
कूटनीतिमा ठूला मात्र नभई साना लगानीका अवसर पनि भित्र्याउनुपर्छ: प्रस्तावित राजदूत जोशी
काठमाडौं । जर्मनीका लागि प्रस्तावित राजदूत सरु जोशीले परम्परागत प्राविधिक कूटनीतिभन्दा माथि उठेर राष्ट्रिय हित अनुकूल साना तथा ठूला सबै लगानीका अवसरहरू देशमा भित्र्याउन पहल गर्ने बताएकी छन् । सङ्घीय संसद्, संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठकमा बोल्दै उनले दुई देशको हित नबाझिने गरी अवसरहरूको खोजी गरी परिणाममुखी काम गर्ने प्रतिबद्धता जनाइन् । उनले भनिन्, ‘मैले कूटनीति हेर्दाखेरि हामीले जुन प्राविधिक ...











