Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/दिल्ली उडे गृहमन्त्री सुधन : बाढीको चपेटामा परेको आफ्नै गृहजिल्ला गएनन

दिल्ली उडे गृहमन्त्री सुधन : बाढीको चपेटामा परेको आफ्नै गृहजिल्ला गएनन

Share:WhatsAppFacebookX (Twitter)Telegram
दिल्ली उडे गृहमन्त्री सुधन : बाढीको चपेटामा परेको आफ्नै गृहजिल्ला गएनन

बाढीको पीडामा रहेकालाई मल्हम लगाउन आफ्नै गृहजिल्ला गोरखालाई बाइपास गरेर गृहमन्त्री सुधन गुरुङ दिल्लीतिर उडेपछि मतदाताभन्दा भारततिरै रहेछ मन भन्ने तथ्य छ्याङ्गै भएको छ काठमाडौं, असोज २६ । असोज २५ गते एकाबिहानै आएको बुढीगण्डकी बाढीले गोरखा र धादिङ यतिबेला ठूलो पीडामा छ । नागरिक पीडामा छटपटाइरहेका छन । अचानक आएको भयानक बाढीले लगेको गोरखावासीको सातो अझै फर्कन सकेको छैन । त्रासमा बाँचिरहेका नागरिकको पीडालाई आफ्नै जिल्लाका सांसद गृहमन्त्री जस्तो शक्तिशाली पदमा रहँदा छुनै सकेन भन्ने चाल पाएर झनै मर्माहत बनेका छन । बुढीगण्डकी बाढीको चपेटामा परेको गोरखाबाटै गृहमन्त्री सुधन गुरुङ निर्वाचित हुनुएको हो । बिपदको नेतृत्वकर्ता पनि गृहमन्त्री नै हो । गृह मन्त्रालयले सेनादेखि प्रहरीहुँदै सवै निकायसँग समन्वय गरेर बिपदमा नागरिकको उद्धारदेखि राहतसम्मका काम गर्नुपर्छ । यस्तो बेला आफ्नै जिल्लाबाट निर्वाचित गृहमन्त्रीको अनुहारसमेत नदेख्दा मतदातालाई थामिनसक्नुको पीडा देखिएको छ । त्योभन्दा पनि पीडा जिल्ला होइन भारततिर उडे भन्ने सूचनाले मर्माहत पारेको छ । बाढीले घर, पुल र जनजीवनमा क्षति पुर्याउँदा आफ्नै गृहजिल्लाका पीडितलाई प्रत्यक्ष भेटेर सान्त्वना दिनुपर्ने अपेक्षाबिपरित गृहमन्त्री सुधन गुरुङ सोमवार भारत भ्रमणमा निस्कनुभएको छ । अघिल्लो दिन जिल्लामा बितण्डा मच्चाउँदा नजाने गृहमन्त्री सुधन घटनाको भोलिपल्टै सानका साथ दिल्ली उडेको घटनाले विपद्का बेला प्राथमिकता के रहेछ भन्ने तथ्यलाई छ्याङ्गै पारिदिएको छ । बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले उत्तरी गोरखाका बस्तीमा ठूलो क्षति पुर्याएको छ । कतै घर बगेका छन्, कतै पुल भत्किएका छन । सडक तथा आवागमनका संरचनामा क्षति पुगेको छ । बाढीले स्थानीयको जनजीवन अस्तब्यस्त बनाएको छ । यस्तो संकटका बेला प्रभावित नागरिकलाई राज्यको साथ र भरोसा चाहिएको छ । तर यही समयमा गृहमन्त्री सुधन भारत भ्रमणमा निस्किएपछि उहाँको प्राथमिकता, जिम्मेवारी र नियतमाथि नै प्रश्न उठेको छ । आफ्नै गृहजिल्ला गोरखाका नागरिक विपद्को पीडामा रहेका बेला गृहमन्त्री दिल्ली जानुलाई धेरैले सहज रूपमा लिने अवस्था छैन । किनकि गृहमन्त्री केवल एउटा मन्त्रालय सम्हाल्ने व्यक्ति होइनन, देशको आन्तरिक