोपमा पक्राउ पर्नुभएकी खड्कालाई काठमाडौं जिल्ला अदालतले थुनाबाहिर राखेर अनुसन्धान गर्न ...

जनताटाइम्स
खगेन्द्र सुनारलाई सुधन किराँतीको सुझाव : राजीनामा दिएर निष्पक्ष छानबिनमा सहयोग गर्नुहोस्
राजनीतिJust now

खगेन्द्र सुनारलाई सुधन किराँतीको सुझाव : राजीनामा दिएर निष्पक्ष छानबिनमा सहयोग गर्नुहोस्

काठमाडौं, असोज २७ । पूर्वमन्त्री तथा नेता सुधन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारलाई पदबाट राजीनामा दिएर आफूमाथि उठेका प्रश्नको निष्पक्ष छानबिनमा सहयोग गर्न सुझाव दिनुभएको छ। सुनारलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्नुभएका किराँतीले सांसद पदलाई ओहोदा वा सत्ताको साधनका रूपमा मात्र नभई नागरिकको भरोसा र सार्वजनिक नैतिकताको सर्वोच्च मानकका रूपमा लिनुपर्ने बताउनुभएको छ। ‘अनुहार ...

जनताटाइम्स
खगेन्द्र सुनारमाथि छानबिन नसकिँदासम्म सार्वजनिक कार्यक्रममा सहभागी हुन रास्वपाको रोक
राजनीतिJust now

खगेन्द्र सुनारमाथि छानबिन नसकिँदासम्म सार्वजनिक कार्यक्रममा सहभागी हुन रास्वपाको रोक

काठमाडौं, असोज २७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारसँग सम्बन्धित सार्वजनिक भएका श्रव्य सामग्री र गम्भीर आरोपबारे आन्तरिक छानबिन सुरु गरेको छ। पार्टीले छानबिनको निष्कर्ष नआउँदासम्म उहाँलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ। सांसद सुनारको अश्लील गालीगलौजसहितको अडियो सार्वजनिक भएपछि रास्वपाले विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री ...

जनताटाइम्स
खगेन्द्र सुनारको अडियो प्रकरणमा एमाले नेता प्रदीप ज्ञवालीको टिप्पणी : रास्वपाको मौनता कुकृत्यको मौन अनुमोदन नबनोस्
राजनीतिJust now

खगेन्द्र सुनारको अडियो प्रकरणमा एमाले नेता प्रदीप ज्ञवालीको टिप्पणी : रास्वपाको मौनता कुकृत्यको मौन अनुमोदन नबनोस्

काठमाडौं, असोज २७ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारको भनिएको अश्लील अडियो सार्वजनिक भएको सन्दर्भमा कडा टिप्पणी गर्नुभएको छ। उहाँले अडियोमा भनिएको अभिव्यक्तिलाई हिंस्रक, महिलाद्वेषी, अश्लील र परपीडक भन्दै भर्त्सना गर्नुभएको हो। ज्ञवालीले आफ्नो पार्टीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यको विवादास्पद चरित्र सार्वजनिक हुँदा पनि रास्वपा मौन रहनु बिडम्बनापूर्ण भएको टिप्पणी गर्नुभएको छ। उहाँले पार्टी ...

जनताटाइम्स
खगेन्द्र सुनारको अडियो प्रकरणमा रवि र बालेनको मौनतामाथि सूर्य थापाको प्रश्न : ‘२० घण्टादेखि मुखमा पानी राखेर व्रत बस्नुभएको हो ?’
राजनीति2 minutes ago

खगेन्द्र सुनारको अडियो प्रकरणमा रवि र बालेनको मौनतामाथि सूर्य थापाको प्रश्न : ‘२० घण्टादेखि मुखमा पानी राखेर व्रत बस्नुभएको हो ?’

