प्रदेश सरकारलाई खुट्टा बाँधेर दौडिन भनियाे : मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे

विराटनगर, असोज २७ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आवश्यक कानुन निर्माण नगर्दा संघीय सरकारले प्रदेश सरकारहरूको कार्यसम्पादनमा बाधा पुर्याएको आरोप लगाउनुभएको छ। प्रदेशलाई काम गर्न आवश्यक कानुनी आधार नदिने तर अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै आलोचना गर्ने प्रवृत्तिप्रति उहाँले असन्तुष्टि जनाउनुभएको छ। विराटनगरमा आयोजित अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले संघीय सरकारले प्रदेशलाई आवश्यक अधिकार र कानुन उपलब्ध नगराउँदा प्रभावकारी रूपमा काम गर्न कठिनाइ भइरहेको बताउनुभयो। उहाँले प्रदेश सरकारको अवस्थालाई खुट्टा बाँधेर दौडिन निर्देशन दिइएको अवस्थासँग तुलना गर्नुभयो। ‘हामीलाई दौडिन सकेन, दौडिन सकेन भनेर चौतर्फी भनिएको छ, तर हाम्रो खुट्टा बाँधिएको छ,’ मुख्यमन्त्री पाण्डेले भन्नुभयो, ‘खुट्टा बाँधेर दौड भन्दा दौडिन नसक्नु स्वाभाविक हो, अनि उल्टै नाच्न जान्दैन आँगन टेढो भनेजस्तै टिप्पणी सुन्नुपरेको छ।’ मुख्यमन्त्री पाण्डेका अनुसार प्रदेश सरकारलाई प्रभावकारी बनाउन आवश्यक कानुन निर्माण र अधिकार हस्तान्तरणमा संघीय सरकारले गम्भीरता देखाउन सकेको छैन। कानुनी तथा प्रशासनिक अवरोध कायम राखेर प्रदेशबाट मात्रै नतिजा खोज्नु उचित नभएको उहाँको भनाइ छ। उहाँले यसअघिका प्रधानमन्त्रीहरूले समेत प्रदेशलाई बलियो बनाउने आवश्यक कानुन निर्माणमा पर्याप्त गम्भीरता नदेखाएको आरोप लगाउनुभयो। प्रदेश सरकारको कार्यसम्पादन सुधार गर्न संघीय सरकारले आवश्यक कानुन निर्माणमा प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले प्रदेशलाई जिम्मेवारीअनुसार काम गर्न सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको छ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

कांग्रेस सहमहामन्त्रीमा रामहरिको जित निश्चित, दोस्रो सिटका लागि अजयबाबु र डिल्लीरामबीच प्रतिस्पर्धा
काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फ नेता रामहरि खतिवडा जितनजिक पुगेका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा दुई पदका लागि भएको प्रतिस्पर्धामा खतिवडा फराकिलो अग्रतासहित अगाडि देखिएका हुन्। ६ हजार ६४९ मत गणना हुँदा खतिवडाले २ हजार ७८८ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेका अजयबाबु शिवाकोटीले २ हजार ७२ मत पाउँदा डिल्लीराम […] ...

बुल्गेरियाको तटमा दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण
बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण भएको छ । आक्रमणका क्रममा कम्तीमा एउटा जहाज डुबेको बुल्गेरियाको सरकारी सूचना सेवाले मंगलबार जनाएको छ । बुल्गेरियाका प्रधानमन्त्री रुमेन रादेवका अनुसार एउटा जहाजमा स्थानीय समयअनुसार मंगलबार बिहान करिब १ः३० बजे बायला सहरबाट १८ समुद्री माइल पूर्वमा आक्रमण भएको थियो । ‘चेल्सी ३’ नामक उक्त जहाज माल्टाको झन्डामा सञ्चालन भइरहेको थियो । युक्रेनको ओडेसामा ...

विपद् न्यूनीकरणमा पूर्वतयारी र सुरक्षित पूर्वाधारमा जोड
एकीकृत पर्वतीय विकासका लागि अन्तरराष्ट्रिय केन्द्र (इसिमोड)का महानिर्देशक पेमा ग्याम्छोले पर्वतीय क्षेत्रमा बढ्दो विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी, समयमै सूचना प्रवाह र सुरक्षित पूर्वाधार निर्माणमा जोड दिएका छन् । अन्तरराष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसका अवसरमा आयोजित विपद् जोखिम न्यूनीकरणसम्बन्धी पाँचौँ राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा उनले पछिल्लो समय नेपालमा भएका बाढीजन्य विपद्ले पर्वतीय क्षेत्रमा जोखिमको प्रकृति जटिल बन्दै गएको देखाएको बताए । गत ...

ओमानविरुद्ध पनि रोहितको अर्धशतक
ओमानमा जारी आइसिसी विश्वकप लिग–२ अन्तर्गत महत्वपूर्ण श्रृंखलाको दोस्रो खेलमा पनि नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहितकुमार पौडेलले उत्कृष्ट ब्याटिङ गरेका छन् । उनले ओमानविरुद्ध अर्धशतक बनाउँदै आफ्नो लय कायम राखेका छन् । रोहितले ओमानविरुद्ध ५८ रन बनाएका छन् । उनी क्रिजमा अविजित छन् । यसअघि क्यानडाविरुद्धको पहिलो खेलमा पनि रोहितले शतकीय पारी खेलेका थिए । उनले उक्त खेलमा १०१ रन ...


