Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

कुनै पनि राजनीतिक दलको सदस्य नभएर मैंले ठूलो गल्ती गरे: डा.सुरेन्द्र केसी

Share:WhatsAppFacebookX (Twitter)Telegram
कुनै पनि राजनीतिक दलको सदस्य नभएर मैंले ठूलो गल्ती गरे: डा.सुरेन्द्र केसी
Photo / Coverage: अनलाइनपाना

काठमाडौं । राजनीतिक विश्लेषक तथा प्राध्यापक डा.सुरेन्द्र केसीले लेखकहरूले समाज, राष्ट्र र नागरिकका पीडा तथा समसामयिक अवस्थालाई आफ्नो लेखनमा समेट्नुपर्ने बताएका छन् । राजधानी काठमाडौंमा आइतबार आयोजित अन्तर्राष्ट्रिय साहित्यिक कार्यक्रम ‘ग्लोबल अथर अवार्ड २०२६’लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘सीमापार साहित्यको उत्सव’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा केसीले साहित्यिक क्षेत्रले सामाजिक तथा राष्ट्रिय रूपान्तरणमा योगदान पुर्याउनुपर्ने धारणा राखे । उनले भने, ‘लेखकहरूले समाज, राष्ट्र र नागरिकका पीडा तथा समसामयिक अवस्थालाई आफ्नो लेखनमा समेट्नुपर्छ । साहित्य केवल सिर्जनामा मात्र सीमित हुनुहुँदैन, यसले समाज र राष्ट्रको रूपान्तरणमा पनि योगदान दिन सक्नुपर्छ। देशमा देखिएका विकृति, विसङ्गति र नागरिकका निराशालाई लेखनमार्फत उजागर गर्दै सुधारका लागि आवाज उठाउनुपर्छ। लेखकहरूले आफ्नो सिर्जनामार्फत समाजमा सकारात्मक सोच र परिवर्तनको सन्देश दिन सक्नुपर्छ ।’ उनले नेपालमा सीमित व्यक्तिहरूले मात्रै विभिन्न अवसर र जिम्मेवारी पाउने प्रवृत्ति रहेको उल्लेख गर्दै योग्यताका आधारमा सबैले अवसर पाउने संस्कार विकास गर्नुपर्ने बताए । आफू कुनै पनि राजनीतिक दलको सदस्य नभएकै कारण विभिन्न अवसरबाट वञ्चित हुनुपरेको अनुभवसमेत उनले सुनाए । आफूले न्यूनतम २५ देखि २८ वटा पुस्तक लेखेको, विद्यावारिधि गरेको, चार हजारभन्दा बढी लेख तथा रचना प्रकाशित गरेको र २० हजारभन्दा बढी अन्तर्वार्ता दिएको उल्लेख गर्दै केसीले आफ्नो पहिचान स्वतन्त्र लेखन र अभिव्यक्तिसँग जोडिएको बताए । उनले भने, ‘नेपालमा एउटा रेडिमेड परम्परा छ, एउटै व्यक्ति पटक–पटक विभिन्न पद र अवसरमा पुग्ने, अरूले अवसर नै नपाउने । योग्यताका आधारमा अवसर पाउने संस्कार हामीले विकास गर्नुपर्छ । मैले २७–२८ वटा पुस्तक लेखें, पीएचडी गरें, चार हजारभन्दा बढी लेखरचना लेखें र २० हजारभन्दा बढी अन्तर्वार्ता दिएँ । तर मेरो सबैभन्दा ठूलो गल्ती भनेको कुनै पनि राजनीतिक दलको सदस्य नहुनु रहेछ । मेरो अभिव्यक्ति, लेखन र पहिचानको मूल आधार नै स्वतन्त्रता हो ।’ उनले पुरस्कार, सम्मान तथा अवसर वितरणमा निष्पक्षता र योग्यतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । योग्य व्यक्तिलाई उचित स्थान दिइएमा समाजले स्वतः सम्मान गर्ने उनको भनाइ थियो । केसीले गौतम बुद्धले दिएको शान्ति र सहअस्तित्वको दर्शनलाई स्मरण गर्दै वर्तमान समाजमा शान्ति, सहिष्णुता र सद्भावको आवश्यकता रहेको बताए । समाजमा न्याय, प्रहरी, राजनीति तथा अन्य सार्वजनिक संस्थाप्रति असन्तुष्टि बढिरहेको उल्लेख गर्दै उनले यस्ता विषय साहित्य र लेखनमा पनि प्रतिबिम्बित हुनुपर्ने धारणा राखे । कार्यक्रममा विश्वका विभिन्न देशका प्रतिष्ठित लेखक तथा व्यक्तित्वहरूको सहभागिता छ । सो अवसरमा विभिन्न विधामा अवार्ड समेत वितरण गरियो । इन्फिनिटी सर्भिसेज प्रालिकी संस्थापक शीतल खड्का तथा टोलीको नेतृत्वमा भएको कार्यक्रममा नेपाललगायत भारत, संयुक्त राज्य अमेरिका, सिंगापुर, फिजी, क्यानडा, बंगलादेश र संयुक्त अरब इमिरेट्स (दुबईसहित) बाट ४५ जना लेखक तथा सम्मानित व्यक्तित्वहरूको सहभागिता छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइनपाना

