Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

सञ्चारगृहमा प्रहरी प्रवेश गराएर पत्रकार पक्राउ गर्नु लोकतन्त्रमाथिको प्रहार : रवि किरण हमाल

Share:WhatsAppFacebookX (Twitter)Telegram
सञ्चारगृहमा प्रहरी प्रवेश गराएर पत्रकार पक्राउ गर्नु लोकतन्त्रमाथिको प्रहार : रवि किरण हमाल
Photo / Coverage: अनलाइनपाना

काठमाडौं । जेनजी अभियान्ता रवि किरण हमालले सञ्चारगृहमा प्रहरी प्रवेश गराएर पत्रकार पक्राउ गर्ने कार्यप्रति कडा आपत्ति जनाउँदै यस्तो अराजकीय व्यवहार तत्काल बन्द गर्न माग गरेका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै हमालले सत्ता आलोचनादेखि डराएर प्रेस स्वतन्त्रतामाथि धावा बोल्नु लोकतन्त्रविरुद्धको कदम भएको बताएका छन् । उनले राज्यका सम्पूर्ण संयन्त्र—कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासमेत बिचौलियाको चङ्गुलमा फस्ने, लुटतन्त्रको साम्राज्य खडा हुने र गुण्डराज चल्ने अवस्था सिर्जना हुँदा त्यसविरुद्ध सत्य उजागर गर्ने पत्रकारलाई नै दबाउने प्रवृत्ति गम्भीर निरंकुशता र अराजकताको पराकाष्ठा भएको टिप्पणी गरेका छन्। ‘पत्रकारको कलम तर्साएर सत्यलाई कैद गर्न सकिँदैन,’ हमालले भनेका छन् । उनले लोकतान्त्रिक मूल्य र नागरिक स्वतन्त्रतामाथि हमला हुँदा मौन नबस्नसमेत नागरिकलाई आह्वान गरेका छन् । ‘विनाशकाले विपरीत बुद्धि’ भन्दै आफ्नो धारणा सुरु गरेका हमालले प्रेस स्वतन्त्रताको रक्षा लोकतन्त्र र नागरिकको अभिव्यक्ति स्वतन्त्रताको रक्षासँग जोडिएको बताएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइनपाना

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भोटेकोसी बाढीबारे चीनले आफ्नै नागरिकलाई समेत तत्काल सूचना दिन भ्याएन: परराष्ट्र सचिव राई
Latest NewsJust now

भोटेकोसी बाढीबारे चीनले आफ्नै नागरिकलाई समेत तत्काल सूचना दिन भ्याएन: परराष्ट्र सचिव राई

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले गत भदौ १० गते आएको भोटेकोसी बाढीका बारेमा चीन सरकारले तत्काल सूचना नदिएको बताएका छन्। राष्ट्रिय सभा अन्तर्गतको भोटेकोसी एवं कालीगण्डकी कोरिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा उनले चिनियाँ पक्षले नेपाललाई तत्काल सूचना उपलब्ध गराउन नसकेको बताएका हुन्। उनले यसबारेमा चिनियाँपक्षलाई आफूले ध्यानाक... ...

नेपालखबर
महाभियोगबारे सत्तारुढ नै स्पष्ट छैन : भीष्मराज आङ्देम्बे
Latest NewsJust now

महाभियोगबारे सत्तारुढ नै स्पष्ट छैन : भीष्मराज आङ्देम्बे

काठमाडौँ। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले महाअभियोगबारे सत्तारुढ दल नै स्पष्ट नभएको बताएका छन्। विपक्षी दलको सोमबार सिंहदरबारमा बसेको बैठकपछि उनले यस्तो बताएका हुन्। ‘उहाँहरूकै बिचमा पनि कसलाई, कहाँ कसरी... ...

रातोपाटी
सरकारविरुद्ध साझा रणनीति बनाउन जुटे प्रतिपक्षी दल
Latest NewsJust now

सरकारविरुद्ध साझा रणनीति बनाउन जुटे प्रतिपक्षी दल

काठमाडौं।सरकारको कार्यशैली र प्रेसमाथिको हस्तक्षेपलगायत विषयमा छलफल गर्न प्रतिपक्षी दलहरूको बैठक सिंहदरबारमा सुरु भएको छ। नेपाली कांग्रेसको आह्वानमा सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बसेको हो। बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे, नेकपा (एमाले) संसदीय दलका उपनेता पद्मा अर्याल, नेकपा संसदीय दलका उपनेता प्रमेश हमाल र नेता वर्षमान पुन सहभागी छन्। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओली ...

नेपालन्युज
कर्णाली काठमाडौंलाई दियो १८१ रनको लक्ष्य
Latest NewsJust now

कर्णाली काठमाडौंलाई दियो १८१ रनको लक्ष्य

• कर्णाली याक्सले काठमाडौं गोर्खाजलाई १८१ रनको लक्ष्य दिएको छ, २० ओभरमा १८० रन बनाउँदै। • ओपनर अरिफुल इस्लामले ४४ रन बनाए, जबकि पवन सर्राफ र हुसेन तलतले क्रमशः ३० र ४० रनको योगदान गरे। • काठमाडौं गोर्खाजका कप्तान करण केसीले दुई विकेट लिए, अन्य खेलाडीहरूले एक-एक विकेट हात पारे। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play