काठमाडौं, असोज २७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारको अश्लील गालीगलौजसहितको भनिएको अडियो सार्वजनिक भएपछि पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र साहको मौनतामाथि नेकपा एमालेका नेता सूर्य थापाले प्रश्न उठाउनुभएको छ। थापाले सामाजिक सञ्जालमार्फत लामिछाने र साहलाई सम्बोधन गर्दै सार्वजनिक विवादबारे प्रतिक्रिया नजनाएको भन्दै आलोचना गर्नुभएको हो। उहाँले दुवै नेताको मौनताप्रति प्रश्न उठाउँदै जवाफदेहिताको विषयसमेत उठाउनुभएको छ।“रवि ...

जनताटाइम्स
कांग्रेस केन्द्रीय सदस्यको मतगणना : महिला खुल्लामा बासना थापा अगाडि, ३५ वर्षमुनिको क्लस्टरमा सचिन तिमल्सिनाको अग्रता
राजनीति17 minutes ago

कांग्रेस केन्द्रीय सदस्यको मतगणना : महिला खुल्लामा बासना थापा अगाडि, ३५ वर्षमुनिको क्लस्टरमा सचिन तिमल्सिनाको अग्रता

काठमाडौं, असोज २७ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका विभिन्न क्लस्टरको मतगणना जारी छ। महिला खुला केन्द्रीय सदस्यतर्फ बासना थापा अग्रस्थानमा रहनुभएको छ भने ३५ वर्षमुनिको क्लस्टरमा सचिन तिमल्सिनाले अग्रता लिनुभएको छ। महिला खुला केन्द्रीय सदस्यतर्फ हालसम्म ४ हजार ६८९ मत गणना हुँदा थापाले ३ हजार ४८४ मत प्राप्त गर्नुभएको छ। उहाँलाई उर्मिला थपलिया र निमा गिरीले पछ्याइरहनुभएको छ। ...

जनताटाइम्स
कांग्रेस सहमहामन्त्रीको मतगणना : रामहरि खतिवडा र अजयबाबु सिवाकोटी जितको नजिक
राजनीति39 minutes ago

कांग्रेस सहमहामन्त्रीको मतगणना : रामहरि खतिवडा र अजयबाबु सिवाकोटी जितको नजिक

काठमाडौं, असोज २७ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न पदको मतगणना जारी रहँदा खुला सहमहामन्त्री पदमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी जितको नजिक पुग्नु भएको छ । खतिवडाले सुरुदेखिकै अग्रता कायम राख्नुभएको छ भने सिवाकोटी दोस्रो स्थानमा रहनुभएको छ। खुला सहमहामन्त्री पदमा दुई जना निर्वाचित हुने व्यवस्था रहेकाले उहाँहरूबिचको अग्रताले प्रतिस्पर्धालाई थप रोचक बनाएको छ। ५ हजार ८९ मत गणना ...

जनताटाइम्स
कांग्रेस महाधिवेशन : भाेली सहमहामन्त्री र केन्द्रीय सदस्यहरुकाे मतगणना गरिने
राजनीति10 hours ago

कांग्रेस महाधिवेशन : भाेली सहमहामन्त्री र केन्द्रीय सदस्यहरुकाे मतगणना गरिने

काठमाडौं, असोज २६ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १५औँ महाधिवेशनअन्तर्गत विभिन्न पदको मतगणनासम्बन्धी तालिका सार्वजनिक गरेको छ। समितिले आज जारी गरेको सूचनामार्फत मतगणनाको मिति र समयबारे जानकारी गराएको हो। समितिका सदस्य सचिव रामकृष्ण कँडेलद्वारा हस्ताक्षरित सूचनाअनुसार सहमहामन्त्री तथा केन्द्रीय सदस्यका विभिन्न समूहको मतगणना छुट्टाछुट्टै समयमा गर्ने व्यवस्था गरिएको छ। सूचनामा उल्लेख भएअनुसार सहमहामन्त्री (दलित), केन्द्रीय सदस्य (दलित समूह) र केन्द्रीय सदस्य ...

