Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/खगेन्द्र सुनारको अडियो प्रकरणमा एमाले नेता प्रदीप ज्ञवालीको टिप्पणी : रास्वपाको मौनता कुकृत्यको मौन अनुमोदन नबनोस्

खगेन्द्र सुनारको अडियो प्रकरणमा एमाले नेता प्रदीप ज्ञवालीको टिप्पणी : रास्वपाको मौनता कुकृत्यको मौन अनुमोदन नबनोस्

Share:WhatsAppFacebookX (Twitter)Telegram
खगेन्द्र सुनारको अडियो प्रकरणमा एमाले नेता प्रदीप ज्ञवालीको टिप्पणी : रास्वपाको मौनता कुकृत्यको मौन अनुमोदन नबनोस्

काठमाडौं, असोज २७ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारको भनिएको अश्लील अडियो सार्वजनिक भएको सन्दर्भमा कडा टिप्पणी गर्नुभएको छ। उहाँले अडियोमा भनिएको अभिव्यक्तिलाई हिंस्रक, महिलाद्वेषी, अश्लील र परपीडक भन्दै भर्त्सना गर्नुभएको हो। ज्ञवालीले आफ्नो पार्टीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यको विवादास्पद चरित्र सार्वजनिक हुँदा पनि रास्वपा मौन रहनु बिडम्बनापूर्ण भएको टिप्पणी गर्नुभएको छ। उहाँले पार्टी नेतृत्वको मौनताले गलत व्यवहारलाई अप्रत्यक्ष रूपमा समर्थन गरेको अर्थ लाग्न सक्ने भन्दै सचेत गराउनुभएको छ। “हिंस्रक, महिलाद्वेषी, अश्लील र परपीडक। जति भर्त्सना गरे पनि पुग्दैन,” ज्ञवालीले टिप्पणी गर्नुभएको छ। उहाँले सांसद सुनारसँग जोडिएको विवादमा रास्वपाले सार्वजनिक रूपमा आफ्नो धारणा स्पष्ट पार्नुपर्ने आशय व्यक्त गर्दै पार्टीको मौनताप्रति प्रश्न उठाउनुभएको छ। “तर आफ्नो पार्टीको तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्यको यस हदको विद्रूप चरित्र उदाङ्गो हुँदा पनि रास्वपा मौन रहनु बिडम्बनापूर्ण छ,” उहाँले लेख्नुभएको छ। ज्ञवालीले रास्वपाको मौनतालाई विवादास्पद व्यवहारको मौन अनुमोदनका रूपमा बुझिने अवस्था आउन नहुनेमा जोड दिनुभएको छ। उहाँले भन्नुभएको छ, “रास्वपाको यस्तो मौनता ती विवादास्पद पात्रका कुकृत्यको मौन अनुमोदनको रूपमा बुझिने स्थिति नआओस्।” सांसद सुनारको भनिएको अडियो सार्वजनिक भएपछि राजनीतिक वृत्तमा यसबारे विभिन्न प्रतिक्रिया आइरहेका छन्। एमाले नेता ज्ञवालीको टिप्पणीले उक्त घटनामा रास्वपा नेतृत्वको जवाफदेहिताको विषयलाई थप चर्चामा ल्याएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

युएसएमसिएको भविष्यबारे अमेरिका, मेक्सिको र क्यानडाबीच अझै सहमति जुटेन
राजनीतिJust now

युएसएमसिएको भविष्यबारे अमेरिका, मेक्सिको र क्यानडाबीच अझै सहमति जुटेन

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार सम्झौता (युएसएमसिए) अझै वैध तथा कार्यान्वयनमा रहेको स्पष्ट पारेकी छन् । उनले सम्झौताको नियमित समीक्षा भइरहेको भए पनि त्यसलाई अन्त्य गर्ने वा खारेज गर्ने प्रक्रिया सुरु भएको अर्थमा बुझ्न नहुने बताएकी छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सम्झौता खारेज गर्न वा त्यसको स्थानमा नयाँ सम्झौता ल्याउन सकिने संकेत दिँदै आएका ...

फरकधार
ओमानविरुद्ध नेपाललाई पहिलो झट्का, आसिफ ४ रनमा आउट
राजनीतिJust now

ओमानविरुद्ध नेपाललाई पहिलो झट्का, आसिफ ४ रनमा आउट

आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानविरुद्ध पहिले ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेट गुमाएको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले ओपनर आसिफ शेखलाई सस्तैमा गुमाएको हो । अल अमेरातमा जारी खेलमा आसिफ ४ रन बनाएर आउट भए । उनले नेपालको इनिङ्सलाई गति दिन सकेनन् । आसिफ आउट भएपछि नेपालले सुरुवातमै दबाब सामना गर्नुपरेको छ । अहिले क्रिजमा अर्जुन कुमाल ...

फरकधार
नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा मोडुलर (एक्रो) पुल निर्माण [तस्बिरहरू]
राजनीतिJust now

नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा मोडुलर (एक्रो) पुल निर्माण [तस्बिरहरू]

नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा मोडुलर (एक्रो) पुल निर्माण सम्पन्न भएको छ । नेपाली सेना र सडक विभागको संयुक्त सहकार्य तथा विदुर नगरपालिकाको सहयोगमा उक्त पुल निर्माण गरिएको हो। असोज २० गतेदेखि निर्माण सुरु गरिएको उक्त पुल निर्धारित समयमै असोज २५ गते सम्पन्न भएको सूचना बोर्डमा उल्लेख छ । सो पुलको लम्बाइ ७३.२ मिटर र चौडाइ ५.५ मिटर रहेको छ । अधिकतम ...

फरकधार
अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन विराटनगरमा सुरु
राजनीतिJust now

अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन विराटनगरमा सुरु

रानी (मोरङ), असोज २७ गते । सङ्घीयता कार्यान्वयनलाई प्रभावकारी बनाउँदै प्रदेशहरूबिच विकास साझेदारी र सहकार्यका साझा आधार तय गर्ने उद्देश्यले अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३ मङ... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play