
पार्टीबाट टाढिएका साथीहरूलाई कांग्रेसमै फर्काउनुपर्छ: सभापति थापा
पोखरा ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीप्रति असन्तुष्टि जनाउँदै टाढिएका नेता तथा कार्यकर्तालाई पुनः कांग्रेसमा फर्काउनुपर्ने बताएका छन्। पूर्वसहायकमन्त्री प्रकाशबहादुर गुरुङको १३औँ पुण्यतिथिका अवसरमा नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिकाले सोमबार पोखरामा आयोजना गरेको शोकसभालाई सम्बोधन गर्दै सभापति थापाले पार्टीभित्रका असन्तुष्टिलाई सम्बोधन गरेर सबैलाई समेट्नुपर्नेमा जोड दिएका हुन्। कांग्रेस ठूला नेताहरूको मात्र नभई गाउँ–गाउँमा खटिएर संगठन निर्माणमा योगदान पुर्याउने निष्ठावान् कार्यकर्ताको समेत पार्टी भएको ...





