Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

एसिया प्यासिफिक मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन ऊर्जामन्त्री श्रेष्ठ बैंककमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
एसिया प्यासिफिक मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन ऊर्जामन्त्री श्रेष्ठ बैंककमा
Photo / Coverage: अनलाइनपाना

बैंकक । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ थाइल्याण्डको राजधानी बैंकक आइपुग्नुभएको छ । एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन मन्त्री श्रेष्ठ मंगलबार बेलुका बैंकक आइपुग्नुभएको हो । बैंककमा नेपाली राजदूत धनबहादुर वलीले मन्त्री श्रेष्ठलाई स्वागत गर्नुभएको थियो । संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक र सामाजिक आयोगद्वारा आयोजित सम्मेलनलाई मन्त्री श्रेष्ठले बुधबार सम्बोधन गर्ने कार्यक्रम छ । यसैगरी नेपाल र यूएन इएससीएपीले संयुक्त रुपमा आयोजना गरेको ‘सगरमाथादेखि सागरसम्मस् एसिया(प्रशान्त क्षेत्रमा शृङ्खलाबद्ध विपद् रोक्न नेपालको भोटेकोशी(त्रिशूली घटनाले सिकाएका पाठहरू’ विषयक कार्यशालालाई मन्त्री श्रेष्ठले बिहीबार सम्बोधन गर्ने कार्यक्रम छ । विहीबारै मन्त्री श्रेष्ठले एसियन इन्सिच्युट अफ टेक्नोलोजी ९एआईटी०ले नेपालमा उत्थानशील पुनर्लाभ तथा पुनरोत्थानमा केन्द्रित भई आयोजना गरेको ‘अनुसन्धान, नवप्रवर्तन र साझेदारीमार्फत एसियामा विपद् उत्थानशीलता अभिवृद्धि’ विषयक गोष्ठीको ‘नेपालको पुनरोत्थानका आवश्यकता तथा चुनौतीहरू’ सत्रलाई सम्बोधन गर्नुहुनेछ । सम्मेलनका क्रममा मन्त्री श्रेष्ठले विभिन्न देशका मन्त्रीसँग साइडलाइन वार्ता गर्नुहुने उहाँका प्रमुख स्वकीय सचिव सन्जिव महर्जनले बताउनुभयो । सम्मेलनका क्रममा मन्त्री श्रेष्ठले विपद् पूर्वसूचना प्रणाली, क्षेत्रीय स्याटेलाइटको निशुल्क प्रयोग र जलवायु क्षतिपूर्तिको विषय उठाउने महर्जनले बताउनुभयो । भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्म उप्रेती, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका बोर्ड सदस्य अंकिता शाह सहभागी हुनुहुन्छ । मन्त्री श्रेष्ठ शनिबार स्वदेश फर्किने कार्यतालिका छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइनपाना

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रौतहटमा स्रोत नखुलेको १० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ
Latest NewsJust now

रौतहटमा स्रोत नखुलेको १० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

जनकपुरधाम । रौतहटमा स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहारस्थित मोतिहारी जिल्ला घोडासन ग्रामका ३३ वर्षीय टुना दास रहेका छन्... ...

रातोपाटी
इरानमाथि आक्रमण गर्ने ट्रम्पको चेतावनी, तेहरानको कडा जवाफ
Latest NewsJust now

इरानमाथि आक्रमण गर्ने ट्रम्पको चेतावनी, तेहरानको कडा जवाफ

काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि कुनै समयमा पुनः आक्रमण गर्न सक्ने चेतावनी दिएका छन्। इरानी सेनाले भने अमेरिकाले नयाँ आक्रमण गरे त्यसको जवाफ पहिलेभन्दा व्यापक र निर्णायक हुने... ...

रातोपाटी
रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त
Latest NewsJust now

रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त

किएभ । रुस र युक्रेनका आपत्कालीन चेतावनी प्रणालीमा साइबर आक्रमण भएपछि दुवै देशले एकअर्कामाथि आरोप लगाएका छन् । अक्टोबर २७ देखि नोभेम्बर १ सम्म लागू युद्धविराम समाप्त भएसँगै दुई देशबीच सैन्य तनाव पुनः बढ्ने चिन्ता देखिएको छ । रुसको आपत्कालीन मन्त्रालयले आफ्नो मोबाइल एपमा भएको साइबर आक्रमणबाट सर्वसाधारणलाई ड्रोन आक्रमणलगायत खतराबारे गलत सूचना पठाइएको जनाएको छ । यसअघि युक्रेनको चेतावनी प्रणालीमा ...

केन्द्रबिन्दु
तत्काल संसद् बैठक बोलाउन विपक्षी दलहरूको माग
Latest NewsJust now

तत्काल संसद् बैठक बोलाउन विपक्षी दलहरूको माग

काठमाण्डु– विपक्षी दलहरुले तत्काल संसद बैठक बोलाउन माग गरेका छन् । प्रमुख प्रतिपक्षी दल काँग्रेसको आह्वानमा संघीय संसदका दुवै सदनमा प्रतिनिधित्व गर्ने दलहरुको सोमबार सिंहदरबारमा बसेको बैठकले उक्त माग गरेको हो । सरकारका पछिल्ला गतिविधि र समसामयिक राजनीतिक विषयमा छलफल गर्न विपक्षी दलहरूले तत्काल संसद् बैठक आह्वान गर्न माग गरिएको बैठकमा सहभागी नेपाली कम्युनिष्ट पार्टीका […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play