
सोमबार ४ अंकले बढ्यो नेप्से परिसूचक, बजार २५९५.८१ बिन्दुमा
काठमाडौँ । साताको कारोबारको पहिलो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । सोमबार नेप्से परिसूचक ४ अंकले बढेर २५९५.८१ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३५४ कम्पनीको १ करोड २७ लाख १९ हजार ७३४ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्ब ४६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार कुमारी बैंक लिमिटेडको भएको छ ...



