Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम खेल्दै, सकिबको खेल हेर्न पाइने

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम खेल्दै, सकिबको खेल हेर्न पाइने
Photo / Coverage: अनलाइनपाना

नेपाल प्रिमियर लिग (एनपीएल) ३ मा बुधबार सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स र खेल्दैछन्। सिजनको पहिलो खेल खेल्न लागेको पोखरा विजयी शुरुवात गर्न चाहन्छ भने आफ्नो पहिलो खेलमा पराजित सुदूरपश्चिम जित हात पार्दै प्रतियोगितामा फर्कन चाहन्छ । सुदूरपश्चिम यसअघिका दुबै प्रतियोगितामा फाइनल पुगेको टोली हो भने पोखरा दुबैपटक प्लेअफमा नपुगि घर फर्किएको थियो । पोखराले यसपटक बंगलादेशका शाकिब अल हसन जस्ता कुनै बेलामा विश्व नम्बर एक अलराउन्डरलाई टोलीमा समेटेको छ । पोखरामा यसपटक उनीसहित तीन बंगलादेशी र तीन श्रीलंकाली खेलाडी छन् । धनन्जय लक्षणा, महेदी हसन, चमिका करुणारत्ने र मोहम्मद सैफुद्दिनलगायत विदेशी खेलाडीमा पोखराले ठुरो भरोसा गरेको छ । तर उसका लागि कप्तान कुशल भुर्तेल लयमा नहुनु समस्या हुन सक्छ । पोखरामा दिनेश खरेल, अर्जुन कुमाल, अर्जुन घर्ती, किरण ठगुन्नालगायत ब्याटर तथा आकाश चन्द, बिपिन खत्री र सागर ढकाल राम्रा बलर छन् । यसकारण पोखराको टोली सँधैभन्दा बलियो रहेको आँकलन गरिएको छ । यसैगरी दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्समा सेफ जैब, ब्रान्डन म्याकमुलन, शेरफन रदरफोर्ड र स्कट कुगेलेइनजस्ता विदेशी खेलाडी छन् भने आरिफ शेख, इशान पाण्डे, विनोद भण्डारीजस्ता ब्याटर तथा हेमन्त धामी, अनिल खरेल र अविनाश बोहरा जस्ता बलर छन् । एनपीएलका यसअघिका दुई सिजनमा भएका दुई खेलमा दुबै खेल सुदूरपश्चिमले जितेको छ । तसर्थ आजको खेल पोखराका लागि ती दुबै हारको बदला लिने अवसर पनि हुनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइनपाना

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रौतहटमा स्रोत नखुलेको १० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ
Latest NewsJust now

रौतहटमा स्रोत नखुलेको १० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

जनकपुरधाम । रौतहटमा स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहारस्थित मोतिहारी जिल्ला घोडासन ग्रामका ३३ वर्षीय टुना दास रहेका छन्... ...

रातोपाटी
इरानमाथि आक्रमण गर्ने ट्रम्पको चेतावनी, तेहरानको कडा जवाफ
Latest NewsJust now

इरानमाथि आक्रमण गर्ने ट्रम्पको चेतावनी, तेहरानको कडा जवाफ

काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि कुनै समयमा पुनः आक्रमण गर्न सक्ने चेतावनी दिएका छन्। इरानी सेनाले भने अमेरिकाले नयाँ आक्रमण गरे त्यसको जवाफ पहिलेभन्दा व्यापक र निर्णायक हुने... ...

रातोपाटी
रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त
Latest NewsJust now

रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त

किएभ । रुस र युक्रेनका आपत्कालीन चेतावनी प्रणालीमा साइबर आक्रमण भएपछि दुवै देशले एकअर्कामाथि आरोप लगाएका छन् । अक्टोबर २७ देखि नोभेम्बर १ सम्म लागू युद्धविराम समाप्त भएसँगै दुई देशबीच सैन्य तनाव पुनः बढ्ने चिन्ता देखिएको छ । रुसको आपत्कालीन मन्त्रालयले आफ्नो मोबाइल एपमा भएको साइबर आक्रमणबाट सर्वसाधारणलाई ड्रोन आक्रमणलगायत खतराबारे गलत सूचना पठाइएको जनाएको छ । यसअघि युक्रेनको चेतावनी प्रणालीमा ...

केन्द्रबिन्दु
तत्काल संसद् बैठक बोलाउन विपक्षी दलहरूको माग
Latest NewsJust now

तत्काल संसद् बैठक बोलाउन विपक्षी दलहरूको माग

काठमाण्डु– विपक्षी दलहरुले तत्काल संसद बैठक बोलाउन माग गरेका छन् । प्रमुख प्रतिपक्षी दल काँग्रेसको आह्वानमा संघीय संसदका दुवै सदनमा प्रतिनिधित्व गर्ने दलहरुको सोमबार सिंहदरबारमा बसेको बैठकले उक्त माग गरेको हो । सरकारका पछिल्ला गतिविधि र समसामयिक राजनीतिक विषयमा छलफल गर्न विपक्षी दलहरूले तत्काल संसद् बैठक आह्वान गर्न माग गरिएको बैठकमा सहभागी नेपाली कम्युनिष्ट पार्टीका […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play