Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/क्रिकेट खेल्न मन पर्ने भएकाले दबाबभन्दा पनि खेलको मज्जा लिने गर्छु :सोमपाल कामी

क्रिकेट खेल्न मन पर्ने भएकाले दबाबभन्दा पनि खेलको मज्जा लिने गर्छु :सोमपाल कामी

Share:WhatsAppFacebookX (Twitter)Telegram
क्रिकेट खेल्न मन पर्ने भएकाले दबाबभन्दा पनि खेलको मज्जा लिने गर्छु :सोमपाल कामी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किङ्सलाई पराजित गर्दै कर्णाली याक्सले जित निकालेपछि कप्तान सोमपाल कामीले टोलीको प्रदर्शनप्रति खुसी व्यक्त गरेका छन्। उनले यो जित टोलीका लागि महत्वपूर्ण रहेको बताउँदै आगामी खेलमा पनि जितको लय कायम राख्ने विश्वास व्यक्त गरे। खेलपछि आयोजित पोस्टम्याच प्रेस मिटमा कप्तान सोमपालले आफ्नो व्यक्तिगत प्रदर्शनभन्दा पनि टोलीले प्राप्त गरेको दुई अंक महत्वपूर्ण रहेको बताए। ‘कर्णाली याक्सले एकदमै राम्रो खेल्यो र एकदमै खुसी छौँ। मेरो इनिङभन्दा पनि यो दुई अंक हाम्रो लागि एकदमै महत्वपूर्ण थियो। आई होप, यो जितको लय हामीले निरन्तर कायम राख्नेछौँ,’ उनले भने। सोमपालले १८० रनको लक्ष्य पछ्याउन सकिने विश्वास आफूलाई सुरुदेखि नै रहेको बताए। खेलअघि पावरप्ले जित्ने योजना बनाएको भए पनि सुरुवातमा विकेट गुमाउन पुगेको उनले सुनाए। ‘मलाई एकदमै विश्वास थियो, किनकि विकेट राम्रो खेलिरहेको थियो। मलाई लाग्छ १८० रन ठीक थियो। हामीले छ–सात रन मात्रै बढी खाएका थियौँ। यो चेज गर्न सकिने स्कोर हो भन्ने लागिरहेको थियो। पावरप्ले जित्नुपर्छ भन्ने हाम्रो योजना थियो। तर सुरुवातमै विकेट गुमाउन पुग्यौँ,’ उनले भने। पवनसँगको साझेदारीपछि गुलशन झासँग खेल्दा आफूलाई जितको विश्वास अझ बढेको सोमपालले बताए। विशेषगरी गुलशनको क्षमताबारे आफू जानकार रहेकाले अन्तिम चरणमा पनि खेल जित्न सकिनेमा विश्वस्त रहेको उनको भनाइ थियो। ‘म मात्रै होइन, मेरो टिमका खेलाडी र स्टाफ सबैलाई यो खेल जित्छौँ भन्ने विश्वास थियो। गुलशनसँग म पाँच वर्षदेखि रुममेट छु। हामी एकअर्कालाई राम्रोसँग बुझ्छौँ। मलाई थाहा थियो गुलशन कस्तो खेलाडी हो। छ ओभरमा १७–१८ रन चाहिएको अवस्थामा पनि हामी जित्न सक्छौँ भन्ने विश्वास थियो,’ उनले भने। गुलशन झालाई नेपालको उत्कृष्ट टी–२० खेलाडीमध्ये एक भएको उल्लेख गर्दै सोमपालले उनलाई सबैले साथ र विश्वास दिनुपर्ने बताए। ‘टी–२० मा हरेक दिन यस्तो इनिङ खेल्न सकिँदैन। तर उसले यस्तो इनिङ खेल्दा सबैले उसलाई बुस्ट गर्नुपर्छ। मलाई खुसी लाग्छ, मैले उसलाई हुर्किएको र राम्रो खेलाडी बनेको देखेको छु। भविष्यमा ऊ नेपाली क्रिकेटको ठूलो नाम बन्नेछ भन्ने आशा छ,’ उनले भने। उनले मैदानमा हरेक बल र हरेक क्षणको आनन्द लिने गरेको पनि सुनाए। आफूलाई क्रिकेट खेल्न मन पर्ने भएकाले दबाबभन्दा पनि खेलको मज्जा लिने गरेको उनको भनाइ थियो। ‘म क्रिकेट खेल्न मन पराएर नै खेल्छु। क्रिकेट खेल्दा डराएर खेलेँ भने मज्जा आउँदैन। त्यसैले हरेक बल र हरेक क्षण इन्जोय गर्छु। हरेक बाउन्ड्री सेलिब्रेट गर्न चाहन्छु। म आफूलाई माया गर्छु,’ उनले भने। विराटनगर किङ्सविरुद्धको खेलमा दुवै टोलीले राम्रो क्रिकेट खेलेको उल्लेख गर्दै सोमपालले कर्णालीले निर्णायक दुई ओभरमा राम्रो प्रदर्शन गरेकाले जित सम्भव भएको बताए। ‘हामीले गत वर्ष धेरै गल्ती गरेका थियौँ र हार्न पुगेका थियौँ। यो पटक राम्रो खेल्यौँ र जित्न सफल भयौँ। दुवै टिमले राम्रो क्रिकेट खेलेका हुन्। मलाई लाग्छ, हामीले दुई ओभर राम्रो खेल्यौँ। त्यही कारण खेल जित्न सफल भयौँ,’ उनले भने।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइनपाना

