Monday, November 2, 2026||
MultiKhabarMultiKhabar
अनलाइनपाना

अनलाइनपाना

Verified Publisher

Read the latest verified headlines and breaking news coverage from अनलाइनपाना.

Headlines from अनलाइनपाना

जिशन अलाम कर्णाली याक्समा अनुबन्ध
Latest News39m ago

जिशन अलाम कर्णाली याक्समा अनुबन्ध

काठमाडौं । कर्णाली याक्सले तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को लागि टेष्ट राष्ट्र बंगलादेशका युवा ब्याटर जिशन अलामलाई अनुबन्ध गरेको छ । आइतबार जिशनलाई बाँकी खेलको लागि अनुबन्ध गरेको कर्णाली याक्स स्पोट्र्स प्रा.लीका अध्यक्ष गृहेन्द्र घिमिरेले जानकारी गराए । अध्यक्ष घिमिरेले जिशनको आगमनसँगै टिमको शीर्षक्रम बलियो हुने विश्वास व्यक्त गरे । ‘जिशन पछिल्लो समय राम्रो लयमा रहेका कारण हामीले अनुबन्ध गरेका हौं । ...

अनलाइनपाना
एनपीएल: जनकपुरको दाेस्राे जित,पाेखराकाे लगातार दाेस्राे हार
Latest News11h ago

एनपीएल: जनकपुरको दाेस्राे जित,पाेखराकाे लगातार दाेस्राे हार

काठमाडौं । राजधानीमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ९ रनले हराएको छ। याे जनकपुरकाे दाेस्राे जित हाे। ३ खेलबाट ४ अंकसहित जनकपुर दाेस्राे स्थानमा समेत उक्लिएकाे छ। लगातार दाेस्राे खेल हारेकाे पाेखरा भने पुछारमा छ। जनकपुरले दिएकाे १४८ रनको लक्ष्य पछ्याएकाे पाेखराले ९ विकेटको क्षतिमा १३८ रन मात्रै बनाउन सक्याे । जसमा कप्तान कुशल भुर्तेलले ...

अनलाइनपाना
निःशुल्क कानुनी सहायता विधेयकलाई थप प्रभावकारी बनाउनुपर्छ : डा. विजय मिश्र
Latest News14h ago

निःशुल्क कानुनी सहायता विधेयकलाई थप प्रभावकारी बनाउनुपर्छ : डा. विजय मिश्र

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष डा. विजय मिश्रले निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ लाई थप प्रभावकारी, व्यावहारिक र दिगो बनाउन विभिन्न सुझाव दिएका छन् । ‘हेलो सांसद’ कार्यक्रममा विधेयकमाथि सरोकारवालाबीच आयोजित अन्तरक्रियामा बोल्दै अध्यक्ष मिश्रले विधेयकले कानुनी सहायता प्रणालीलाई संस्थागत र व्यवस्थित गर्ने दिशामा प्रगतिशील बाटो समातेको बताए । उनले भने, ‘विधेयकले नेपालको कानुनी सहायता प्रणालीलाई संस्थागत र व्यवस्थित गर्ने ...

अनलाइनपाना
कुनै पनि राजनीतिक दलको सदस्य नभएर मैंले ठूलो गल्ती गरे: डा.सुरेन्द्र केसी
Latest News19h ago

कुनै पनि राजनीतिक दलको सदस्य नभएर मैंले ठूलो गल्ती गरे: डा.सुरेन्द्र केसी

काठमाडौं । राजनीतिक विश्लेषक तथा प्राध्यापक डा.सुरेन्द्र केसीले लेखकहरूले समाज, राष्ट्र र नागरिकका पीडा तथा समसामयिक अवस्थालाई आफ्नो लेखनमा समेट्नुपर्ने बताएका छन् । राजधानी काठमाडौंमा आइतबार आयोजित अन्तर्राष्ट्रिय साहित्यिक कार्यक्रम ‘ग्लोबल अथर अवार्ड २०२६’लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘सीमापार साहित्यको उत्सव’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा केसीले साहित्यिक क्षेत्रले सामाजिक तथा राष्ट्रिय रूपान्तरणमा योगदान पुर्याउनुपर्ने धारणा राखे । उनले ...

अनलाइनपाना
डीडीसीका तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ
Latest News2d ago

डीडीसीका तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ

काठमाडौँ । सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) मा अनियमितता गरी संस्थानलाई १२ करोड रुपैयाँभन्दा बढी आर्थिक हानि पुर्‍याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार संस्थानका तत्कालीन महाप्रबन्धक, उच्च तहका कर्मचारी, चिस्यान केन्द्रका प्रमुख तथा अन्य कर्मचारीको मिलेमतोमा गैरकानुनी आर्थिक लाभ लिने गतिविधि भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सीआईबीका सहप्रवक्ता तथा ...

