वाणिज्य विभागद्वारा अनुगमन : ३ वटालाई जरिवाना, ३ वटालाई कागजातसहित उपस्थित हुन निर्देशन

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकाका विभिन्न २७ वटा व्यापारिक फर्म तथा उद्योगहरूमा अनुगमन तथा निरीक्षण गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम सोमबार गरिएको अनुगमनका क्रममा कैफियत भेटिएका ३ वटा फर्मलाई जरिवाना गरिएको छ भने ३ वटालाई कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । विभागले जारी गरेको विवरण अनुसार तारकेश्वर नगरपालिका–११ स्थित आराध्या मसला तथा किराना पसललाई २० हजार रुपैयाँ र बुढानिलकण्ठ नगरपालिका–१० स्थित जोशी किराना स्टोरलाई २० हजार रुपैयाँ जरिवाना गरिएको छ । त्यस्तै, बुढानिलकण्ठ–१० कै सुदुर सप्लायर्सलाई १० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ । यसैगरी, लाजिम्पाटस्थित कुरीलो प्रा.लि., चावहिलस्थित अस्केटचा र नेपालटारस्थित जय पशुपति काठ तथा प्लाई उद्योग प्रा.लि.लाई आवश्यक कागजातसहित वाणिज्य विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । अनुगमन गरिएका अन्य २१ वटा फर्म तथा उद्योगहरूलाई भने व्यवसाय सञ्चालनका क्रममा देखिएका सामान्य कमजोरी सच्याउन निर्देशन दिइएको छ । सामान्य निर्देशन पाउनेहरूमा भाटभटेनी सुपरमार्केट (मध्यपुर थिमी शाखा), खड्का ग्यास डिपो, लमजुङ इलेक्ट्रोनिक्स, विभिन्न फेसन स्टोर, खाद्य पसल तथा एग्रो फर्महरू रहेका छन् । विभागले चाडपर्व तथा नियमित बजार अनुगमनलाई तीव्रता दिँदै उपभोक्ता हितविपरीत काम गर्ने फर्म तथा व्यवसायीहरूलाई कारबाहीको दायरामा ल्याउने क्रमलाई निरन्तरता दिएको जनाएको छ ।
Read Complete Original Article
Published originally on अनलाइनपाना
Related News

केवाईसी अपडेटको बहानामा ४९ लाख ठगी, तीन जनाविरुद्ध मुद्दा
राैतहटमा बैंक तथा डिजिटल वालेटका कर्मचारी बनेर ओटीपी र बैंकिङ विवरण चोरेको आरोपमा दुई भारतीयसहित तीन जनाविरुद्ध मुद्दा दर्ता गरिएको हो। ...

अर्थमन्त्री वाग्ले बैंकक प्रस्थान
• अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक र आईएमएफ को संयुक्त वार्षिक बैठकमा सहभागी हुन बैंकक प्रस्थान गरेका छन्। • बैठकमा नेपालको आर्थिक अवस्था र विकासका प्राथमिकतासम्बन्धी छलफल हुने अपेक्षा गरिएको छ। • अर्थमन्त्रीसँगै अन्य उच्च अधिकारीहरू पनि बैंकक जानु भएको छ र उहाँ कात्तिक ४ गते नेपाल फर्कने कार्यक्रम छ। ...

रोहितकाे अर्धशतकमा नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य
काठमाडौं । रोहितकुमार पौडेलको अर्धशतकमा नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा घरेलु टोली ओमानसामु २६४ रनको लक्ष्य प्रस्तुत गरेको छ । अल अमिरेत रंगशालामा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रनको योगफल तयार पार्यो । नेपालका रोहितले सर्वाधिक ६१ रनको योगदान गरे । उनले ६७ बलमा […] ...

१४ इन्टरनेट सेवा प्रदायकलाई जनही ५० हजार जरिवाना
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत मापदण्ड र निर्देशनविपरीत इन्टरनेट सेवा सञ्चालन गर्ने १४ वटा सेवा प्रदायकलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरेको छ। प्राधिकरणका अनुसार स्वीकृत प्याकेजअनुसार सेवा नदिएको, तोकिएभन्दा बढी शुल्क लिएको, स्वीकृतिबिनाका प्याकेज बिक्री गरेको तथा सेवाग्राहीलाई समयमै जानकारी नदिएको कसुरमा कारबाही गरिएको हो। जरिवानामा पर्ने कम्पनीमा वर्ल्डलिङ्क, भायानेट, क्लासिक टेक, सुबिसु, डिस मिडिया नेटवर्क, वाइफाइ नेपाल, सीजी कम्युनिकेसन, ...


