Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/एमाले कार्यालयको सुरक्षाकर्मी हटाएर दिल्ली उडे गृहमन्त्री सुधन

एमाले कार्यालयको सुरक्षाकर्मी हटाएर दिल्ली उडे गृहमन्त्री सुधन

Share:WhatsAppFacebookX (Twitter)Telegram
एमाले कार्यालयको सुरक्षाकर्मी हटाएर दिल्ली उडे गृहमन्त्री सुधन

काठमाडौं, असोज २६ । सरकारले नेकपा एमालेको केन्द्रीय कार्यालयको सुरक्षामा खटिएका प्रहरी फिर्ता बोलाएको छ । गृहमन्त्री सुधन गुरुङले भारत भ्रमण उडनुअघि एमाले मुख्यालयबाट प्रहरी फिर्ता गर्ने निर्णय लिनुभएको हो । एमाले मुख्यालयबाट प्रहरी हटाएको केही समयपछि गृहमन्त्री गुरुङ सोमवार नै भारत भ्रमणमा निस्कनुभएको छ । एमाले केन्द्रीय कार्यालयमा सशस्त्र प्रहरीले सुरक्षा दिँदै आएको थियो । सोमवार बिहानदेखि टोली हटाइएको हो । एमाले प्रचार तथा प्रकाशन बिभाग प्रमुख निरज आचार्यका अनुसार सोमवार बिहानदेखि सुरक्षाकर्मी फिर्ता भएका छन । ‘सोमबारदेखि कार्यालयको सुरक्षामा खटिएका सबै सुरक्षाकर्मी फिर्ता गएका छन्’, प्रचार विभाग प्रमुख नीरज आचार्यले भन्नुभयो, ‘किन हटाएको हो भन्ने केही खुलेको छैन ।’ गृहमन्त्री सुधन गुरुङले दिल्ली उडने दिन नै किन एमाले कार्यालयको सुरक्षाकर्मी फिर्ता बोलाउनु भयो भन्ने बिषय निकै रहष्यमय बनेको छ । सरकारले बिनासूचना गृहमन्त्री भारत जाने दिन पारेर सुरक्षाकर्मी फिर्ता गरेपछि यो प्रश्न जन्मिएको हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

चाडपर्वमा पनि विमानस्थलमा परदेशीहरूको भीड [तस्बिरहरू]
राजनीतिJust now

चाडपर्वमा पनि विमानस्थलमा परदेशीहरूको भीड [तस्बिरहरू]

बडादसैँको रमझम सुरु भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परदेशिने नेपालीहरूको बाक्लो भीड देखिएको छ । दसैँको तेस्रो दिन मंगलबार पनि चाडपर्वको खुसी छाडेर वैदेशिक रोजगारीका लागि विदेशिन बाध्य युवाहरूको विमानस्थलमा बाक्लो भीड छ । चाडबाडको मुखमा परिवार र आफन्तजनसँग बिछोडिनुपर्दा विमानस्थल परिसरमा भावुक दृश्य देखिएको छ ।   ...

फरकधार
कीर्तिपुरमा नेपथ्यको जादु, गीतसँगै नेपाली भाषा बचाउने आह्वान
राजनीतिJust now

कीर्तिपुरमा नेपथ्यको जादु, गीतसँगै नेपाली भाषा बचाउने आह्वान

नेपथ्य कन्सर्टका लागि सम्पूर्ण टिकट पहिल्यै बिक्री भइसकेको थियो । तैपनि टिकट किन्न पाइने आसमा आइपुगेका तन्नेरी निराश हुँदै फर्किरहेका देखिन्थे, भित्र आठ हजार दर्शकका निम्ति तयार मैदानमा जताततै नाचिरहेका थिए दर्शक । त्यस भीडलाई नचाइरहेका थिए नेपथ्यका अमृत गुरुङले ।  कीर्तिपुर नेपथ्य ब्यान्ड आफ्नो पहिलो कन्सर्टका लागि उत्रिएको ठाउँ हो । साढे तीन दशकअघि भर्खर जन्मिएको ब्यान्डलाई पहिलो पटक प्रस्तुतिका ...

फरकधार
सानादेखि ठूला लगानी भित्र्याउने सरु जोशीको योजना
राजनीतिJust now

सानादेखि ठूला लगानी भित्र्याउने सरु जोशीको योजना

जर्मनीका लागि प्रस्तावित राजदूत सरु जोशीले परम्परागत प्राविधिक कूटनीतिभन्दा माथि उठेर राष्ट्रिय हित अनुकूल साना तथा ठूला सबै लगानीका अवसरहरू देशमा भित्र्याउन पहल गर्ने बताएकी छन् । सङ्घीय संसद्, संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठकमा बोल्दै उनले दुई देशको हित नबाझिने गरी अवसरहरूको खोजी गरी परिणाममुखी काम गर्ने प्रतिबद्धता जनाइन् ।    उनले भनिन्, “मैले कूटनीति हेर्दाखेरि हामीले जुन प्राविधिक डोमेन राख्यौँ, ...

फरकधार
रास्वपा सांसद खगेन्द्र सुनारले भने- ममाथि छानबिन गर्न पार्टी र सरकारलाई सघाउन तयार छु
राजनीतिJust now

रास्वपा सांसद खगेन्द्र सुनारले भने- ममाथि छानबिन गर्न पार्टी र सरकारलाई सघाउन तयार छु

रास्वपा सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आरोपमाथि छानबिन गर्न पार्टी र सरकारलाई सघाउने बताएका छन् । एक महिलालाई अश्लील गाली गर्दै धम्क्याएको र ब्ल्याकमेलिङ गरेको अडियो सार्वजनिक भएपछि सुनारले सो अभिव्यक्ति दिएका हुन् । खगेन्द्र सुनारले एक महिलालाई अपशब्द प्रयोग गर्दै धम्क्याएको अडियोसहितको समाचार जनआस्थाले सोमबार सार्वजनिक गरेको थियो । मंगलबार रास्वपा महामन्त्री विपिन आचार्यले विज्ञप्ति जारी गरी खगेन्द्रलाई सार्वजनिक पदमा रहेर ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play