एमालेका १३ मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै, अध्यक्ष ओलीले शपथ गराउने

काठमाडौं, असोज २६। नेकपा (एमाले)का मनोनीत १३ जना केन्द्रीय सदस्यले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ। एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो ३ बजे शपथग्रहण कार्यक्रम आयोजना हुनेछ। नवनियुक्त केन्द्रीय सदस्यहरूलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले शपथ गराउनुहुनेछ। गत शनिबार बसेको पार्टी स्थायी कमिटी बैठकले १३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको थियो। मनोनीत हुनेहरूमा सिर्जना राई (भोजपुर), सावित्रा अर्याल (रुपन्देही), इन्दु कडरिया विष्ट (कञ्चनपुर), सीता पंगेनी (नवलपुर), सीता अधिकारी (पाल्पा), डा. पुष्पा केसी भण्डारी (कास्की), धर्मनाथप्रसाद साह (सिराहा), तेजमान कन्दङवा (तेह्रथुम), टंक आङ्वोहाङ (ताप्लेजुङ), नवीन रोक्का (रोल्पा), मीनप्रसाद गुरुङ (स्याङ्जा), डवल पाण्डे (दोलखा) र तेजेन्द्र केसी (रुपन्देही) रहनुभएको छ। आजको शपथग्रहणसँगै उहाँहरूले औपचारिक रूपमा पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाल्नुहुनेछ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News
![चाडपर्वमा पनि विमानस्थलमा परदेशीहरूको भीड [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/photo-1_818a0d0c_796DsROz11.jpg)
चाडपर्वमा पनि विमानस्थलमा परदेशीहरूको भीड [तस्बिरहरू]
बडादसैँको रमझम सुरु भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परदेशिने नेपालीहरूको बाक्लो भीड देखिएको छ । दसैँको तेस्रो दिन मंगलबार पनि चाडपर्वको खुसी छाडेर वैदेशिक रोजगारीका लागि विदेशिन बाध्य युवाहरूको विमानस्थलमा बाक्लो भीड छ । चाडबाडको मुखमा परिवार र आफन्तजनसँग बिछोडिनुपर्दा विमानस्थल परिसरमा भावुक दृश्य देखिएको छ । ...

कीर्तिपुरमा नेपथ्यको जादु, गीतसँगै नेपाली भाषा बचाउने आह्वान
नेपथ्य कन्सर्टका लागि सम्पूर्ण टिकट पहिल्यै बिक्री भइसकेको थियो । तैपनि टिकट किन्न पाइने आसमा आइपुगेका तन्नेरी निराश हुँदै फर्किरहेका देखिन्थे, भित्र आठ हजार दर्शकका निम्ति तयार मैदानमा जताततै नाचिरहेका थिए दर्शक । त्यस भीडलाई नचाइरहेका थिए नेपथ्यका अमृत गुरुङले । कीर्तिपुर नेपथ्य ब्यान्ड आफ्नो पहिलो कन्सर्टका लागि उत्रिएको ठाउँ हो । साढे तीन दशकअघि भर्खर जन्मिएको ब्यान्डलाई पहिलो पटक प्रस्तुतिका ...

सानादेखि ठूला लगानी भित्र्याउने सरु जोशीको योजना
जर्मनीका लागि प्रस्तावित राजदूत सरु जोशीले परम्परागत प्राविधिक कूटनीतिभन्दा माथि उठेर राष्ट्रिय हित अनुकूल साना तथा ठूला सबै लगानीका अवसरहरू देशमा भित्र्याउन पहल गर्ने बताएकी छन् । सङ्घीय संसद्, संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठकमा बोल्दै उनले दुई देशको हित नबाझिने गरी अवसरहरूको खोजी गरी परिणाममुखी काम गर्ने प्रतिबद्धता जनाइन् । उनले भनिन्, “मैले कूटनीति हेर्दाखेरि हामीले जुन प्राविधिक डोमेन राख्यौँ, ...

रास्वपा सांसद खगेन्द्र सुनारले भने- ममाथि छानबिन गर्न पार्टी र सरकारलाई सघाउन तयार छु
रास्वपा सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आरोपमाथि छानबिन गर्न पार्टी र सरकारलाई सघाउने बताएका छन् । एक महिलालाई अश्लील गाली गर्दै धम्क्याएको र ब्ल्याकमेलिङ गरेको अडियो सार्वजनिक भएपछि सुनारले सो अभिव्यक्ति दिएका हुन् । खगेन्द्र सुनारले एक महिलालाई अपशब्द प्रयोग गर्दै धम्क्याएको अडियोसहितको समाचार जनआस्थाले सोमबार सार्वजनिक गरेको थियो । मंगलबार रास्वपा महामन्त्री विपिन आचार्यले विज्ञप्ति जारी गरी खगेन्द्रलाई सार्वजनिक पदमा रहेर ...

