Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

अपि हिमाल पर्यटन उत्सव आयोजना हुँदै, पूर्वाधार विकाससँगै स्थानीय रोजगारी र आयआर्जनमा जोड

Share:WhatsAppFacebookX (Twitter)Telegram
अपि हिमाल पर्यटन उत्सव आयोजना हुँदै, पूर्वाधार विकाससँगै स्थानीय रोजगारी र आयआर्जनमा जोड
Photo / Coverage: टक्सार

काठमाडाैँ । सुदूरपश्चिम प्रदेशकै अग्लो हिमाल अपिलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित दार्चुलाको अपिहिमाल गाउँपालिकाले तीनदिने ‘अपि हिमाल पर्यटन उत्सव’ आयोजना गर्ने भएको छ । कात्तिक १७ गते मंगलबार देखि १९ गतेसम्म गाउँपालिका–१ स्थित अपि हिमाल बेसक्याम्पको पिलकन्दमा आयोजना हुने उत्सवले अपिको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्नुका साथै स्थानीय रोजगारी र आयआर्जनका अवसर विस्तार गर्ने अपेक्षा गरिएको छ । अपिहिमाल गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराकाअनुसार अपि हिमाल सरकारले पहिचान गरेका सय पर्यटकीय गन्तव्यमा परेपनि पर्याप्त प्रचारप्रसार हुन नसकेकाले उत्सव मार्फत पर्यटन प्रवर्धनलाई प्राथमिकता दिइएको बताए । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) को दिगो पर्यटन परियोजना मार्फत पनि विगत केही वर्षदेखि अपि हिमालको पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन हुँदै आएका छन् । यो परियोजनाले सन् २०२५ देखि अपिमा पर्यटकको सङ्ख्या वृद्धि गर्ने, स्थानीय समुदायको आयआर्जन बढाउने र ग्रामीण अर्थतन्त्रलाई पर्यटन तथा उद्यमशीलतासँग जोड्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । यूएनडीपीको दिगो पर्यटन परियोजनाका प्रवन्धक धर्मराज दवाडीले तीनदिने उत्सवलाई केवल पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा सिमित नराखी स्थानीय कला, संस्कृति, खेलकुद र साहित्य पर्यटन तथा जलवाय परिर्वतनको बहस लगायत कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । अपि हिमाल सुदूरपश्चिम प्रदेशकै अग्लो हिमाल भएपनि पर्याप्त प्रचारप्रसार हुन नसकेको उनले बताए । अपिलाई देशविदेशमा चिनाउँदै पर्यटन प्रवद्र्धन, स्थानीय रोजगारी र आयआर्जन बढाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड र यूएनडीपीको दिगो पर्यटन परियोजनामार्फत विगत केही वर्षदेखि काम गर्दै आएका छ । यसैको निरन्तरताका रूपमा पर्यटन उत्सव आयोजना गरिएको उनकाे भनाइ छ । तीनदिने उत्सवमा स्थानीय कला संस्कृति, क्रिकेट, भलिबल, साहित्यिक महोत्सव, योग, ध्यान र जलवायु संवादका कार्यक्रम राखिएकाे उनले उल्लेख गरे । उनले भने, “स्थानीय संस्कृति र खेलकुदलाई पर्यटनसँग जोड्दै कलाकार तथा समुदायका लागि आयआर्जनका अवसर सिर्जना गर्नु यसको उद्देश्य हो । हामीले सन् २०२५ देखि अपि हिमाललाई प्राथमिकताप्राप्त पदमार्गका रूपमा अघि बढाएका छौँ । अपि हिमालको पर्यटन प्रवद्र्धनलाई एकपटकको उत्सवमा मात्र सीमित नराखी दीर्घकालीन योजनाका साथ अघि बढाउने हाम्रो तयारी छ । यसपटकको उत्सवमा सहभागी पर्यटकबाट अपिको पर्यटन विकासका सम्भावना, समस्या र सुधारका विषयमा सुझाव तथा तथ्याङ्क सङ्कलन गरिनेछ । पर्यटकबाट प्राप्त सुझावका आधारमा अपिको छुट्टै बजारीकरण रणनीति तयार गरी त्यसअनुसार प्राथमिकताका कार्यक्रम