अनलाइनपाना
सञ्चारगृहमा प्रहरी प्रवेश गराएर पत्रकार पक्राउ गर्नु लोकतन्त्रमाथिको प्रहार : रवि किरण हमाल
Latest News2d ago

सञ्चारगृहमा प्रहरी प्रवेश गराएर पत्रकार पक्राउ गर्नु लोकतन्त्रमाथिको प्रहार : रवि किरण हमाल

काठमाडौं । जेनजी अभियान्ता रवि किरण हमालले सञ्चारगृहमा प्रहरी प्रवेश गराएर पत्रकार पक्राउ गर्ने कार्यप्रति कडा आपत्ति जनाउँदै यस्तो अराजकीय व्यवहार तत्काल बन्द गर्न माग गरेका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै हमालले सत्ता आलोचनादेखि डराएर प्रेस स्वतन्त्रतामाथि धावा बोल्नु लोकतन्त्रविरुद्धको कदम भएको बताएका छन् । उनले राज्यका सम्पूर्ण संयन्त्र—कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासमेत बिचौलियाको चङ्गुलमा फस्ने, लुटतन्त्रको साम्राज्य खडा हुने ...

अनलाइनपाना
वर्षाका कारण दुई दिनपछि सर्‍यो संखुवासभा गोल्डकप
Latest News2d ago

वर्षाका कारण दुई दिनपछि सर्‍यो संखुवासभा गोल्डकप

भोजपुर । पहाडी जिल्ला संखुवासभामा शनिबार (भोली)बाट सुरु हुने भनिएको गोल्डकप बर्षातका कारण दुई दिनपछि सरेको छ । निरन्तरको भारी वर्षाका कारण खेलमैदान हिलाम्मे भएपछि आयोजकले प्रतियोगिता दुई दिनपछि सार्ने निर्णय गरेको हो । खाँदबारीको मानेभञ्ज्याङमा आयोजना हुन लागेको पहिलो संस्करणको संखुवासभा गोल्डकप फुटबल प्रतियोगिता अब दुई दिनपछि कार्तिक १६ देखि २० कात्तिकसम्म सञ्चालन हुने आयोजक क्लबका अध्यक्ष प्रकाश घिमिरेले बताए ...

अनलाइनपाना
गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
Latest News2d ago

गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द

काठमाडौं । बाढी र पहिरोका कारण विभिन्न जिल्लामा सडक तथा पुल अवरुद्ध भएका छन् । शुक्रबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखाको आरुघाट गाउँपालिका–२ र ३ तथा सोही गाउँपालिका–१ स्थित नयाँपुल क्षेत्रमा बाढीका कारण सोतीदेखि मान्बु जाने पुल पूर्ण रूपमा अवरुद्ध रहेको छ । उक्त पुल २०८३ असोज २५ गते बिहान ५ः३० बजेदेखि अवरुद्ध भएको विवरणमा उल्लेख छ । त्यस्तै, कर्णाली प्रदेशको सुर्खेतमा पनि ...

अनलाइनपाना
क्रिकेट खेल्न मन पर्ने भएकाले दबाबभन्दा पनि खेलको मज्जा लिने गर्छु :सोमपाल कामी
Latest News3d ago

क्रिकेट खेल्न मन पर्ने भएकाले दबाबभन्दा पनि खेलको मज्जा लिने गर्छु :सोमपाल कामी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किङ्सलाई पराजित गर्दै कर्णाली याक्सले जित निकालेपछि कप्तान सोमपाल कामीले टोलीको प्रदर्शनप्रति खुसी व्यक्त गरेका छन्। उनले यो जित टोलीका लागि महत्वपूर्ण रहेको बताउँदै आगामी खेलमा पनि जितको लय कायम राख्ने विश्वास व्यक्त गरे। खेलपछि आयोजित पोस्टम्याच प्रेस मिटमा कप्तान सोमपालले आफ्नो व्यक्तिगत प्रदर्शनभन्दा पनि टोलीले प्राप्त गरेको दुई अंक महत्वपूर्ण रहेको बताए। ‘कर्णाली याक्सले ...

