Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

हेलिकप्टर दुर्घटनाका घाइतेलाई मेडिसिटी अस्पताल ल्याइयो

Share:WhatsAppFacebookX (Twitter)Telegram
हेलिकप्टर दुर्घटनाका घाइतेलाई मेडिसिटी अस्पताल ल्याइयो
Photo / Coverage: पर्दाफास

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा दुई हेलिकप्टर ठोक्किँदा एक भारतीय पर्यटकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । घाइतेलाई उद्धार गरी ललितपुरस्थित मेडिसिटी अस्पताल ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार मंगलबार बिहान ८ बजेर ११ मिनेटमा फिस्टेल एयर र डाइनास्टिक एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा आपसमा ठोक्किएका हुन् । दुर्घटनामा भारतीय नागरिक वसन्त कुमार बालारामारामाडुको मृत्यु भएको तामाङले नेपाल न्युज बैंकलाई जानकारी दिए । दुर्घटनामा घाइते भएका शैलेश कृष्ण पटेललाई प्रभु हेलिकप्टरमार्फत उद्धार गरी मेडिसिटी अस्पताल पु¥याइएको उनले बताए । प्रहरीका अनुसार पटेलसँग भारतीय राहदानी भए पनि उनी न्युजिल्यान्डका नागरिक हुन् । दुर्घटनामा मृत्यु भएका व्यक्तिको शव लुक्लास्थित अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न दुवै हेलिकप्टरका पाइलट सकुशल रहेको प्रहरी निरीक्षक तामाङले बताए । दुर्घटनाका बेला दुवै हेलिकप्टरमा कति यात्रु सवार थिए भन्ने विवरण खुल्न बाँकी छ । घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सिटिजन्स बैंकको नयाँ शाखा बट्टारमा सञ्चालन, ग्राहकलाई अब सहज हुने
OthersJust now

सिटिजन्स बैंकको नयाँ शाखा बट्टारमा सञ्चालन, ग्राहकलाई अब सहज हुने

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेको सिटिजन्स बैंकको नुवाकोटस्थित देवीघाट शाखाको सेवा अब बट्टारबाट सञ्चालन हुने भएको छ । बैंकले विदुर नगरपालिका–२, बट्टारमा आजदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यसअघि सञ्चालनमा रहेको देवीघाट शाखाबाट बट्टार शाखा करिब ७ किलोमिटरको दूरीमा रहेको छ । बट्टारमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत […] ...

लोकपथ
तिहारमा प्लास्टिकका फूलमाला बेचे जफत हुने
OthersJust now

तिहारमा प्लास्टिकका फूलमाला बेचे जफत हुने

१७ कात्तिक, काठमाडौं । नजिकिँदै गरेको दीपावली (तिहार) पर्वलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र प्लास्टिकजन्य फूल, फूलको माला तथा सजावटका विभिन्न सामग्री बिक्री वितरणमा पूर्ण रूपमा रोक लगाएको छ । महानगरले स्वदेशी फूल र मालाको प्रयोगलाई प्राथमिकता दिई बिक्री वितरण गर्न सम्पूर्ण व्यवसायी, व्यापारी तथा सर्वसाधारणमा अनुरोध गरेको छ । काठमाडौं महानगरपालिका, नगर कार्यपालिकाको… ...

अनलाइन खबर
नदी नियन्त्रणका लागि छुट्याइएको बजेटको २३.४ प्रतिशत खर्च
OthersJust now

नदी नियन्त्रणका लागि छुट्याइएको बजेटको २३.४ प्रतिशत खर्च

नदी नियन्त्रण तथा जल उत्पन्न विपद् व्यवस्थापनका कार्यक्रमले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३४.९ प्रतिशत भौतिक प्रगति हासिल गरेका छन् । तर, सोही अवधिमा विनियोजित त्रैमासिक बजेटको २३.४ प्रतिशत मात्रै खर्च भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन महाशाखाका अनुसार चालु आर्थिक वर्षमा नदी नियन्त्रणसम्बन्धी कार्यक्रमका लागि ५ अर्ब २० करोड ९० लाख रुपैयाँ ...

पर्दाफास
स्याङ्जा नागरिकता किर्ते प्रकरण : ताकेतापछि मात्रै ३ कर्मचारी पक्राउ
OthersJust now

स्याङ्जा नागरिकता किर्ते प्रकरण : ताकेतापछि मात्रै ३ कर्मचारी पक्राउ

प्रशासनले छानबिन गरी प्रमाणसहित कारबाहीका लागि पठाएको करिब दुई महिनापछि तीन कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play