Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
फरकधार

फरकधार

Verified Publisher

Read the latest verified headlines and breaking news coverage from फरकधार.

POLITICS NEWS FROM फरकधार

Loaded 20 articles
चाडपर्वमा पनि विमानस्थलमा परदेशीहरूको भीड [तस्बिरहरू]
राजनीतिJust now

चाडपर्वमा पनि विमानस्थलमा परदेशीहरूको भीड [तस्बिरहरू]

बडादसैँको रमझम सुरु भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परदेशिने नेपालीहरूको बाक्लो भीड देखिएको छ । दसैँको तेस्रो दिन मंगलबार पनि चाडपर्वको खुसी छाडेर वैदेशिक रोजगारीका लागि विदेशिन बाध्य युवाहरूको विमानस्थलमा बाक्लो भीड छ । चाडबाडको मुखमा परिवार र आफन्तजनसँग बिछोडिनुपर्दा विमानस्थल परिसरमा भावुक दृश्य देखिएको छ ।   ...

फरकधार
कीर्तिपुरमा नेपथ्यको जादु, गीतसँगै नेपाली भाषा बचाउने आह्वान
राजनीतिJust now

कीर्तिपुरमा नेपथ्यको जादु, गीतसँगै नेपाली भाषा बचाउने आह्वान

नेपथ्य कन्सर्टका लागि सम्पूर्ण टिकट पहिल्यै बिक्री भइसकेको थियो । तैपनि टिकट किन्न पाइने आसमा आइपुगेका तन्नेरी निराश हुँदै फर्किरहेका देखिन्थे, भित्र आठ हजार दर्शकका निम्ति तयार मैदानमा जताततै नाचिरहेका थिए दर्शक । त्यस भीडलाई नचाइरहेका थिए नेपथ्यका अमृत गुरुङले ।  कीर्तिपुर नेपथ्य ब्यान्ड आफ्नो पहिलो कन्सर्टका लागि उत्रिएको ठाउँ हो । साढे तीन दशकअघि भर्खर जन्मिएको ब्यान्डलाई पहिलो पटक प्रस्तुतिका ...

फरकधार
सानादेखि ठूला लगानी भित्र्याउने सरु जोशीको योजना
राजनीतिJust now

सानादेखि ठूला लगानी भित्र्याउने सरु जोशीको योजना

जर्मनीका लागि प्रस्तावित राजदूत सरु जोशीले परम्परागत प्राविधिक कूटनीतिभन्दा माथि उठेर राष्ट्रिय हित अनुकूल साना तथा ठूला सबै लगानीका अवसरहरू देशमा भित्र्याउन पहल गर्ने बताएकी छन् । सङ्घीय संसद्, संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठकमा बोल्दै उनले दुई देशको हित नबाझिने गरी अवसरहरूको खोजी गरी परिणाममुखी काम गर्ने प्रतिबद्धता जनाइन् ।    उनले भनिन्, “मैले कूटनीति हेर्दाखेरि हामीले जुन प्राविधिक डोमेन राख्यौँ, ...

फरकधार
रास्वपा सांसद खगेन्द्र सुनारले भने- ममाथि छानबिन गर्न पार्टी र सरकारलाई सघाउन तयार छु
राजनीतिJust now

रास्वपा सांसद खगेन्द्र सुनारले भने- ममाथि छानबिन गर्न पार्टी र सरकारलाई सघाउन तयार छु

रास्वपा सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आरोपमाथि छानबिन गर्न पार्टी र सरकारलाई सघाउने बताएका छन् । एक महिलालाई अश्लील गाली गर्दै धम्क्याएको र ब्ल्याकमेलिङ गरेको अडियो सार्वजनिक भएपछि सुनारले सो अभिव्यक्ति दिएका हुन् । खगेन्द्र सुनारले एक महिलालाई अपशब्द प्रयोग गर्दै धम्क्याएको अडियोसहितको समाचार जनआस्थाले सोमबार सार्वजनिक गरेको थियो । मंगलबार रास्वपा महामन्त्री विपिन आचार्यले विज्ञप्ति जारी गरी खगेन्द्रलाई सार्वजनिक पदमा रहेर ...