सञ्चालन गर्ने योजना छ । अहिले पाँचदेखि छ हजार स्वदेशी र करिब चारदेखि पाँच सय विदेशी पर्यटक अपि पुग्ने गरेका छन् । आगामी केही वर्षभित्र वार्षिक ४० देखि ५० हजार पर्यटक पु¥याउने लक्ष्य छ । त्यसका लागि पूर्वाधार विकास, स्थानीय क्षमता अभिवृद्धि र छुट्टै बजारीकरण रणनीति तयार गर्दै अपिको प्राकृतिक सौन्दर्यलाई देशविदेशमा चिनाउने हाम्रो प्राथमिकता छ ।” प्रवन्धक दवाडीकाअनुसार पहिलो दिन उद्घाटनसँगै स्थानीय कला संस्कृति र नाच प्रस्तुत गरिनेछ । स्थानीय कलाकारको आत्मविश्वास बढाउने, परम्परागत संस्कृति संरक्षण गर्ने र त्यसलाई पर्यटन तथा आयआर्जनसँग जोड्ने उद्देश्यले सांस्कृतिक कार्यक्रम राखिएको उनले बताए । दोस्रो दिन धनगढी–११ र अपि–११ बीच क्रिकेट महोत्सवसँगै भलिबललगायत स्थानीय खेलकुद प्रतियोगिता आयोजना गरिनेछ । यसले अपिलाई खेल पर्यटनको गन्तव्यका रूपमा समेत चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । तेस्रो दिन साहित्यिक महोत्सव,योग, ध्यान र आरोग्य पर्यटन बारे छलफल गरिने छ । नेपाल सरकारले सन् २०२७ लाई आरोग्य पर्यटन वर्षका रूपमा मनाउने तयारी र यससम्बन्धी रणनीति तथा कार्ययोजनालाई समेत ध्यानमा राखेर अपि पदमार्गलाई आरोग्यमैत्री पर्यटन गन्तव्यका रूपमा विकास गर्ने सोच परियोजनाले अघि सारेको प्रबन्धक दवाडीले बताए । जलवायु परिवर्तनका कारण पर्यटन तथा पर्यटकीय क्षेत्रमा परिरहेको प्रभाव न्यूनीकरण गर्न स्थानीय समुदाय, पर्यटन व्यवसायी र सरोकारवालालाई सचेत गराउने उद्देश्यले उत्सवमा जलवायु संवाद लगायतका कार्यक्रम पनि समावेश गरिएको छ । परियोजना अन्र्तगत पर्यटकलाई आवश्यक पर्ने सेवा सुविधाको स्तरोन्नति गर्न स्थानीय होटल, होमस्टे र लज सञ्चालकको क्षमता अभिवृद्धि गर्ने, आवश्यक स्थानमा नयाँ सेवा केन्द्र स्थापना गर्ने तथा पदमार्गमा सूचना बोर्ड, साइनेज, स्नो पोल मार्कर, पर्यटक विश्रामस्थल र सूचना केन्द्र निर्माण गर्ने काम भइरहेको छ । गाउँपालिकाका अध्यक्षका अनुसार, अपि हिमालमा पर्यटन प्रवद्र्धनका कार्यक्रम अघि बढेसँगै स्थानीय होटल तथा होमस्टेको सङ्ख्या र सेवा क्षमता दुवैमा वृद्धि भएको छ । होटल तथा होमस्टेमा काम गर्ने कर्मचारीको सङ्ख्या बढेको छ भने स्थानीय गाइड, ट्रेकिङ गाइड र पोर्टरको सङ्ख्यामा पनि उल्लेखनीय वृद्धि भएको छ । स्थानीय उत्पादनलाई पर्यटकसँग जोड्न सूचना केन्द्रसँगै विभिन्न स्थानमा कोसेली घर सञ्चालन तथा प्रवद्र्धन गरिएको छ । राष्ट्रिय नाचघरसँगको समन्वयमा सांस्कृतिक प्याकेजसमेत विकास गरिएको छ । अपिलाई सांस्कृतिक केन्द्रका रूपमा प्रवद्र्धन गर्ने प्रयास भइरहेको उनले जानकारी दिए । केही वर्षअघिसम्म अपि हिमाल पुग्ने स्वदेशी पर्यटकको सङ्ख्या निकै न्युन थियो भने विदेशी पर्यटक फाट्टफुट्ट मात्रै पुग्ने गरेका थिए । अहिले बार्षिक पाँच सय विदेशी सहित करिब छ हजार पर्यटक अपि पुगेको गाउँपालिकाले जनाएको छ । पर्यटकको आगमन बढेसँगै स्थानीय होटल, होमस्टे, गाइड तथा अन्य सेवा प्रदायकको आम्दानीमा वृद्धि भएको र पर्यटनसँग जोडिएका रोजगारीका अवसरसमेत विस्तार हुँदै गएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रौतहटमा स्रोत नखुलेको १० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ
Latest NewsJust now

