Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

नदी नियन्त्रणका लागि छुट्याइएको बजेटको २३.४ प्रतिशत खर्च

Share:WhatsAppFacebookX (Twitter)Telegram
नदी नियन्त्रणका लागि छुट्याइएको बजेटको २३.४ प्रतिशत खर्च
Photo / Coverage: पर्दाफास

नदी नियन्त्रण तथा जल उत्पन्न विपद् व्यवस्थापनका कार्यक्रमले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३४.९ प्रतिशत भौतिक प्रगति हासिल गरेका छन् । तर, सोही अवधिमा विनियोजित त्रैमासिक बजेटको २३.४ प्रतिशत मात्रै खर्च भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन महाशाखाका अनुसार चालु आर्थिक वर्षमा नदी नियन्त्रणसम्बन्धी कार्यक्रमका लागि ५ अर्ब २० करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । पहिलो त्रैमासका लागि छुट्याइएको ६२ करोड ७४ लाख रुपैयाँमध्ये १४ करोड ७० लाख रुपैयाँ खर्च भएको हो । महाशाखाका प्रमुख रवीन्द्रबहादुर थापाका अनुसार पहिलो त्रैमासमा २.९ किलोमिटर तटबन्ध निर्माण र १ हेक्टर जग्गा उकास गरिएको छ । समग्रमा त्रैमासिक लक्ष्यको तुलनामा ३४.९ प्रतिशत भारित भौतिक प्रगति भएको उनले बताए । केही आयोजनाले भने निर्धारित त्रैमासिक लक्ष्यभन्दा बढी प्रगति गरेका छन् । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, भरतपुरले लक्ष्यको १६०.८ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । त्यस्तै, टार–बजार संरक्षण कार्यक्रमले १०८ प्रतिशत प्रगति गरेको छ । यसैगरी लमही (दाङ) ले ८६.५ प्रतिशत, कञ्चनपुरले ८२.५ प्रतिशत र जनकपुर (धनुषा) ले ८२.३ प्रतिशत भौतिक प्रगति हासिल गरेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
‘रामायण’ मा सीता बनेकी पल्लवी : मेकअप नरुचाउने, डन्डिफोरको धेरै चर्चा
OthersJust now

‘रामायण’ मा सीता बनेकी पल्लवी : मेकअप नरुचाउने, डन्डिफोरको धेरै चर्चा

नितेश तिवारीको बहुचर्चित तथा ठूलो बजेटको फिल्म रामायण तिहारको अवसरमा विश्वव्यापी रूपमा प्रदर्शन हुँदैछ । यस सिनेमामा रणबीर कपूर राम, यश रावण र साई पल्लवी सीताको भूमिकामा छन्। सिनेमाको यो कास्टिङलाई लिएर अहिले सामाजिक सञ्जालमा विभिन्न बहस भइरहेका छन् । विशेष गरी सीताको भूमिकामा साई पल्लवीलाई चयन गरिएको विषयलाई लिएर धेरै टिकाटिप्पणी भइरहेको देखिन्छ। केहीले… ...

अनलाइन खबर
आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै
OthersJust now

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

उक्त कार्यक्रमअन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका र जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइँदैछ । ...

अनलाइन खबर
युक्रेनमा रुसी हवाई आक्रमण : २६ जनाको मृत्यु, २७ जना बेपत्ता
OthersJust now

युक्रेनमा रुसी हवाई आक्रमण : २६ जनाको मृत्यु, २७ जना बेपत्ता

१७ कात्तिक, काठमाडौं । युक्रेनको दक्षिणी जापोरिजिया क्षेत्रमा रुसी सेनाको हवाई आक्रमणमा २६ जनाको मृत्यु भएको छ । दक्षिणी जापोरिजिया क्षेत्रमा पर्ने कोमिशुवाखा गाउँमा रुसी सेनाले गरेको हवाई आक्रमणमा २६ जनाको मृत्यु भएको हो । बीबीसीका अनुसार आक्रमणमा पाँच जना घाइते भएका छन् । प्रारम्भिक विवरणअनुसार २७ जना बेपत्ता भएका बीबीसीले जनाएको छ । आक्रमणमा… ...

अनलाइन खबर
सिटिजन्स बैंकको नयाँ शाखा बट्टारमा सञ्चालन, ग्राहकलाई अब सहज हुने
OthersJust now

सिटिजन्स बैंकको नयाँ शाखा बट्टारमा सञ्चालन, ग्राहकलाई अब सहज हुने

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेको सिटिजन्स बैंकको नुवाकोटस्थित देवीघाट शाखाको सेवा अब बट्टारबाट सञ्चालन हुने भएको छ । बैंकले विदुर नगरपालिका–२, बट्टारमा आजदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यसअघि सञ्चालनमा रहेको देवीघाट शाखाबाट बट्टार शाखा करिब ७ किलोमिटरको दूरीमा रहेको छ । बट्टारमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play