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रौतहटमा स्रोत नखुलेको १० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ
Latest NewsJust now

रौतहटमा स्रोत नखुलेको १० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

जनकपुरधाम । रौतहटमा स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहारस्थित मोतिहारी जिल्ला घोडासन ग्रामका ३३ वर्षीय टुना दास रहेका छन्... ...

रातोपाटी
इरानमाथि आक्रमण गर्ने ट्रम्पको चेतावनी, तेहरानको कडा जवाफ
Latest NewsJust now

इरानमाथि आक्रमण गर्ने ट्रम्पको चेतावनी, तेहरानको कडा जवाफ

काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि कुनै समयमा पुनः आक्रमण गर्न सक्ने चेतावनी दिएका छन्। इरानी सेनाले भने अमेरिकाले नयाँ आक्रमण गरे त्यसको जवाफ पहिलेभन्दा व्यापक र निर्णायक हुने... ...

रातोपाटी
रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त
Latest NewsJust now

रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त

किएभ । रुस र युक्रेनका आपत्कालीन चेतावनी प्रणालीमा साइबर आक्रमण भएपछि दुवै देशले एकअर्कामाथि आरोप लगाएका छन् । अक्टोबर २७ देखि नोभेम्बर १ सम्म लागू युद्धविराम समाप्त भएसँगै दुई देशबीच सैन्य तनाव पुनः बढ्ने चिन्ता देखिएको छ । रुसको आपत्कालीन मन्त्रालयले आफ्नो मोबाइल एपमा भएको साइबर आक्रमणबाट सर्वसाधारणलाई ड्रोन आक्रमणलगायत खतराबारे गलत सूचना पठाइएको जनाएको छ । यसअघि युक्रेनको चेतावनी प्रणालीमा ...

केन्द्रबिन्दु
तत्काल संसद् बैठक बोलाउन विपक्षी दलहरूको माग
Latest NewsJust now

तत्काल संसद् बैठक बोलाउन विपक्षी दलहरूको माग

काठमाण्डु– विपक्षी दलहरुले तत्काल संसद बैठक बोलाउन माग गरेका छन् । प्रमुख प्रतिपक्षी दल काँग्रेसको आह्वानमा संघीय संसदका दुवै सदनमा प्रतिनिधित्व गर्ने दलहरुको सोमबार सिंहदरबारमा बसेको बैठकले उक्त माग गरेको हो । सरकारका पछिल्ला गतिविधि र समसामयिक राजनीतिक विषयमा छलफल गर्न विपक्षी दलहरूले तत्काल संसद् बैठक आह्वान गर्न माग गरिएको बैठकमा सहभागी नेपाली कम्युनिष्ट पार्टीका […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play