Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/हिरासतबाट मुक्त भएपछि विनिता खड्काले भनिन् : सत्यकाे जीत अलिक ढिलो होला, तर पराजित हुँदैन

हिरासतबाट मुक्त भएपछि विनिता खड्काले भनिन् : सत्यकाे जीत अलिक ढिलो होला, तर पराजित हुँदैन

Share:WhatsAppFacebookX (Twitter)Telegram
हिरासतबाट मुक्त भएपछि विनिता खड्काले भनिन् : सत्यकाे जीत अलिक ढिलो होला, तर पराजित हुँदैन

काठमाडौं, असोज २७ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्काले हिरासतबाट मुक्त भएपछि आफूले न्याय प्रणालीमाथि पूर्ण भरोसा राखेको बताउनुभएको छ। आफूले नगरेको कसुरमा प्रश्न उठ्दा मन कुँडिए पनि आफ्नो निष्ठा र साथीहरूको विश्वासप्रति दृढ रहेको उहाँले उल्लेख गर्नुभएको छ। केयर गिभरका रूपमा इजरायल पठाउने नाममा ठगी गरेको आरोपमा पक्राउ पर्नुभएकी खड्कालाई काठमाडौं जिल्ला अदालतले थुनाबाहिर राखेर अनुसन्धान गर्न आदेश दिएपछि उहाँले आफ्नो याे प्रतिक्रिया सार्वजनिक गर्नुभएको हो। ‘सम्मानित अदालतले ममाथि लगाइएका कुनै प्रमाणबिनाका यस्ता आरोपहरू निराधार ठहर गरेको छ, “सत्य अलिक ढिलो होला, तर पराजित हुँदैन” भन्ने कुरा पुनः पुष्टि भएको छ,’ खड्काले आफ्नो प्रतिक्रियामा लेख्नुभएको छ। राजनीति र जीवनमा कहिलेकाहीँ नसोचेका परीक्षाहरू आउने उल्लेख गर्दै उहाँले अप्ठ्यारो परिस्थितिमा साथ दिने अभिभावक, नेता, साथीहरू तथा न्यायप्रेमीहरूप्रति आभार व्यक्त गर्नुभएको छ। आफूमाथि निन्दा, शंका र टिप्पणी गर्ने आलोचकहरूप्रति पनि कुनै गुनासो नरहेको उहाँको भनाइ छ। आलोचकका प्रश्नले आफूलाई अझ परिपक्व र जिम्मेवार बन्न प्रेरित गरेको खड्काले उल्लेख गर्नुभएको छ। ‘भ्रम र षड्यन्त्रहरू क्षणिक हुन्, सत्यको उज्यालो सधैँ अजर रहन्छ, यो घटनाले मलाई कमजोर होइन, अझ बलियो बनाएको छ,’ उहाँले लेख्नुभएको छ । आफूलाई विश्वास गर्नेहरूको भरोसालाई आत्मसात् गर्दै अझ बढी निष्ठाका साथ सेवामा समर्पित रहने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले सोमबार, असोज २६ गते खड्कालाई थुनाबाहिर राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको थियो। अदालतको आदेशसँगै उहाँ हिरासतबाट मुक्त हुनुभएको हो। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले केयर गिभर प्रकरणमा खड्कासहित नेपाली कांग्रेसका नेता भरतप्रसाद चौलागाईं, दोलखाकी बालिका शिवाकोटी, ज्ञानबहादुर कार्की र शिवराम श्रेष्ठलाई पक्राउ गरेको थियो। अदालतले खड्कालाई थुनामुक्त गर्न आदेश दिँदा पक्राउ परेका अन्य प्रतिवादीको बयानमा उहाँलाई दोषी ठहर गर्ने आधार नदेखिएको तथा पीडितहरूको जाहेरीमा पनि उहाँले रकम लिएको देखिने तथ्य उल्लेख नभएको पक्षलाई आधार मानेको जनाइएको छ। कांग्रेसको केन्द्रीय सदस्य पदका लागि चुनावी प्रचारमा सक्रिय रहेका बेला खड्कालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको थियो। अदालतले उहाँलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न आदेश दिए पनि आरोपबाट पूर्ण सफाइ भने दिएकाे छैन । खड्कालाई थुना बाहिरै राखेर घटनाबारे अनुसन्धान प्रक्रिया अघि बढ्नेछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

ओमानविरुद्ध पनि रोहितको अर्धशतक
राजनीतिJust now

ओमानविरुद्ध पनि रोहितको अर्धशतक

ओमानमा जारी आइसिसी विश्वकप लिग–२ अन्तर्गत महत्वपूर्ण श्रृंखलाको दोस्रो खेलमा पनि नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहितकुमार पौडेलले उत्कृष्ट ब्याटिङ गरेका छन् । उनले ओमानविरुद्ध अर्धशतक बनाउँदै आफ्नो लय कायम राखेका छन् । रोहितले ओमानविरुद्ध ५८ रन बनाएका छन् । उनी क्रिजमा अविजित छन् । यसअघि क्यानडाविरुद्धको पहिलो खेलमा पनि रोहितले शतकीय पारी खेलेका थिए । उनले उक्त खेलमा १०१ रन ...

फरकधार
विश्व बैंक र आइएमएफको बैठकमा भाग लिन अर्थमन्त्री आज थाइल्यान्ड जाँदै
राजनीतिJust now

विश्व बैंक र आइएमएफको बैठकमा भाग लिन अर्थमन्त्री आज थाइल्यान्ड जाँदै

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी हुन मंगलबार थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गर्ने भएका छन् । अर्थमन्त्री वाग्ले मंगलबार दिउँसो १ः ३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाई एयरलाइन्सको विमानमार्फत बैंकक जाने कार्यक्रम छ । विश्वभरका अर्थमन्त्री सहभागी हुने उक्त बैठकका क्रममा वाग्लेले १६ वटाभन्दा बढी द्विपक्षीय तथा बहुपक्षीय बैठक र ...

फरकधार
जर्मनीका लागि प्रस्तावित राजदूत सरु जोशीको प्रतिबद्धता- लगानी र पर्यटन भित्र्याउने
राजनीतिJust now

जर्मनीका लागि प्रस्तावित राजदूत सरु जोशीको प्रतिबद्धता- लगानी र पर्यटन भित्र्याउने

  जर्मनीका लागि प्रस्तावित राजदूत सरु जोशीले परम्परागत प्राविधिक कूटनीतिभन्दा माथि उठेर राष्ट्रिय हित अनुकूल साना तथा ठूला सबै लगानीका अवसरहरू देशमा भित्र्याउन पहल गर्ने बताएकी छन् । सङ्घीय संसद्, संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठकमा बोल्दै उनले दुई देशको हित नबाझिने गरी अवसरहरूको खोजी गरी परिणाममुखी काम गर्ने प्रतिबद्धता जनाइन् ।    उनले भनिन्, ‘मैले कूटनीति हेर्दाखेरि हामीले जुन प्राविधिक डोमेन ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play