अनलाइनपाना
उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन हुम्लाको आग्रह
Latest News3d ago

उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन हुम्लाको आग्रह

हुम्ला । जल तथा मौसम विज्ञान विभागले कात्तिक १२ गते देखि १४ गतेसम्म वर्षाका साथै हिमपातको सम्भावनाको संकेत गरेपछि जिल्ला प्रशासन कार्यालय हुम्लाले जिल्लाबासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । कार्यालयले सूचना सार्वजनिक गरेर जरुरी काम नपरी एक स्थानबाट अर्को स्थानसम्म यात्रासमेत नगर्न आग्रह गरेको हो । हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रवीर शाहीले सूचना जारी गर्दै बाढी पहिरोको उच्च जोखिम ...

अनलाइनपाना
कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने
Latest News3d ago

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय (बीपी स्मृति भवन)मा आज दिउँसो २ बजे आयोजना हुने विशेष समारोहमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले शपथ ग्रहण गरेर जिम्मेवारी सम्हाल्न लागेका हुन् । केन्द्रीय निर्वाचन समितिका अनुसार आजको समारोहमा पार्टी सभापतिबाहेक बाँकी सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले ...

अनलाइनपाना
स्पेनमा तीव्र गतिको रेल दुर्घटना, ६८ जनाको मृत्यु, ठूलो संख्यामा घाइते
Latest News4d ago

स्पेनमा तीव्र गतिको रेल दुर्घटना, ६८ जनाको मृत्यु, ठूलो संख्यामा घाइते

काठमाडौं। स्पेनको मध्यभागमा बुधबार बिहान भएको तीव्र गतिको रेल दुर्घटनामा कम्तीमा ६८ जनाको मृत्यु भएको छ। ठूलो संख्यामा यात्रु घाइते भएका छन्। राजधानी मड्रिडबाट सेभिलतर्फ जाँदै गरेको रेल ट्रयाकमा रोकिएको अर्को रेलसँग ठोक्किँदा दुर्घटना भएको हो। ठक्करका कारण रेलका धेरै डिब्बा लिकबाट तल पुगेका थिए। यातायात मन्त्रीका अनुसार कम्प्युटर प्रणालीमा आएको खराबी र त्यसपछि भएको मानवीय त्रुटि दुर्घटनाको कारण हुन सक्ने बताइएको ...

अनलाइनपाना
कामना सेवा फुटसल कप सिजन ६ को तयारी पूरा: ट्रफी, जर्सी र ब्रान्ड एन्थम सार्वजनिक
Latest News4d ago

कामना सेवा फुटसल कप सिजन ६ को तयारी पूरा: ट्रफी, जर्सी र ब्रान्ड एन्थम सार्वजनिक

काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले आयोजना गर्न लागेको ‘कामना सेवा फुटसल कप सिजन ६’ को टाइ–सिट ड्र, जर्सी तथा ट्रफी अनावरण र प्रतियोगिताको ब्रान्ड एन्थम सार्वजनिक गरेको छ। बैंकले आयोजना गरेको कार्यक्रममा सहभागी टोलीका प्रतिनिधि, टिम म्यानेजर, एन्फा रेफ्री तथा बैंकका कर्मचारीको उपस्थिति थियो। कार्यक्रममा बैंकका प्रमुख सञ्चालन अधिकृत रघुनाथ त्रिपाठीले फुटसल कप बैंकका लागि प्रतियोगितामा मात्र सीमित नभई खेलकुदमार्फत समाज ...

अनलाइनपाना
विपद्पछिको पुनर्स्थापनाका लागि ५७ मिलियन डलर आवश्यक
Latest News4d ago

विपद्पछिको पुनर्स्थापनाका लागि ५७ मिलियन डलर आवश्यक

काठमाडौं । रसुवा–भोटेकोसी विपद्बाट भएको क्षतिको पुनर्स्थापना र पुनर्निर्माणका लागि ४ अर्ब ७० करोडदेखि ४ अर्ब ७५ करोड अमेरिकी डलरसम्म आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ । तर, विपद्पछिको प्रारम्भिक पुनर्स्थापनाकै लागि सरकारले तत्काल ५७ मिलियन अमेरिकी डलर जुटाउनुपर्ने भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. महेश्वर ढकालका अनुसार गैरआर्थिक क्षतिको मूल्यांकन हुन बाँकी रहेकाले पुनर्निर्माणमा ...

अनलाइनपाना
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम खेल्दै, सकिबको खेल हेर्न पाइने
Latest News4d ago

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम खेल्दै, सकिबको खेल हेर्न पाइने

नेपाल प्रिमियर लिग (एनपीएल) ३ मा बुधबार सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स र खेल्दैछन्। सिजनको पहिलो खेल खेल्न लागेको पोखरा विजयी शुरुवात गर्न चाहन्छ भने आफ्नो पहिलो खेलमा पराजित सुदूरपश्चिम जित हात पार्दै प्रतियोगितामा फर्कन चाहन्छ । सुदूरपश्चिम यसअघिका दुबै प्रतियोगितामा फाइनल पुगेको टोली हो भने पोखरा दुबैपटक प्लेअफमा नपुगि घर फर्किएको थियो । पोखराले यसपटक बंगलादेशका शाकिब अल हसन जस्ता कुनै बेलामा ...