Visit Publisher Site →

Related News

गत असोजको दोस्रो साताको बाढीले धानबालीमा मात्रै १ करोड ४३ लाखको क्षति, एक महिनापछि बल्ल विवरण
ताजा खबरJust now

गत असोजको दोस्रो साताको बाढीले धानबालीमा मात्रै १ करोड ४३ लाखको क्षति, एक महिनापछि बल्ल विवरण

निरन्तरको वर्षाले हजारौं रोपनी क्षेत्रफलमा लगाएको धानबाली बाढीले डुबानमा परेको थियो । किसानले क्षतिपूर्तिका लागि सम्बन्धित निकायको हारगुहार गरेका थिए । ...

कान्तिपुर
जनकपुरधाम-अयोध्या विशेष रेल सेवा सञ्चालन अन्तिम चरणमा
ताजा खबरJust now

जनकपुरधाम-अयोध्या विशेष रेल सेवा सञ्चालन अन्तिम चरणमा

जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भम्रणको क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा सो विशेष रेल सेवाको उद्घाटन गर्नेगरी तयारी भइरहेको नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिए। ‘प्रधानमन्त्री शाहको भारत भम्रणका क्रममा उक्त विश... ...

नेपालखबर
निलगिरी र लुम्बिनीसहित ६ निर्माण कम्पनी ३ वर्षसम्मका लागि  कालोसूचीमा
ताजा खबरJust now

निलगिरी र लुम्बिनीसहित ६ निर्माण कम्पनी ३ वर्षसम्मका लागि  कालोसूचीमा

काठमाडौँ । सरकारले समयमै काम सम्पन्न नगर्ने तथा सम्झौताका सर्तहरू उल्लङ्घन गर्ने ६ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीहरूलाई १ देखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद... ...

रातोपाटी
वृद्धाश्रममा आफन्तको प्रतीक्षा
ताजा खबरJust now

वृद्धाश्रममा आफन्तको प्रतीक्षा

बुलबुले समाचारदातासुर्खेत, कात्तिक १३ गते । आश्रम प्रवेश गर्ने ढोकाको आवाज आउनेबित्तिकै झ्यालबाट झट्ट चियाउनुहुन्छ लछिमाकुमारी गौतम । ६९ वर्षीय गौतम १२ वर्षदेखि वीरेन्द्रनगरस्थित प... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play