फरकधार
युएसएमसिएको भविष्यबारे अमेरिका, मेक्सिको र क्यानडाबीच अझै सहमति जुटेन
राजनीतिJust now

युएसएमसिएको भविष्यबारे अमेरिका, मेक्सिको र क्यानडाबीच अझै सहमति जुटेन

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार सम्झौता (युएसएमसिए) अझै वैध तथा कार्यान्वयनमा रहेको स्पष्ट पारेकी छन् । उनले सम्झौताको नियमित समीक्षा भइरहेको भए पनि त्यसलाई अन्त्य गर्ने वा खारेज गर्ने प्रक्रिया सुरु भएको अर्थमा बुझ्न नहुने बताएकी छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सम्झौता खारेज गर्न वा त्यसको स्थानमा नयाँ सम्झौता ल्याउन सकिने संकेत दिँदै आएका ...

फरकधार
ओमानविरुद्ध नेपाललाई पहिलो झट्का, आसिफ ४ रनमा आउट
राजनीतिJust now

ओमानविरुद्ध नेपाललाई पहिलो झट्का, आसिफ ४ रनमा आउट

आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानविरुद्ध पहिले ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेट गुमाएको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले ओपनर आसिफ शेखलाई सस्तैमा गुमाएको हो । अल अमेरातमा जारी खेलमा आसिफ ४ रन बनाएर आउट भए । उनले नेपालको इनिङ्सलाई गति दिन सकेनन् । आसिफ आउट भएपछि नेपालले सुरुवातमै दबाब सामना गर्नुपरेको छ । अहिले क्रिजमा अर्जुन कुमाल ...

फरकधार
नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा मोडुलर (एक्रो) पुल निर्माण [तस्बिरहरू]
राजनीतिJust now

नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा मोडुलर (एक्रो) पुल निर्माण [तस्बिरहरू]

नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा मोडुलर (एक्रो) पुल निर्माण सम्पन्न भएको छ । नेपाली सेना र सडक विभागको संयुक्त सहकार्य तथा विदुर नगरपालिकाको सहयोगमा उक्त पुल निर्माण गरिएको हो। असोज २० गतेदेखि निर्माण सुरु गरिएको उक्त पुल निर्धारित समयमै असोज २५ गते सम्पन्न भएको सूचना बोर्डमा उल्लेख छ । सो पुलको लम्बाइ ७३.२ मिटर र चौडाइ ५.५ मिटर रहेको छ । अधिकतम ...

फरकधार
कांग्रेस महाधिवेशनको मतगणना जारी, २५ समूहमा गणना हुँदै
राजनीतिJust now

कांग्रेस महाधिवेशनको मतगणना जारी, २५ समूहमा गणना हुँदै

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ । कांग्रेस १५ औँ महाधिवेशन केन्द्रीय निर्वाचन समितिका अनुसार मतगणना व्यवस्थित र पारदर्शी रूपमा भइरहेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा २५ वटा समूह बनाएर विभिन्न पदको मतगणना एकसाथ अघि बढाएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिए । दुई क्लस्टरको मतगणना बिहान सकिएको छ ...

फरकधार
उद्योगको विद्युत् लागत घटाउन खुला पहुँचको तयारी
राजनीतिJust now

उद्योगको विद्युत् लागत घटाउन खुला पहुँचको तयारी

उद्योग धन्दाहरुले जलविद्युत् आयोजनामा गरेको लगानीलाई आफ्नै विद्युत् खपतसँग जोडेर लागत घटाउन सक्ने व्यवस्था कार्यान्वयनको तयारी अघि बढेको छ । विद्युत् नियमन आयोगले खुला पहुँचमार्फत विद्युत् उपयोग गर्न चाहने उद्योगका लागि छुट्टै मापदण्ड प्रस्ताव गरेपछि उद्योगले विद्युत् आपूर्तिका वैकल्पिक स्रोत उपयोग गर्ने बाटो खुल्ने भएको हो । आयोगले तयार पारेको क्याप्टिभ विद्युत् उत्पादन प्लान्ट र कनेक्टिभिटीसम्बन्धी दुई निर्देशिकाको मस्यौदाले उद्योगलाई आफ्नै ...

फरकधार
संसदीय सुनुवाइमा नेपाली भाषामा बोल्न सभापतिको रूलिङ
राजनीतिJust now

संसदीय सुनुवाइमा नेपाली भाषामा बोल्न सभापतिको रूलिङ

संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले समितिको बैठकमा सकेसम्म नेपाली भाषामा बोल्न सांसदहरूलाई रुलिङ गरेका छन् । मंगलबार बसेको संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठकको सुरुमै सभापति श्रेष्ठले यस्तो रुलिङ गरेका हुन् । यसअघि बसेको बैठकमा नेकपाका नेता वर्षमान पुनले सांसदहरूले नेपाली भाषामै प्रश्न गर्नुपर्ने व्यवस्था गर्न सभापतिले रुलिङ गर्नुपर्ने माग गरेका थिए । सभापति श्रेष्ठले सकेसम्म नेपाली भाषाको प्रयोग गर्न आग्रह ...

