चालु आर्थिक वर्ष २०८३/८४ को साढे चार महिना बित्न लाग्दा पनि सरकारको विकास खर्चको अवस्था निराशाजनक देखिएको छ । आर्थिक विकास, पूर्वाधार निर्माण र बजेट कार्यान्वयनलाई गति दिने सरकारी प्रतिबद्धताका बाबजुद पुँजीगत खर्च वार्षिक विनियोजनको ७.७५ प्रतिशतमा सीमित भएको छ । महालेखा नियन्त्रक कार्यालयको मङ्सिर ८ गतेसम्मको तथ्यांकअनुसार सरकारले चालु आर्थिक वर्षका लागि ४ खर्ब ३१ अर्ब १० करोड ६३ लाख रुपैयाँ पुँजीगत बजेट विनियोजन गरेकोमा जम्मा ३३ अर्ब ४० करोड रुपैयाँ मात्रै खर्च गरेको छ । आर्थिक वर्षको एक तिहाइभन्दा बढी समय बितिसक्दा पन...
सरकारको वित्तीय व्यवस्थापनमाथि प्रश्न : राजस्वमा सुस्ती, विकास खर्चमा दुर्दशा

Read Complete Original Article
Published originally on फरकधार






