कामना सेवा फुटसल कप सिजन ६ को तयारी पूरा: ट्रफी, जर्सी र ब्रान्ड एन्थम सार्वजनिक

काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले आयोजना गर्न लागेको ‘कामना सेवा फुटसल कप सिजन ६’ को टाइ–सिट ड्र, जर्सी तथा ट्रफी अनावरण र प्रतियोगिताको ब्रान्ड एन्थम सार्वजनिक गरेको छ। बैंकले आयोजना गरेको कार्यक्रममा सहभागी टोलीका प्रतिनिधि, टिम म्यानेजर, एन्फा रेफ्री तथा बैंकका कर्मचारीको उपस्थिति थियो। कार्यक्रममा बैंकका प्रमुख सञ्चालन अधिकृत रघुनाथ त्रिपाठीले फुटसल कप बैंकका लागि प्रतियोगितामा मात्र सीमित नभई खेलकुदमार्फत समाज र युवासँग जोडिने माध्यम भएको बताए। खेलकुदले स्वस्थ जीवनशैली, अनुशासन र सामूहिक कार्यको भावना विकास गर्ने उल्लेख गर्दै उनले बैंकले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जानकारी दिए। कार्यक्रममा त्रिपाठीले प्रतियोगिताको ब्रान्ड एन्थम सार्वजनिक गर्नुका साथै सहभागी टोलीका टिम म्यानेजरलाई जर्सी हस्तान्तरण गरे। सोही अवसरमा प्रतियोगिताको टाइ–सिट ड्र पनि सार्वजनिक गरिएको थियो। गत सिजनको पुरुषतर्फको उपाधि विजेता सिद्धार्थ बैंक र महिलातर्फको उपाधि विजेता लुम्बिनी विकास बैंकका प्रतिनिधिले पनि कार्यक्रममा मन्तव्य राखेका थिए। उनीहरूले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीबीच आपसी सद्भाव र भाइचारा अभिवृद्धि गर्न प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। साथै, प्रतियोगिता आयोजना गरेकोमा कामना सेवा विकास बैंकलाई धन्यवाद दिँदै सहभागी टोलीलाई शुभकामना व्यक्त गरे। कार्यक्रममा फिफा–एएफसी एलिट असिस्टेन्ट रेफ्री हरिश कार्कीले प्रतियोगितामा लागू हुने खेल नियमबारे जानकारी गराएका थिए। उनले खेल अनुशासन, फाउल तथा रेफ्रीका निर्णयसम्बन्धी नियम स्पष्ट रूपमा बुझेर स्वच्छ र प्रतिस्पर्धात्मक खेल प्रदर्शन गर्न सहभागी टोलीलाई आग्रह गरे। कार्यक्रममा साफ फुटसल रेफ्री सङ्गीता सुनुवारको पनि उपस्थिति थियो। यस सिजनको प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १० गरी कुल ३० टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता २०८३ कात्तिक १४ र १५ गते शनिबार र आइतबार धन्वन्तरी फुटसल कोर्टमा सञ्चालन हुनेछ। खेलकुदको प्रवर्द्धन, युवा प्रतिभालाई अवसर प्रदान तथा महिला सहभागितालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बैंकले जनाएको छ। बैंकले आगामी दिनमा पनि खेलकुदसम्बन्धी यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
Read Complete Original Article
Published originally on अनलाइनपाना
Related News
![कोप-३१ को तयारी तीव्र, जलवायु सम्मेलनबाट सुझाव संकलन गरिने [भिडियो]](https://hamrakura.com/uploads/news/images/gita-chaudhary-11-07.jpg)
कोप-३१ को तयारी तीव्र, जलवायु सम्मेलनबाट सुझाव संकलन गरिने [भिडियो]
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ...

एनपीएलमा पोखराविरुद्ध सुदूरपश्चिमको सहज जित
सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई सहजै ६ विकेटले हराएको हो । ...

पोखरालाई हराउँदै सुदूरपश्चिमको विजयी सुरुवात
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेञ्जेर्सलाई ६ विकेटले हराएको छ । बुधबार भएको खेलमा पोखरालाई हराएसँगै सुदूरपश्चिमले तेस्रो संस्करणको एनपीएलमा पहिलो जित... ...

कप्तान ऐरीको अर्धशतकमा पोखरामाथि सुदूरपश्चिमको सहज जीत
कप्तान दिपेन्द्र सिंह ऐरी र इसान पाण्डेको उत्कृष्ट साझेदारीमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्समाथि सहज जित हात पारेको छ। जारी एनपीएलकै सबैभन्दा बढी रनको साझेदारी गर्दै धरापमा पर्न लागेको सुदूरपश्चिमलाई इसानसँग बलियो साझेदारी गर्दै कप्तान ऐरीले जीतको बाटो देखाए। दिपेन्द्र र इसानले चौथो विकेटका लागि ७४ रनको साझेदारी गरे। बंगलादेशी अलराउन्डर मेहदी हसन... ...