सुरक्षा र विपद् व्यवस्थापनको नेतृत्व गर्ने जिम्मेवारीमा रहेका व्यक्ति हुन । विपद्का बेला गृहमन्त्रीको उपस्थिति, सक्रियता र निर्णयले पीडित नागरिकमा भरोसा जगाउन सक्छ । गोरखामा विपत्ति, दिल्लीतिर गृहमन्त्री बूढीगण्डकीमा आएको बाढीले गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रका विभिन्न स्थानमा क्षति पुर्याएको छ । घर तथा पुल बगाएको र कतिपय संरचना जोखिममा परेको विवरण सार्वजनिक भएका छन् । बाढीबाट भएको क्षतिको पूर्ण विवरण संकलन तथा प्रभावित क्षेत्रमा उद्धार र राहतको काम महत्वपूर्ण बनेको छ । यस्तो अवस्थामा राज्यको प्रभावकारी उपस्थिति र समन्वय आवश्यक हुन्छ । तर बाढीको पीडाले आफ्नै गृहजिल्ला आक्रान्त भइरहेका बेला गृहमन्त्री भारत भ्रमणमा निस्किनुभएको छ । उहाँ बिमस्टेक बैठकमा सहभागी हुन भारत गएको समाचार सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय बैठकमा सहभागिता सरकारको कूटनीतिक कार्यसूचीको हिस्सा हुन सक्छ । तर विपद्को समयमा त्यसको प्राथमिकता कसरी निर्धारण गरियो भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । गृहमन्त्री सुधनको भ्रमणअघि प्रभावित क्षेत्रको अवस्था कस्तो थियो ? उद्धार तथा राहतको काम कति प्रभावकारी रूपमा अघि बढिरहेको थियो र पीडितको तत्कालीन आवश्यकता पूरा गर्न के–कस्ता व्यवस्था गरिएका थिए भन्ने विषयमा स्पष्ट जानकारी आवश्यक छ । यस्ता प्रश्नको जवाफले मात्रै उहाँको निर्णयको औचित्य प्रस्ट पार्न सक्छ । आफ्नै जिल्लाका नागरिकलाई भेट्ने जिम्मेवारी कहाँ गयो ? गोरखा गृहमन्त्री सुधन गुरुङको गृहजिल्ला मात्रै होइन, उहाँको निर्वाचन क्षेत्रसमेत हो । यही जिल्लाका नागरिकले दिएको मतबाट निर्वाचित प्रतिनिधि सरकारको महत्वपूर्ण जिम्मेवारीमा छन् । त्यसैले संकटको घडीमा आफ्ना नागरिकको अवस्था बुझ्न उहाँबाट विशेष चासो र सक्रियताको अपेक्षा हुनु अस्वाभाविक होइन । बाढीले घर र आवागमनका संरचना गुमाएका नागरिकलाई राहत सामग्री मात्रै पर्याप्त हुँदैन । उनीहरूलाई राज्यले आफूहरूप्रति चासो राखेको अनुभूति पनि चाहिन्छ । जोखिममा परेका परिवारको अवस्था बुझ्ने, उद्धारमा खटिएका सुरक्षाकर्मीको कामको अनुगमन गर्ने, विस्थापितलाई सुरक्षित स्थानमा राख्ने र राहत वितरण प्रभावकारी बनाउने काममा राजनीतिक नेतृत्वको सक्रियता महत्वपूर्ण हुन्छ । गृहमन्त्री स्वयं घटनास्थलमा पुग्नैपर्छ भन्ने होइन । आवश्यक परे राजधानीमै बसेर पनि उद्धार र राहतलाई प्रभावकारी बनाउन सकिन्छ । तर त्यसका लागि स्पष्ट निर्देशन, नियमित अनुगमन, जिम्मेवार निकायबीच समन्वय र परिणाम देखिने काम आवश्यक हुन्छ । गृहमन्त्रीले त्यस्तो काम कसरी सुनिश्चित