फरकधार
कञ्चनजंघाको सौन्दर्यमा रमाउँदै विदेशी र आन्तरिक पर्यटक
राजनीतिJust now

कञ्चनजंघाको सौन्दर्यमा रमाउँदै विदेशी र आन्तरिक पर्यटक

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा क्षेत्रमा यतिबेला पर्यटकहरूको चहलपहल सुरु भएको छ । भदौको तेस्रो सातादेखि नै यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरू भ्रमणका लागि आउन थालेका हुन् ।  कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् घुन्सा पर्यटन जाँच चौकीका अनुसार हालसम्म १७० जना बाह्य पर्यटक कञ्चनजंघा हिमालको आधार शिविरतर्फ प्रस्थान गरिसकेका छन् । केही पर्यटक आधार शिविर पुगिसकेका छन् भने केही घुन्सा ...

फरकधार
विपदमा उद्धार मात्र होइन, पूर्वतयारीले पनि बचाउँछ जीवन
राजनीतिJust now

विपदमा उद्धार मात्र होइन, पूर्वतयारीले पनि बचाउँछ जीवन

रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गतेको बिहान आकस्मिक बाढी गयो । अकल्पनीय विनाशकारी बाढीमा व्यक्तिगत घरहरू बगे अनि क्षतिसमेत भए । जलविद्युत आयोजना, सडक, विद्यालय, स्वास्थ्य संस्थाजस्ता पूर्वाधारहरुमा क्षति भयो । बाढीको शक्तिशाली भेलले बगाएका आफ्ना प्रियजनका खोजीमा परिवारजन, आफन्तजन भौतारिनुपर्ने, तड्पिनुपर्ने र चिन्तित हुनुपर्ने अवस्था आयो ।  नेपाल रेडक्रस सोसाइटीद्वारा परिचालित प्रारम्भिक प्रतिकार्यकर्ताहरूमध्ये राष्ट्रिय प्रतिकार्य टोली ‘एनआरटी’का सदस्यद्वय नवीनराज ...

फरकधार
सांसद सुनारमाथि रास्वपाले थाल्यो आन्तरिक छानबिन, औपचारिक कार्यक्रममा सहभागी हुन रोक
राजनीतिJust now

सांसद सुनारमाथि रास्वपाले थाल्यो आन्तरिक छानबिन, औपचारिक कार्यक्रममा सहभागी हुन रोक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु गरेको छ । सञ्चारमाध्यममा उनीसँग सम्बन्धित श्रव्य सामग्री (अडियो) र विभिन्न गम्भीर आरोपहरू सार्वजनिक भएपछि पार्टीले छानबिन प्रक्रिया अघि बढाएको हो ।  छानबिन नसकिँदासम्मका लागि सांसद सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको छ । मंगलबार पार्टीका महामन्त्री विपिनकुमार आचार्यले एक विज्ञप्ति जारी ...

फरकधार
यस्तो छ, आजका लागि विदेशी मुद्राको विनिमयदर
राजनीतिJust now

यस्तो छ, आजका लागि विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५४ पैसा निर्धारण गरिएको छ ।   यस्तै युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७१ रुपैयाँ ७० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ४२ पैसा र बिक्रीदर २०३ रुपैयाँ ...

फरकधार
यी प्रदेशमा वर्षाको सम्भावना
राजनीतिJust now

यी प्रदेशमा वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार आज दिउँसो कर्णाली र सूदुरपश्चिम प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । बाँकी हिमाली भू–भाग तथा देशको पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ ।  देशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कर्णाली र सूदुरपश्चिम प्रदेशको हिमाली भू–भागमा थोरै स्थानमा तथा देशका बाँकी हिमाली र ...

