
सुर्खेतमा रवि लामिछानेलाई भव्य स्वागत
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सुर्खेतमा पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका छन् । शुक्रबार दुईदिने पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका लामिछानेलाई विमानस्थलमा पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका हुन् । रास्वपाले शनिबार र आइतबार गरी दुई दिन वीरेन्द्रनगरमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । कर्णाली प्रदेशबाट सुरु गर्न लागिएको प्रशिक्षण अभियानलाई क्रमशः अन्य प्रदेशमा समेत विस्तार ...



















