कांग्रेस केन्द्रीय सदस्यको मतगणना : महिला खुल्लामा बासना थापा अगाडि, ३५ वर्षमुनिको क्लस्टरमा सचिन तिमल्सिनाको अग्रता

काठमाडौं, असोज २७ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका विभिन्न क्लस्टरको मतगणना जारी छ। महिला खुला केन्द्रीय सदस्यतर्फ बासना थापा अग्रस्थानमा रहनुभएको छ भने ३५ वर्षमुनिको क्लस्टरमा सचिन तिमल्सिनाले अग्रता लिनुभएको छ। महिला खुला केन्द्रीय सदस्यतर्फ हालसम्म ४ हजार ६८९ मत गणना हुँदा थापाले ३ हजार ४८४ मत प्राप्त गर्नुभएको छ। उहाँलाई उर्मिला थपलिया र निमा गिरीले पछ्याइरहनुभएको छ। थपलियाले २ हजार ६४७ र गिरीले २ हजार ६२० मत प्राप्त गर्नुभएको छ। यस क्लस्टरमा हालसम्म १२ मत बदर भएका छन्। महिला खुला केन्द्रीय सदस्यतर्फको मतपरिणाम गणना भएको मत : ४,६८९बदर मत : १२ १. बासना थापा — ३,४८४ मत२. उर्मिला थपलिया — २,६४७ मत३. निमा गिरी — २,६२० मत४. कुसुमदेवी थापा — २,१२९ मत५. धना कुमारी खतिवडा — २,१२५ मत६. अनिता देवकोटा — १,९३० मत७. विनिता खड्का — १,८९२ मत८. लक्ष्मी पाण्डे — १,७७२ मत९. सृजना अधिकारी — १,७६२ मत१०. मुना भुसाल — १,६३२ मत११. चिनी पोखरेल (चिनु) — १,५६४ मत१२. रिता थापा मगर — १,५१० मत१३. कान्तिका सेजुवाल — १,४८१ मत१४. उमा दाहाल — १,४५८ मत१५. निर्मला तामाङ बस्नेत (नीरु) — १,४२४ मत१६. अकला गुरुङ — १,३३८ मत१७. सम्झना खत्री — १,२५६ मत१८. गंगा शाही — १,२२२ मत१९. निर्मला क्षेत्री — १,२२२ मत२०. गीता सत्याल — १,१६७ मत२१. जमुना ढकाल — १,१६० मत२२. इन्दिरा चौलागाईं — १,०४१ मत२३. गण्डकी थापा अधिकारी — १,०३० मत२४. भगवती काफ्ले भण्डारी — १,०१९ मत२५. नम्रता बराल — ९६७ मत२६. राधिका कटुवाल — ९६६ मत२७. सुमित्रा कुमारी बम — ९४४ मत२८. रिता सेन ओली — ८८९ मत२९. तुलसी देवकोटा — ८६२ मत३०. पवित्रा कुमारी अर्याल — ८१७ मत३१. भवानी देवकोटा — ७९९ मत३२. यस्मिन ढुङ्गाना — ७७५ मत३३. विष्णु कुमारी सापकोटा — ५६९ मत३४. मोदती केसी — ५५० मत ३५ वर्षमुनिको क्लस्टरमा सचिन तिमल्सिना अगाडि यसैगरी, ३५ वर्षमुनिका केन्द्रीय सदस्यतर्फको मतगणनामा सचिन तिमल्सिनाले अग्रता लिनुभएको छ। हालसम्म २ हजार १० मत गणना हुँदा तिमल्सेनाले ९२९ मत प्राप्त गर्नुभएको छ। दोस्रो स्थानमा रहनुभएका सुशील भट्टले ८८२ मत प्राप्त गर्नुभएको छ भने ई. अभिषेक आत्रेय ७९२ मतसहित तेस्रो स्थानमा रहनुभएको छ। आदर्श मल्लले ७८५ र डा. आयुष बगालेले ७१८ मत प्राप्त गर्नुभएको छ। ३५ वर्षमुनिको क्लस्टरको मतपरिणाम गणना भएको मत : २,०१० १. सचिन तिमल्सिना — ९२९ मत२. सुशील भट्ट — ८८२ मत३. ई. अभिषेक आत्रेय — ७९२ मत४. आदर्श मल्ल — ७८५ मत५. डा. आयुष बगाले — ७१८ मत६. ई. रोशन बस्नेत — ६६० मत७. सौगात थापा — ५५२ मत८. ई. शैलेश मिश्र — ५२१ मत९. उषा सापकोटा — ४५८ मत१०. विनोद राज जोशी — ४३९ मत११. यजशिव राई — ४३० मत१२. मदन राज उपाध्याय — ४२९ मत१३. विजय गुरुङ — ४१६ मत१४. श्यामराज ओझा — ३८७ मत१५. भूपेन्द्र सिंह थेबे — ३४६ मत१६. सागर विक — ३३४ मत१७. केशरजंग बम — ३२५ मत१८. पवन आचार्य — ३१८ मत१९. उस्प्रार सुनार — २८६ मत२०. खगेन्द्र आचार्य — २६४ मत२१. सूर्य न्यौपाने — २५९ मत२२. मेघराज थापा — २३७ मत२३. सुजन सापकोटा — २२९ मत२४. नरबहादुर खड्का (नरेश) — १९२ मत२५. प्रकाश उप्रेती — १५८ मत२६. ओजश शर्मा — १३९ मत२७. मोजाहिद हक — ९३ मत दुवै क्लस्टरमा मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News
![चाडपर्वमा पनि विमानस्थलमा परदेशीहरूको भीड [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/photo-1_818a0d0c_796DsROz11.jpg)
चाडपर्वमा पनि विमानस्थलमा परदेशीहरूको भीड [तस्बिरहरू]
बडादसैँको रमझम सुरु भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परदेशिने नेपालीहरूको बाक्लो भीड देखिएको छ । दसैँको तेस्रो दिन मंगलबार पनि चाडपर्वको खुसी छाडेर वैदेशिक रोजगारीका लागि विदेशिन बाध्य युवाहरूको विमानस्थलमा बाक्लो भीड छ । चाडबाडको मुखमा परिवार र आफन्तजनसँग बिछोडिनुपर्दा विमानस्थल परिसरमा भावुक दृश्य देखिएको छ । ...

