खगेन्द्र सुनारलाई सुधन किराँतीको सुझाव : राजीनामा दिएर निष्पक्ष छानबिनमा सहयोग गर्नुहोस्

काठमाडौं, असोज २७ । पूर्वमन्त्री तथा नेता सुधन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारलाई पदबाट राजीनामा दिएर आफूमाथि उठेका प्रश्नको निष्पक्ष छानबिनमा सहयोग गर्न सुझाव दिनुभएको छ। सुनारलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्नुभएका किराँतीले सांसद पदलाई ओहोदा वा सत्ताको साधनका रूपमा मात्र नभई नागरिकको भरोसा र सार्वजनिक नैतिकताको सर्वोच्च मानकका रूपमा लिनुपर्ने बताउनुभएको छ। ‘अनुहार अर्थात् पात्र फेरिँदैमा समाज बदलिँदैन, जबसम्म सोच र प्रवृत्ति बदलिँदैन,’ किराँतीले लेख्नुभएको छ। उत्पीडन, मुक्ति र नैतिकताको एजेन्डा बोकेर आएका व्यक्तिमाथि नै गम्भीर उत्पीडन र अनैतिकतासम्बन्धी आरोप तथा प्रश्न उठेको उल्लेख गर्दै उहाँले नयाँ राजनीतिक संस्कारको उदाहरण प्रस्तुत गर्न सुनारलाई आग्रह गर्नुभएको छ। ‘अब मार्गप्रशस्त गरेर नयाँ राजनीतिक संस्कारको उदाहरण बन्न र सांसदजस्तो गरिमामय पदको मर्यादा जोगाउन आफूमाथि उठेका प्रश्नको निरुपणका लागि तत्काल पदबाट राजीनामा दिई निष्पक्ष छानबिनमा सहयोग गर्नुहोस्,’ किराँतीले लेख्नुभएको छ। नैतिक धरातल बलियो नभएसम्म उत्पीडनबाट मुक्ति सम्भव नहुने र जनताले नयाँ राजनीतिक शक्तिमाथि विश्वास गर्न नसक्ने उहाँको भनाइ छ। ‘खगेन्द्रजी ! नैतिक धरातल बलियो नभई न त उत्पीडनको मुक्ति सम्भव छ, न त जनताले “नयाँ” भनेर विश्वास नै गर्न सक्छन्,’ किराँतीले उल्लेख गर्नुभएको छ। रास्वपा सांसद सुनारको अश्लील गालीगलौजसहितको अडियो सार्वजनिक भएपछि उहाँमाथि प्रश्न उठिरहेका बेला किराँतीको यस्तो धारणा आएको हो। यसअघि रास्वपाले सुनारमाथि उठेका आरोपबारे पार्टीको केन्द्रीय अनुशासन आयोगमार्फत आन्तरिक छानबिन अघि बढाएको र छानबिन निष्कर्षमा नपुग्दासम्म उहाँलाई औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको जनाएको थियो।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

विपद् न्यूनीकरणमा पूर्वतयारी र सुरक्षित पूर्वाधारमा जोड
एकीकृत पर्वतीय विकासका लागि अन्तरराष्ट्रिय केन्द्र (इसिमोड)का महानिर्देशक पेमा ग्याम्छोले पर्वतीय क्षेत्रमा बढ्दो विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी, समयमै सूचना प्रवाह र सुरक्षित पूर्वाधार निर्माणमा जोड दिएका छन् । अन्तरराष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसका अवसरमा आयोजित विपद् जोखिम न्यूनीकरणसम्बन्धी पाँचौँ राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा उनले पछिल्लो समय नेपालमा भएका बाढीजन्य विपद्ले पर्वतीय क्षेत्रमा जोखिमको प्रकृति जटिल बन्दै गएको देखाएको बताए । गत ...

ओमानविरुद्ध पनि रोहितको अर्धशतक
ओमानमा जारी आइसिसी विश्वकप लिग–२ अन्तर्गत महत्वपूर्ण श्रृंखलाको दोस्रो खेलमा पनि नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहितकुमार पौडेलले उत्कृष्ट ब्याटिङ गरेका छन् । उनले ओमानविरुद्ध अर्धशतक बनाउँदै आफ्नो लय कायम राखेका छन् । रोहितले ओमानविरुद्ध ५८ रन बनाएका छन् । उनी क्रिजमा अविजित छन् । यसअघि क्यानडाविरुद्धको पहिलो खेलमा पनि रोहितले शतकीय पारी खेलेका थिए । उनले उक्त खेलमा १०१ रन ...

विश्व बैंक र आइएमएफको बैठकमा भाग लिन अर्थमन्त्री आज थाइल्यान्ड जाँदै
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी हुन मंगलबार थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गर्ने भएका छन् । अर्थमन्त्री वाग्ले मंगलबार दिउँसो १ः ३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाई एयरलाइन्सको विमानमार्फत बैंकक जाने कार्यक्रम छ । विश्वभरका अर्थमन्त्री सहभागी हुने उक्त बैठकका क्रममा वाग्लेले १६ वटाभन्दा बढी द्विपक्षीय तथा बहुपक्षीय बैठक र ...

जर्मनीका लागि प्रस्तावित राजदूत सरु जोशीको प्रतिबद्धता- लगानी र पर्यटन भित्र्याउने
जर्मनीका लागि प्रस्तावित राजदूत सरु जोशीले परम्परागत प्राविधिक कूटनीतिभन्दा माथि उठेर राष्ट्रिय हित अनुकूल साना तथा ठूला सबै लगानीका अवसरहरू देशमा भित्र्याउन पहल गर्ने बताएकी छन् । सङ्घीय संसद्, संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठकमा बोल्दै उनले दुई देशको हित नबाझिने गरी अवसरहरूको खोजी गरी परिणाममुखी काम गर्ने प्रतिबद्धता जनाइन् । उनले भनिन्, ‘मैले कूटनीति हेर्दाखेरि हामीले जुन प्राविधिक डोमेन ...


