Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

सप्तकोशी नदी दुर्घटनाबारे छानबिन गर्न कोशी सरकारले बनायो समिति

Share:WhatsAppFacebookX (Twitter)Telegram
सप्तकोशी नदी दुर्घटनाबारे छानबिन गर्न कोशी सरकारले बनायो समिति
Photo / Coverage: अनलाइनपाना

विराटनगर । कोशी प्रदेश सरकारले सप्तकोशी नदीमा भएको पानीबोट दुर्घटनाको सत्यतथ्य अध्ययन तथा छानबिन गर्न प्रदेश सचिव आसमान तामाङको संयोजकत्वमा समिति गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सात दिनभित्र प्रतिवेदन पेस गर्ने गरी समिति गठन गर्ने निर्णय गरेको हो । आइतबार दिउँसो भोजपुरबाट सुनसरीको वराहक्षेत्रस्थित चतरातर्फ आउँदै गर्दा अरुण र दूधकोशी दोभानमा दुर्घटनामा पर्दा तीन जनाको ज्यान गएको थियो भने तिन वेपत्ता भएका छन् । ज्यान गुमाउनेमा सुनसरीकी लिला राई र आर्या राई र भोजपुरका रत्नबहादुर नेपाली रहेका छन् । घटनाप्रति मन्त्रिपरिषद्ले दुःख व्यक्त गर्दै दुर्घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पणका साथ शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै हराइरहेका व्यक्तिको उद्धारका लागि सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला एवं कानुनमन्त्री गोम्बु शेर्पाले जानकारी दिए । मन्त्री शेर्पाका अनुसार मन्त्रिपरिषद् बैठकले मुख्य न्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णयसमेत गरेको छ । मन्त्रिपरिषद् बैठकले कोशी प्रदेश समन्वयात्मक पर्यटकीय सेवा कक्ष तथा हटलाइन सञ्चालन निर्देशिका, २०८३ स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइनपाना

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रौतहटमा स्रोत नखुलेको १० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ
Latest NewsJust now

रौतहटमा स्रोत नखुलेको १० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

जनकपुरधाम । रौतहटमा स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहारस्थित मोतिहारी जिल्ला घोडासन ग्रामका ३३ वर्षीय टुना दास रहेका छन्... ...

रातोपाटी
इरानमाथि आक्रमण गर्ने ट्रम्पको चेतावनी, तेहरानको कडा जवाफ
Latest NewsJust now

इरानमाथि आक्रमण गर्ने ट्रम्पको चेतावनी, तेहरानको कडा जवाफ

काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि कुनै समयमा पुनः आक्रमण गर्न सक्ने चेतावनी दिएका छन्। इरानी सेनाले भने अमेरिकाले नयाँ आक्रमण गरे त्यसको जवाफ पहिलेभन्दा व्यापक र निर्णायक हुने... ...

रातोपाटी
रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त
Latest NewsJust now

रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त

किएभ । रुस र युक्रेनका आपत्कालीन चेतावनी प्रणालीमा साइबर आक्रमण भएपछि दुवै देशले एकअर्कामाथि आरोप लगाएका छन् । अक्टोबर २७ देखि नोभेम्बर १ सम्म लागू युद्धविराम समाप्त भएसँगै दुई देशबीच सैन्य तनाव पुनः बढ्ने चिन्ता देखिएको छ । रुसको आपत्कालीन मन्त्रालयले आफ्नो मोबाइल एपमा भएको साइबर आक्रमणबाट सर्वसाधारणलाई ड्रोन आक्रमणलगायत खतराबारे गलत सूचना पठाइएको जनाएको छ । यसअघि युक्रेनको चेतावनी प्रणालीमा ...

केन्द्रबिन्दु
तत्काल संसद् बैठक बोलाउन विपक्षी दलहरूको माग
Latest NewsJust now

तत्काल संसद् बैठक बोलाउन विपक्षी दलहरूको माग

काठमाण्डु– विपक्षी दलहरुले तत्काल संसद बैठक बोलाउन माग गरेका छन् । प्रमुख प्रतिपक्षी दल काँग्रेसको आह्वानमा संघीय संसदका दुवै सदनमा प्रतिनिधित्व गर्ने दलहरुको सोमबार सिंहदरबारमा बसेको बैठकले उक्त माग गरेको हो । सरकारका पछिल्ला गतिविधि र समसामयिक राजनीतिक विषयमा छलफल गर्न विपक्षी दलहरूले तत्काल संसद् बैठक आह्वान गर्न माग गरिएको बैठकमा सहभागी नेपाली कम्युनिष्ट पार्टीका […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play