फरकधार
चुनावको मुखमा ट्रम्पलाई विश्व राजनीतिका अनेक झट्का
राजनीतिJust now

चुनावको मुखमा ट्रम्पलाई विश्व राजनीतिका अनेक झट्का

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मध्यावधि निर्वाचन नजिकिँदै गर्दा अन्तर्राष्ट्रिय घटनाक्रम व्यवस्थापन गर्न थप चुनौती देखिएको छ । रुससँगको डिजेल सम्झौताले आफ्नै दलभित्र असन्तुष्टि, युक्रेनसँगको ऊर्जा युद्धविराम कार्यान्वयनमा अन्योल र मध्यपूर्वको तनावले विश्व बजारमा तेलको मूल्य बढ्ने जोखिम लगायतका समस्या व्यवस्थापनका चुनौती ट्रम्पसामु छन् । इन्धनको मूल्य घटाएर अमेरिकी मतदाताको असन्तुष्टि कम गर्ने प्रयासमा रहेका ट्रम्पका लागि रुस–युक्रेन युद्ध र मध्यपूर्वको बढ्दो तनाव ...

फरकधार
कुशल र राजाको जोडीले चितवनलाई च्याम्पियन बनाउला ?
राजनीति14 minutes ago

कुशल र राजाको जोडीले चितवनलाई च्याम्पियन बनाउला ?

  नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजन सुरु हुन अब धेरै समय बाँकी छैन । प्रतियोगिता नजिकिँदै गर्दा आठै टोली अन्तिम तयारीमा जुटिरहेका छन् । यहीबीच यसपटक बलियो नेपाली आधार र अनुभवी विदेशी खेलाडीको संयोजन बनाएको चितवन राइनोज पनि उपाधिको दाबेदार बन्ने योजनामा छ । एनपिएल तेस्रो सिजनका लागि चितवनको टोलीमा सबैभन्दा ठूलो आकर्षण विदेशी खेलाडी हुन् । यसपटक उसले इंग्ल्यान्डका ...

फरकधार
गगन थापासँग प्रतिस्पर्धा गरेका खड्गी भन्छन्- जे भयो, राम्रै भयो
राजनीति11 hours ago

गगन थापासँग प्रतिस्पर्धा गरेका खड्गी भन्छन्- जे भयो, राम्रै भयो

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार श्यामकृष्ण खड्गीले नवनिर्वाचित सभापति गगनकुमार थापालाई पार्टीभित्रका सबै पक्षलाई समेटेर अघि बढ्न आग्रह गरेका छन् । महाधिवेशनबाट सभापतिमा निर्वाचित थापासहित अन्य पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै खड्गीले पार्टीभित्रको आन्तरिक लोकतन्त्र, विधि र विधानको रक्षा तथा एकतालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै खड्गीले आफ्नो उम्मेदवारीको मुख्य उद्देश्य पार्टीको आन्तरिक लोकतन्त्रको रक्षा गर्नु ...

फरकधार
बूढीगण्डकी बाढी : एकै दिन ३२१ जनाको उद्धार
राजनीति11 hours ago

बूढीगण्डकी बाढी : एकै दिन ३२१ जनाको उद्धार

बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ३२१ जनाको सोमबार उद्धार गरिएको छ । नेपाली सेनाका अनुसार आइतबार बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावितको खोज तथा उद्धारका लागि एमआई–१७ सहित चारवटा हेलिकोप्टर र स्थलमार्गबाट फौज परिचालन गरिएको छ । सोमबार नेपाली सेनाको हवाई साधनमार्फत फिलिम, चुम्लिङ्ग, आरुघाट, दोभान र हुलचुकलगायत स्थानबाट ३०८ जनाको उद्धार गरिएको हो । यस्तै, स्थलमार्गबाट १३ जनाको उद्धार गरिएको सेनाले जनाएको ...

फरकधार
केन्द्रीय सदस्यहरूलाई ओलीको निर्देशन- पार्टीको नीति र नेतृत्वप्रति इमानदार बन्नू
राजनीति12 hours ago

केन्द्रीय सदस्यहरूलाई ओलीको निर्देशन- पार्टीको नीति र नेतृत्वप्रति इमानदार बन्नू

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नवनियुक्त केन्द्रीय कमिटी सदस्यहरूलाई सक्रियता, कार्यक्षमता र योजनाबद्ध कार्यशैलीमार्फत जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा मनोनीत केन्द्रीय कमिटी सदस्यहरूलाई शपथ गराउँदै अध्यक्ष ओलीले जिम्मेवारी प्राप्त गर्नु र त्यसलाई सफलतापूर्वक पूरा गर्नु फरक विषय भएको बताए । पार्टीमा लामो समय योगदान गरेको र नेतृत्वको विश्वास जितेको आधारमा ...

फरकधार