अनलाइनपाना
हिम पर्वत हाइड्रोपावरको आईपीओ खुल्यो, स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई अवसर
Latest News5d ago

हिम पर्वत हाइड्रोपावरको आईपीओ खुल्यो, स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई अवसर

काठमाडौं । हिम पर्वत हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ। कम्पनीले बुधबारदेखि पहिलो चरणको आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले जारी पुँजी एक अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँ बराबरका ५९ लाख १५ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको छ। प्रतिकित्ता एक सय ...

अनलाइनपाना
सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र (LoI), ऊर्जा व्यापारमा नयाँ अध्यायको सुरुवात
Latest News5d ago

सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र (LoI), ऊर्जा व्यापारमा नयाँ अध्यायको सुरुवात

काठमाडौं। नेपालको विद्युत् क्षेत्रलाई उत्पादनमुखी संरचनाबाट प्रतिस्पर्धी र बजारमुखी बनाउने उद्देश्यसहित सरकारले निजी क्षेत्रलाई सीमापार विद्युत् व्यापारको तयारी गर्न आशयपत्र प्रदान गरेको छ। यससँगै विद्युत् उत्पादनमा सक्रिय निजी क्षेत्रलाई विद्युत् व्यापारमा समेत सहभागी गराउने दिशामा महत्वपूर्ण कदम अघि बढेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्णयअनुसार आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले स्वदेशी तथा विदेशी विद्युत् बजारको अध्ययन, सम्भावित खरिदकर्ता तथा व्यापारिक साझेदारको पहिचान, ...

अनलाइनपाना
एसिया प्यासिफिक मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन ऊर्जामन्त्री श्रेष्ठ बैंककमा
Latest News5d ago

एसिया प्यासिफिक मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन ऊर्जामन्त्री श्रेष्ठ बैंककमा

बैंकक । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ थाइल्याण्डको राजधानी बैंकक आइपुग्नुभएको छ । एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन मन्त्री श्रेष्ठ मंगलबार बेलुका बैंकक आइपुग्नुभएको हो । बैंककमा नेपाली राजदूत धनबहादुर वलीले मन्त्री श्रेष्ठलाई स्वागत गर्नुभएको थियो । संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक र सामाजिक आयोगद्वारा आयोजित सम्मेलनलाई मन्त्री श्रेष्ठले ...

अनलाइनपाना
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनाविरुद्ध जालसाजी किर्ते मुद्दा दायर, विवादित पत्रको छानबिन र दोषीमाथि कारबाहीको माग
Latest News5d ago

लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनाविरुद्ध जालसाजी किर्ते मुद्दा दायर, विवादित पत्रको छानबिन र दोषीमाथि कारबाहीको माग

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)की लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरसहित पाँच जनाविरुद्ध दाङ जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन् । सांसद काफ्‌लेले आफूलाई प्रदेशसभा सदस्य पदबाट पदमुक्त गर्न प्रयोग गरिएको विवादित पत्र र कागजातमा कीर्ते तथा जालसाजी भएको आरोप लगाउँदै लुम्बिनी प्रदेशसभाका सभामुखसहित पाँच जनाविरुद्ध दाङ जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् ...

अनलाइनपाना
सप्तकोशी नदी दुर्घटनाबारे छानबिन गर्न कोशी सरकारले बनायो समिति
Latest News5d ago

सप्तकोशी नदी दुर्घटनाबारे छानबिन गर्न कोशी सरकारले बनायो समिति

विराटनगर । कोशी प्रदेश सरकारले सप्तकोशी नदीमा भएको पानीबोट दुर्घटनाको सत्यतथ्य अध्ययन तथा छानबिन गर्न प्रदेश सचिव आसमान तामाङको संयोजकत्वमा समिति गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सात दिनभित्र प्रतिवेदन पेस गर्ने गरी समिति गठन गर्ने निर्णय गरेको हो । आइतबार दिउँसो भोजपुरबाट सुनसरीको वराहक्षेत्रस्थित चतरातर्फ आउँदै गर्दा अरुण र दूधकोशी दोभानमा दुर्घटनामा पर्दा तीन जनाको ज्यान गएको थियो ...

अनलाइनपाना