जनताटाइम्स
तनहुँकाे आँबुखैरेनीमा बोलेरो जिप दुर्घटना : एक महिलाको मृत्यु, ६ जना घाइते
राजनीति10 hours ago

तनहुँकाे आँबुखैरेनीमा बोलेरो जिप दुर्घटना : एक महिलाको मृत्यु, ६ जना घाइते

तनहुँ, असोज २६ । तनहुँको आँबुखैरेनी गाउँपालिका–६, डुम्रीडाँडामा बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते हुनुभएको छ। सोमबार साँझ ५ः४५ बजे बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग २ च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा ब्याक भएर सडकबाट करिब सात मिटर तल नालीमा खस्दा दुर्घटना भएको हो। दुर्घटनामा जिपमा सवार आठ जनामध्ये सात जना घाइते भएका थिए। ...

जनताटाइम्स
आदिवासी जनजाति तर्फ कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा तामाङको अग्रता
राजनीति11 hours ago

आदिवासी जनजाति तर्फ कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा तामाङको अग्रता

काठमाडौं, असोज २६ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आदिवासी जनजाति सहमहामन्त्री पदको मतगणनामा बहादुरसिंह लामा तामाङले अग्रता कायम गर्नुभएको छ। ९०० मत गणना हुँदा उहाँले ३८० मत प्राप्त गर्नुभएको छ। एक पदका लागि भइरहेको प्रतिस्पर्धामा ओमबहादुर घर्ती मगरले २१७ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहनुभएको छ। त्यस्तै, तारामान गुरुङले ११८ मत प्राप्त गर्नुभएको छ। यसै गरी, दिलमान पाख्रिनले ७४ मत र ...

जनताटाइम्स
लोकतन्त्रमाथि खुँडा चलाइयो, दमनविरुद्ध आन्दोलनमा उत्रिन्छौँ : केपी ओली
राजनीति13 hours ago

लोकतन्त्रमाथि खुँडा चलाइयो, दमनविरुद्ध आन्दोलनमा उत्रिन्छौँ : केपी ओली

काठमाडौं, असोज २६ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा लोकतन्त्रमाथि प्रहार भएको बताउनुभएकाे छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबार नवमनोनित केन्द्रीय कमिटी सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले राष्ट्रिय अस्मिता, स्वाधीनता तथा स्वतन्त्रता कमजोर पारिएको बताउनुभयाे । त्यसको पुनर्प्राप्तिका लागि आन्दोलन अपरिहार्य रहेको उहाँकाे भनाइ ...

जनताटाइम्स
दिल्ली उडे गृहमन्त्री सुधन : बाढीको चपेटामा परेको आफ्नै गृहजिल्ला गएनन
राजनीति15 hours ago

दिल्ली उडे गृहमन्त्री सुधन : बाढीको चपेटामा परेको आफ्नै गृहजिल्ला गएनन

बाढीको पीडामा रहेकालाई मल्हम लगाउन आफ्नै गृहजिल्ला गोरखालाई बाइपास गरेर गृहमन्त्री सुधन गुरुङ दिल्लीतिर उडेपछि मतदाताभन्दा भारततिरै रहेछ मन भन्ने तथ्य छ्याङ्गै भएको छ काठमाडौं, असोज २६ । असोज २५ गते एकाबिहानै आएको बुढीगण्डकी बाढीले गोरखा र धादिङ यतिबेला ठूलो पीडामा छ । नागरिक पीडामा छटपटाइरहेका छन । अचानक आएको भयानक बाढीले लगेको गोरखावासीको सातो अझै फर्कन सकेको छैन । ...

जनताटाइम्स
एमालेको राष्ट्रिय कार्यकर्ता भेला मंसीर २–३ मा
राजनीति16 hours ago

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मंसीर २–३ मा

काठमाडौं, असोज २६ । नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेला मंसीर २ र ३ गते काठमाडौंमा हुने भएको छ । एमाले सचिव तथा संगठन बिभाग प्रमुख भानुभक्त ढकालले सोमवार यस्तो जानकारी दिनुभएको हो । यही असोज ५ देखि ९ गतेसम्म काठमाडौंमा सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले मंसीर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय गरेको थियो । सोहीअनुसार मंसीर २–३ मा ...

