विवादित अडियो एआईबाट बनाइएको खगेन्द्र सुनारको दाबी, छानबिन गर्न पार्टी र सरकारलाई सघाउने

काठमाडौं, असोज २७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूलाई जोडेर सार्वजनिक गरिएको विवादास्पद अडियो कृत्रिम बुद्धिमत्ता (एआई) लगायतका प्रविधि प्रयोग गरेर तयार पारिएको दाबी गर्नुभएको छ। उहाँले आफूमाथि उठेका आरोपको सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारलाई सघाउने बताउनुभएको छ । फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सुनारले प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि आफूलाई निरन्तर निशाना बनाइएको दाबी गर्नुभएको छ। उहाँका अनुसार हिजोदेखि आफ्नो नाम जोडेर एक काल्पनिक महिलासँगको अडियो सार्वजनिक गरिएको हो। ‘सार्वजनिक भएका सबै आरोपहरू झुटा हुन्, एआई लगायत प्रविधिका प्रयोग गरेर बनाइएका प्रचारहरू हुन्,’ सुनारले फेसबुक मार्फत भन्नुभएको छ । आफूमाथि विभिन्न आरोप लगाएर प्रचार गरिएको दाबी गर्दै उहाँले सार्वजनिक भएका सामग्रीको सत्यतथ्य पत्ता लगाउन सम्बन्धित निकायसँग माग गर्नुभएको छ। आफूले उठाएका प्रश्नकै कारण निर्मम अत्याचार र घृणाको सामना गर्नुपरेको उहाँको भनाइ छ। ‘भ्रष्टाचारविरुद्ध प्रश्न गर्दै गर्दा एक नागरिकमाथि गरिएको निर्मम अत्याचार, घृणाको कठघरामा उभिएर म जवाफ दिन तयार छु,’ उहाँले भन्नुभएको छ। सुनारले आफूमाथि उठेका प्रत्येक प्रश्न र आरोपको निष्पक्ष छानबिन गर्न पार्टी र सरकारसँग हार्दिक अपिल गर्नुभएको छ। यसअघि रास्वपाले पनि सांसद सुनारसँग सम्बन्धित सार्वजनिक श्रव्य सामग्री र उहाँमाथि उठेका गम्भीर प्रश्नबारे आन्तरिक छानबिन अघि बढाएको जनाएको थियो। पार्टीले छानबिन निष्कर्षमा नपुग्दासम्म उहाँलाई सार्वजनिक पदको हैसियतमा औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ। यद्यपि, सार्वजनिक अडियो एआई प्रयोग गरेर बनाइएको भन्ने सुनारको दाबीको स्वतन्त्र पुष्टि भएको छैन ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

कांग्रेस सहमहामन्त्री खुलामा रामहरि पक्का, अजयबाबु जित नजिक
दुई जना निर्वाचित हुने यस पदका लागि कुल नौ जना उम्मेदवारहरू चुनावी मैदानमा छन्। ...

पूर्वाधार विकास कोषको पुँजी १ खर्ब पुर्याउने प्रस्ताव
पूर्वाधार विकास कोषको अधिकृत पुँजी १ खर्ब रुपैयाँ पुर्‍याउने प्रस्ताव गरिएको छ । पूर्वाधार विकास मन्त्रालयले तयार पारेको ‘पूर्वाधार विकास कोषसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’को मस्यौदामा कोषको पुँजी १ अर्ब कित्ता साधारण सेयरमा विभाजन गर्ने प्रस्ताव गरिएको हो । मन्त्रालयले विधायन ऐन, २०८१ को दफा ६ को उपदफा (२) बमोजिम विधेयकको मस्यौदा सार्वजनिक गर्दै सर्वसाधारणसँग राय तथा सुझाव ...

निर्वाचन आयोग प्रमुखको राजीनामा माग्दै प्रदर्शन, विपक्षी नेता हिरासतमा
भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन आयोग प्रमुखको राजीनामा मागेर प्रदर्शन चर्किरहेका बेला युवा नेतृत्वको कक्रोच जनता पार्टी (सिजेपी) का प्रमुख नेताहरूलाई प्रहरीले हिरासतमा लिएको छ । पार्टीका नेताहरूले मङ्गलबार नयाँदिल्लीस्थित जन्तर मन्तरमा लगाइएको सुरक्षा घेरा तोडेर प्रवेश गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको बताएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारूढ भारतीय जनता पार्टीलाई फाइदा पुग्ने गरी मतदाता सूचीमा हेरफेर गरिएको ...

संघीय सरकारसँग मुख्यमन्त्रीहरूको आक्रोश, ‘हातखुट्टा बाँधिदिएपछि हामी कसरी दौडिने ?’
विराटनगर- अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा प्रदेशका मुख्यमन्त्रीहरूले संघीय सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै संविधानले दिएका अधिकार हस्तान्तरण गर्न ढिलाइ गरिएको आरोप लगाएका छन्। प्रहरी र निजामती प्रशासनसम्बन्धी कानुन निर्माणदेखि वित्तीय हस्तान्तरणसम्मका विषयमा संघीय सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै उनीहरूले अधिकारविहीन अवस्थामा प्रदेश सरकारबाट परिणाम खोजिएको बताएका छन्। कोशी प्रदेश सरकारको आयोजनामा मंगलबारदेखि विराटनगरमा सुरु भएको सम्मेलनको उद्घाटन सत्रमा […] ...