गरे भन्ने विषय सार्वजनिक रूपमा स्पष्ट हुनसकेको छैन । यस्तो बेला ‘म पीडामा परेका मतदाता भेटन जिल्ला होइन, जान्छु दिल्लीतिर’ भनेर हिडनु तन, मन सवै मतदातातिर होइन, उतै छ भन्ने देखाउँछ । ‘म जानुभन्दा एक बोरा चामल जाओस्’ भन्ने तर्क कति पर्याप्त ? गृहमन्त्री सुधनले बाढीलगत्तै आफू घटनास्थलमा जानुभन्दा राहत सामग्री पुग्नु महत्वपूर्ण हुने भन्दै आफ्ना मिडिया बोलाएर वाहावाही कमाउनु भयो । खुवै प्रचार पनि भयो । बिपदको नेतृत्व गर्ने काममा रहेको महसुष मतदाताले पनि गरे । विपद्का बेला पीडितसम्म खाद्यान्न, औषधि, सुरक्षित आवास र अन्य आवश्यक सामग्री पुर्याउनु निश्चय नै प्राथमिकताको विषय हो । पीडितका लागि राहत सामग्रीको महत्वलाई कम आँक्न मिल्दैन । तर प्रश्न राहत सामग्री पठाउने कि आफैँ घटनास्थल पुग्ने भन्ने मात्रै होइन । प्रश्न हो– नियत र लगावको । राहत प्रभावकारी रूपमा पुगेको छ कि छैन, प्रभावित नागरिकको अवस्था बुझिएको छ कि छैन र राज्यको नेतृत्वले उनीहरूलाई आवश्यक सहयोग सुनिश्चित गरेको छ कि छैन ? एक बोरा चामलले तत्काल भोक मेटाउन सक्छ, तर बगेको घर बनाउँदैन, भत्किएको पुलको समस्या समाधान गर्दैन र जोखिममा रहेका बस्तीलाई सुरक्षित बनाउँदैन । त्यसका लागि उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणको स्पष्ट योजना चाहिन्छ । त्यसैले राहत सामग्री पठाएको आधारमा नेतृत्वको सम्पूर्ण जिम्मेवारी पूरा भएको मान्न सकिँदैन । गृहमन्त्रीको भनाइको वास्तविक सन्दर्भ र प्रभावित क्षेत्रमा भएको कामको विवरण सार्वजनिक हुनु आवश्यक छ । त्यसपछि मात्रै उनको तर्क र व्यवहारबीचको सम्बन्धबारे निष्कर्ष निकाल्न सकिन्छ। विपदमै हुन्छ नेतृत्वको परीक्षा सामान्य अवस्थामा मन्त्रालय सञ्चालन गर्नु र विपद्को समयमा नेतृत्व गर्नु फरक कुरा हुन । विपद्का बेला निर्णय छिटो गर्नुपर्छ, सरकारी संयन्त्रलाई सक्रिय बनाउनुपर्छ र प्रभावित नागरिकको आवश्यकतालाई प्राथमिकतामा राख्नुपर्छ । यही समयमा नेतृत्वको वास्तविक भूमिका देखिन्छ । गृहमन्त्री सुधनले आफ्नो गृहजिल्लामा भएको विपद्लाई सामान्य घटनाका रूपमा लिन मिल्दैन । प्रभावित क्षेत्रमा उद्धार तथा राहतको काम प्रभावकारी रूपमा अघि बढेको छ कि छैन, जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ कि छैन र आवश्यक सामग्री समयमै पुगेको छ कि छैन भन्ने कुराको जवाफदेहिता उनीसँग जोडिन्छ । यदि मन्त्रालयको संयन्त्रले प्रभावकारी काम गरिरहेको छ भने त्यसको जानकारी जनतासम्म पुर्याउनु पनि नेतृत्वको जिम्मेवारी हो । यदि कतै कमजोरी छ भने त्यसलाई सच्याउन तत्काल कदम चाल्नुपर्छ । नागरिकले खोजेको कुरा केवल आश्वासन होइन, संकटको समयमा