कीर्तिपुरमा नेपथ्यको जादु, गीतसँगै नेपाली भाषा बचाउने आह्वान
नेपथ्य कन्सर्टका लागि सम्पूर्ण टिकट पहिल्यै बिक्री भइसकेको थियो । तैपनि टिकट किन्न पाइने आसमा आइपुगेका तन्नेरी निराश हुँदै फर्किरहेका देखिन्थे, भित्र आठ हजार दर्शकका निम्ति तयार मैदानमा जताततै नाचिरहेका थिए दर्शक । त्यस भीडलाई नचाइरहेका थिए नेपथ्यका अमृत गुरुङले । कीर्तिपुर नेपथ्य ब्यान्ड आफ्नो पहिलो कन्सर्टका लागि उत्रिएको ठाउँ हो । साढे तीन दशकअघि भर्खर जन्मिएको ब्यान्डलाई पहिलो पटक प्रस्तुतिका ...

सानादेखि ठूला लगानी भित्र्याउने सरु जोशीको योजना
जर्मनीका लागि प्रस्तावित राजदूत सरु जोशीले परम्परागत प्राविधिक कूटनीतिभन्दा माथि उठेर राष्ट्रिय हित अनुकूल साना तथा ठूला सबै लगानीका अवसरहरू देशमा भित्र्याउन पहल गर्ने बताएकी छन् । सङ्घीय संसद्, संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठकमा बोल्दै उनले दुई देशको हित नबाझिने गरी अवसरहरूको खोजी गरी परिणाममुखी काम गर्ने प्रतिबद्धता जनाइन् । उनले भनिन्, “मैले कूटनीति हेर्दाखेरि हामीले जुन प्राविधिक डोमेन राख्यौँ, ...

रास्वपा सांसद खगेन्द्र सुनारले भने- ममाथि छानबिन गर्न पार्टी र सरकारलाई सघाउन तयार छु
रास्वपा सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आरोपमाथि छानबिन गर्न पार्टी र सरकारलाई सघाउने बताएका छन् । एक महिलालाई अश्लील गाली गर्दै धम्क्याएको र ब्ल्याकमेलिङ गरेको अडियो सार्वजनिक भएपछि सुनारले सो अभिव्यक्ति दिएका हुन् । खगेन्द्र सुनारले एक महिलालाई अपशब्द प्रयोग गर्दै धम्क्याएको अडियोसहितको समाचार जनआस्थाले सोमबार सार्वजनिक गरेको थियो । मंगलबार रास्वपा महामन्त्री विपिन आचार्यले विज्ञप्ति जारी गरी खगेन्द्रलाई सार्वजनिक पदमा रहेर ...

