Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

काठमाडौँमा प्लास्टिकका फूल र माला बिक्रीमा प्रतिबन्ध, स्वदेशी फूल बिक्रीका लागि ३३ स्थान तोकियो

Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमाडौँमा प्लास्टिकका फूल र माला बिक्रीमा प्रतिबन्ध, स्वदेशी फूल बिक्रीका लागि ३३ स्थान तोकियो
Photo / Coverage: टक्सार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले तिहार (दीपावली) पर्वलाई लक्षित गर्दै महानगर क्षेत्रभित्र प्लास्टिकजन्य फूल, माला तथा सजावटका सामग्री बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ। महानगरपालिकाले नेपाली किसानले उत्पादन गरेका फूल तथा माला बिक्री वितरणका लागि महानगरका विभिन्न ३३ स्थान तोकेको छ। महानगरपालिकाले सूचना जारी गर्दै स्वदेशी फूल तथा मालाको बिक्री वितरणलाई प्राथमिकता दिन व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई आग्रह गरेको हो। प्लास्टिकजन्य वा गुणस्तर कायम नभएका फूल, माला तथा सजावटका सामग्री बिक्री वितरण गरेको पाइएमा त्यस्ता सामग्री जफत गरिने महानगरपालिकाले जनाएको छ। नेपाली किसानले उत्पादन गरेका फूल तथा मालाको बिक्री वितरणलाई सहज बनाउन महानगर प्रहरी बलले सरोकारवाला निकायसँगको समन्वयमा बिक्रीस्थल निर्धारण गरेको हो। महानगरपालिकाले सार्वजनिक गरेको सूचनाअनुसार बिक्रीका लागि निम्न स्थान तोकिएका छन्। नयाँ बानेश्वर: एनबी सेन्टर, आई प्लेक्स मल शंखमूल: बिग मार्ट मध्य बानेश्वर: सेल्सबेरी बत्तीसपुतली: फोनिक्स टावर तिनकुने: तिनकुने चौर सिफल: सिफल चौर चाबहिल: एसी कम्प्लेक्स, गणेशस्थान तरकारी बजार, केएल टावर अगाडि चेतना गृह स्वयम्भू: धर्मचक्र पार्क कालिमाटी: कालिमाटी ब्याङ्क्वेट, घोबेल कलंकी: भाटभटेनी नयाँ बजार: थ्याली कोल्ड स्टोर माछापोखरी: बुद्ध महल, गुणस्तर खाल्डो हाडीगाउँ: वडा नम्बर ५ अगाडिको डबली र गणेश मन्दिर डबली सामाखुसी: कोइराला स्मार्ट, वडा नम्बर २६ महाराजगञ्ज: सेल्सबेरी गोंगबु: बिग मार्ट चप्पल कारखाना: बिग मार्ट बालुवाटार: बिग मार्ट कमलादी: काठमाडौं महानगरपालिका वडा नम्बर २८ स्थित आईटी बिल्डिङ पुतलीसडक: स्टार मल अनामनगर: काठमाडौं महानगरपालिका वडा नम्बर २९ स्थित भाटभटेनी टेवहाल: मन्दिर परिसर सुन्धारा: काठमाडौं मल न्युरोड: बज्र कम्प्लेक्सस्थित गुड मार्ट लगन जैसीदेवल भृकुटीमण्डप महानगरपालिकाले स्वदेशी उत्पादनको प्रवर्द्धन, नेपाली किसानको उत्पादनलाई बजार उपलब्ध गराउने र प्लास्टिकजन्य सामग्रीको प्रयोग निरुत्साहित गर्ने उद्देश्यले यस्तो व्यवस्था गरेको जनाएको छ। महानगर प्रहरी बलले बिक्रीस्थल व्यवस्थापन तथा सहजीकरणका लागि सम्पर्क नम्बरसमेत सार्वजनिक गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
दुई सातापछि आज मन्त्रिपरिषद् बैठक बस्दै
Latest NewsJust now

दुई सातापछि आज मन्त्रिपरिषद् बैठक बस्दै

दुई सातापछि आज मंगलबार मन्त्रिपरिषद् बैठक बस्दै छ। प्रधानमन्त्री वालेन्द्र शाहले आज अपराह्न ३ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। दुई साता लामो समयपछि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। बैठक सिंहदरबारस्थित मन्त्रिपरिषद्‌को कार्यालयमा बस्नेछ। ...

नेपालखबर
८३ वर्षको उमेरमा पनि स्वास्थ्य स्वयंसेविकाका रूपमा सक्रिय कमला कार्की
Latest NewsJust now

८३ वर्षको उमेरमा पनि स्वास्थ्य स्वयंसेविकाका रूपमा सक्रिय कमला कार्की

काठमाडौँ । उमेरले ८३ वर्ष पुगिसक्दा पनि कमला कार्कीको सेवाभाव र सक्रियता घटेको छैन । तीन दशकभन्दा लामो समय महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा काम गरेकी उनी औपचारिक रूपमा सेवानिवृत्त भए... ...

रातोपाटी
विराटनगरमा रात्रिकालीन व्यवसायमा कडाइ, १० बजे नै गेट बन्द गर्नु पर्ने
Latest NewsJust now

विराटनगरमा रात्रिकालीन व्यवसायमा कडाइ, १० बजे नै गेट बन्द गर्नु पर्ने

विराटनगर महानगरपालिका क्षेत्रभित्र सञ्चालन हुने रात्रिकालीन तथा मनोरञ्जनात्मक व्यवसायहरूकाे लागि प्रशासनले कडाइ गरेको छ। जिल्ला प्रशासन कार्यालयले एक महिनाभित्र मोरङको स्थानीय परिवेश सुहाउँदो 'रात्रिकालीन तथा मनोरञ्जनात्मक व्यवसाय सञ्चालन सम्बन्धी एकीकृत मापदण्ड' तयार गरी पूर्ण रूपमा लागु नगर्दासम्म व्यवसायलाई कडाइ गरिएको जनाएको छ। उक्त मापदण्ड तयार भई लागु न... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play