देखिने परिणाम हो। दिल्ली भ्रमणभन्दा नागरिकको पीडा महत्वपूर्ण थिएन ? बिमस्टेक बैठकमा सहभागी हुनु सरकारको आधिकारिक काम हुन सक्छ । तर कुनै पनि आधिकारिक भ्रमणको औचित्यबारे प्रश्न उठ्न सक्ने अवस्था तब आउँछ, जब देशभित्रै गम्भीर विपद् भइरहेको हुन्छ । यस्तो अवस्थामा भ्रमणको समय, त्यसको आवश्यकता र स्वदेशमा विपद् व्यवस्थापनको तयारीबारे सरकारले स्पष्ट पार्नुपर्छ। गृहमन्त्रीको भारत भ्रमणले मात्रै उद्धार र राहतको काम अवरुद्ध भयो भन्ने निष्कर्ष निकाल्न पर्याप्त प्रमाण आवश्यक पर्छ। तर बाढीले आफ्नै गृहजिल्लालाई प्रभावित बनाएको समयमा उहाँ विदेश जानु र त्यसको औचित्यबारे सार्वजनिक प्रश्न उठ्नु आफैँमा राजनीतिक तथा प्रशासनिक जवाफदेहिताको विषय हो। मतदाताले आफ्नो प्रतिनिधिबाट सधैँ जिल्लामै बसेको अपेक्षा गर्दैनन । उनीहरूले अपेक्षा गर्ने कुरा संकटमा आफ्नो दुःख बुझ्ने, आवश्यक सहयोगको व्यवस्था गर्ने र जिम्मेवारीबाट पछि नहट्ने नेतृत्व हो । जनताले दिएको मत पदमा पुग्ने माध्यम मात्रै होइन, उनीहरूप्रति उत्तरदायी रहने जिम्मेवारी पनि हो । भाषण होइन, जवाफदेहिता चाहिएको छ बूढीगण्डकीको बाढीले गोरखामा पुर्याएको क्षतिले प्रभावित परिवारका लागि तत्काल राहत, सुरक्षित बसोबास, आवागमनको पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणको आवश्यकता देखाएको छ । यस्तो समयमा गृहमन्त्रीको प्राथमिकताबारे प्रश्न उठ्नु स्वाभाविक हो । गृहमन्त्री सुधनले भारत भ्रमणको आवश्यकता, विपद् व्यवस्थापनका लागि गरिएको तयारी र प्रभावित नागरिकसम्म सहयोग पुर्याउन आफ्नो नेतृत्वमा भएका कामबारे स्पष्ट जवाफ दिनुपर्छ । राहत सामग्री पठाइएको छ भने त्यसको विवरण, उद्धारको अवस्था र आगामी योजनासमेत सार्वजनिक गर्नुपर्छ । अन्ततः विपद्का बेला नेतृत्वको मूल्याङ्कन भ्रमण, भाषण वा घोषणाबाट मात्रै हुँदैन । नागरिकले कति छिटो राहत पाए, कति प्रभावकारी रूपमा उद्धार भए र राज्यले उनीहरूको पीडामा कति जिम्मेवारीपूर्वक साथ दियो भन्ने कुराले नेतृत्वको जवाफदेहिता देखाउँछ । गोरखावासीले पनि अहिले यही प्रश्नको जवाफ खोजिरहेका छन–बाढीले घर र संरचना बगाउँदा जिताएर पठाएका गृहमन्त्री हाम्रो पीडाभन्दा अन्तै ध्यान दिनु गमायोग्य बिषय हो ? हामीलाई राज्यको प्राथमिकतामा कति स्थान दिइयो ?’ गृहमन्त्री सुधनको ब्यवहारले मतदाताभन्दा दिल्ली मोह देखियो भन्नेमा गोरखावासी नै पुगेका छन । यसैगरी गृहजिल्लामा पीडामा मल्हम लगाउन खटिनुपर्ने जनप्रतिनिधि यिनीहरु केही होइनन, जे हो उतै हो भन्ने दास मानसिकताका साथ भारत भ्रमणमा जाने कुरा किमार्थ उचित होइन ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