रौतहटमा स्रोत नखुलेको १० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

जनकपुरधाम । रौतहटमा स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहारस्थित मोतिहारी जिल्ला घोडासन ग्रामका ३३ वर्षीय टुना दास रहेका छन्... ...

रातोपाटी
इरानमाथि आक्रमण गर्ने ट्रम्पको चेतावनी, तेहरानको कडा जवाफ
Latest NewsJust now

इरानमाथि आक्रमण गर्ने ट्रम्पको चेतावनी, तेहरानको कडा जवाफ

काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि कुनै समयमा पुनः आक्रमण गर्न सक्ने चेतावनी दिएका छन्। इरानी सेनाले भने अमेरिकाले नयाँ आक्रमण गरे त्यसको जवाफ पहिलेभन्दा व्यापक र निर्णायक हुने... ...

रातोपाटी
रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त
Latest NewsJust now

रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त

किएभ । रुस र युक्रेनका आपत्कालीन चेतावनी प्रणालीमा साइबर आक्रमण भएपछि दुवै देशले एकअर्कामाथि आरोप लगाएका छन् । अक्टोबर २७ देखि नोभेम्बर १ सम्म लागू युद्धविराम समाप्त भएसँगै दुई देशबीच सैन्य तनाव पुनः बढ्ने चिन्ता देखिएको छ । रुसको आपत्कालीन मन्त्रालयले आफ्नो मोबाइल एपमा भएको साइबर आक्रमणबाट सर्वसाधारणलाई ड्रोन आक्रमणलगायत खतराबारे गलत सूचना पठाइएको जनाएको छ । यसअघि युक्रेनको चेतावनी प्रणालीमा ...

केन्द्रबिन्दु
तत्काल संसद् बैठक बोलाउन विपक्षी दलहरूको माग
Latest NewsJust now

तत्काल संसद् बैठक बोलाउन विपक्षी दलहरूको माग

काठमाण्डु– विपक्षी दलहरुले तत्काल संसद बैठक बोलाउन माग गरेका छन् । प्रमुख प्रतिपक्षी दल काँग्रेसको आह्वानमा संघीय संसदका दुवै सदनमा प्रतिनिधित्व गर्ने दलहरुको सोमबार सिंहदरबारमा बसेको बैठकले उक्त माग गरेको हो । सरकारका पछिल्ला गतिविधि र समसामयिक राजनीतिक विषयमा छलफल गर्न विपक्षी दलहरूले तत्काल संसद् बैठक आह्वान गर्न माग गरिएको बैठकमा सहभागी नेपाली कम्युनिष्ट पार्टीका […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play