काठमाडौं जिल्ला अदालतले पूर्वमुख्यसचिव एकनारायण अर्याललाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । शुक्रबार अदालतमा उपस्थित गराइएका अर्यालमाथि थप अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चार दिनको अनुमति पाएको हो । मलेसिया जाने नेपाली श्रमिकबाट बायोमेडिकल सेवा शुल्क असुलीसम्बन्धी प्रकरणमा सीआईबीले अर्यालमाथि अनुसन्धान गरिरहेको छ । भारतमा पक्राउ परेका अर्याललाई प्रहरीले बिहीबार काठमाडौं ल्याएको थियो । शुक्रबार उनलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो । मलेसियाको वैदेशि...
पूर्वमुख्यसचिव अर्याललाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
Read Complete Original Article
Published originally on फरकधार