चाडपर्वमा पनि विमानस्थलमा परदेशीहरूको भीड [तस्बिरहरू]
राजनीतिJust now

चाडपर्वमा पनि विमानस्थलमा परदेशीहरूको भीड [तस्बिरहरू]

बडादसैँको रमझम सुरु भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परदेशिने नेपालीहरूको बाक्लो भीड देखिएको छ । दसैँको तेस्रो दिन मंगलबार पनि चाडपर्वको खुसी छाडेर वैदेशिक रोजगारीका लागि विदेशिन बाध्य युवाहरूको विमानस्थलमा बाक्लो भीड छ । चाडबाडको मुखमा परिवार र आफन्तजनसँग बिछोडिनुपर्दा विमानस्थल परिसरमा भावुक दृश्य देखिएको छ ।   ...

फरकधार
कीर्तिपुरमा नेपथ्यको जादु, गीतसँगै नेपाली भाषा बचाउने आह्वान
राजनीतिJust now

कीर्तिपुरमा नेपथ्यको जादु, गीतसँगै नेपाली भाषा बचाउने आह्वान

नेपथ्य कन्सर्टका लागि सम्पूर्ण टिकट पहिल्यै बिक्री भइसकेको थियो । तैपनि टिकट किन्न पाइने आसमा आइपुगेका तन्नेरी निराश हुँदै फर्किरहेका देखिन्थे, भित्र आठ हजार दर्शकका निम्ति तयार मैदानमा जताततै नाचिरहेका थिए दर्शक । त्यस भीडलाई नचाइरहेका थिए नेपथ्यका अमृत गुरुङले ।  कीर्तिपुर नेपथ्य ब्यान्ड आफ्नो पहिलो कन्सर्टका लागि उत्रिएको ठाउँ हो । साढे तीन दशकअघि भर्खर जन्मिएको ब्यान्डलाई पहिलो पटक प्रस्तुतिका ...

फरकधार
सानादेखि ठूला लगानी भित्र्याउने सरु जोशीको योजना
राजनीतिJust now

सानादेखि ठूला लगानी भित्र्याउने सरु जोशीको योजना

जर्मनीका लागि प्रस्तावित राजदूत सरु जोशीले परम्परागत प्राविधिक कूटनीतिभन्दा माथि उठेर राष्ट्रिय हित अनुकूल साना तथा ठूला सबै लगानीका अवसरहरू देशमा भित्र्याउन पहल गर्ने बताएकी छन् । सङ्घीय संसद्, संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठकमा बोल्दै उनले दुई देशको हित नबाझिने गरी अवसरहरूको खोजी गरी परिणाममुखी काम गर्ने प्रतिबद्धता जनाइन् ।    उनले भनिन्, “मैले कूटनीति हेर्दाखेरि हामीले जुन प्राविधिक डोमेन राख्यौँ, ...

फरकधार
रास्वपा सांसद खगेन्द्र सुनारले भने- ममाथि छानबिन गर्न पार्टी र सरकारलाई सघाउन तयार छु
राजनीतिJust now

रास्वपा सांसद खगेन्द्र सुनारले भने- ममाथि छानबिन गर्न पार्टी र सरकारलाई सघाउन तयार छु

रास्वपा सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आरोपमाथि छानबिन गर्न पार्टी र सरकारलाई सघाउने बताएका छन् । एक महिलालाई अश्लील गाली गर्दै धम्क्याएको र ब्ल्याकमेलिङ गरेको अडियो सार्वजनिक भएपछि सुनारले सो अभिव्यक्ति दिएका हुन् । खगेन्द्र सुनारले एक महिलालाई अपशब्द प्रयोग गर्दै धम्क्याएको अडियोसहितको समाचार जनआस्थाले सोमबार सार्वजनिक गरेको थियो । मंगलबार रास्वपा महामन्त्री विपिन आचार्यले विज्ञप्ति जारी गरी खगेन्द्रलाई सार्वजनिक पदमा रहेर ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play