जनताटाइम्स
एमाले कार्यालयको सुरक्षाकर्मी हटाएर दिल्ली उडे गृहमन्त्री सुधन
राजनीति18 hours ago

एमाले कार्यालयको सुरक्षाकर्मी हटाएर दिल्ली उडे गृहमन्त्री सुधन

काठमाडौं, असोज २६ । सरकारले नेकपा एमालेको केन्द्रीय कार्यालयको सुरक्षामा खटिएका प्रहरी फिर्ता बोलाएको छ । गृहमन्त्री सुधन गुरुङले भारत भ्रमण उडनुअघि एमाले मुख्यालयबाट प्रहरी फिर्ता गर्ने निर्णय लिनुभएको हो । एमाले मुख्यालयबाट प्रहरी हटाएको केही समयपछि गृहमन्त्री गुरुङ सोमवार नै भारत भ्रमणमा निस्कनुभएको छ । एमाले केन्द्रीय कार्यालयमा सशस्त्र प्रहरीले सुरक्षा दिँदै आएको थियो । सोमवार बिहानदेखि टोली हटाइएको हो ...

जनताटाइम्स
कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता कायमै, अजयबाबु सिवाकोटी दोस्रो स्थानमा
राजनीति20 hours ago

कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता कायमै, अजयबाबु सिवाकोटी दोस्रो स्थानमा

काठमाडौं, असोज २६ । नेपाली कांग्रेसको सहमहामन्त्री (खुला) पदको मतगणनामा रामहरि खतिवडाले आफ्नो अग्रता कायम राख्नुभएको छ। पछिल्लो मत परिणामअनुसार खतिवडाले ९१७ मत प्राप्त गर्नुभएको छ। दोस्रो स्थानमा रहनुभएका अजयबाबु सिवाकोटीले ६५३ मत प्राप्त गर्नुभएको छ। कांग्रेसको संशोधित विधानअनुसार खुलातर्फ सहमहामन्त्रीका दुई जना महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था रहेको छ। पछिल्लो मत परिणामअनुसार डिल्लीराज सुवेदी ५०० मतसहित तेस्रो स्थानमा रहनुभएको छ भने देवेन्द्रराज ...

जनताटाइम्स
एमालेका १३ मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै, अध्यक्ष ओलीले शपथ गराउने
राजनीति21 hours ago

एमालेका १३ मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै, अध्यक्ष ओलीले शपथ गराउने

काठमाडौं, असोज २६। नेकपा (एमाले)का मनोनीत १३ जना केन्द्रीय सदस्यले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ। एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो ३ बजे शपथग्रहण कार्यक्रम आयोजना हुनेछ। नवनियुक्त केन्द्रीय सदस्यहरूलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले शपथ गराउनुहुनेछ। गत शनिबार बसेको पार्टी स्थायी कमिटी बैठकले १३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको थियो। मनोनीत हुनेहरूमा ...

जनताटाइम्स
बूढीगण्डकी नदीमा आएको बाढीले जनजीवन प्रभावित: २६ घर, ५ पुल र ३ हाइड्रोपावरमा क्षति, ५ जना बेपत्ता
राजनीति1 day ago

बूढीगण्डकी नदीमा आएको बाढीले जनजीवन प्रभावित: २६ घर, ५ पुल र ३ हाइड्रोपावरमा क्षति, ५ जना बेपत्ता

काठमाडौं, असाेज २६ । बूढीगण्डकी नदीमा आएको भिषण बाढीका कारण ठूलो मात्रामा भौतिक तथा मानवीय क्षति भएको छ। नेपाल प्रहरीले अद्यावधिक गरेकाे तथ्याङ्क अनुसार बाढीका कारण हालसम्म २६ वटा घर र ९ वटा गोठ पूर्ण रूपमा प्रभावित वा नष्ट भएका छन्। यसैगरी बाढीले ३ वटा हाइड्रोपावर आयोजनामा समेत क्षति पुर्‍याएको छ। आवागमनका दृष्टिले निकै महत्त्वपूर्ण मानिएका भौतिक संरचनाहरूमा पनि बाढीले क्षति ...

जनताटाइम्स